प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 नोभेम्बर पृ. १४-१६
  • डिसेम्बर ३०, २०२४–जनवरी ५, २०२५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ३०, २०२४–जनवरी ५, २०२५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 नोभेम्बर पृ. १४-१६

डिसेम्बर ३०, २०२४–जनवरी ५, २०२५

भजन १२०-१२६

गीत १४४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

इस्राएलीहरू कटनी गरेको प्रशस्त गहुँ खुसीसाथ जम्मा गर्दै छन्‌।

यहोवाले निर्वासनबाट फर्केका इस्राएलीहरूको कडा मेहनतमा आशिष्‌ दिनुभएकोले तिनीहरू खुसीसाथ कटनी गर्दै छन्‌।

१. तिनीहरूले आँसु झार्दै बिउ छरे तर खुसीले कराउँदै कटनी गरे

(१० मि.)

इस्राएलीहरू शुद्ध उपासना पुनर्स्थापित गर्नको लागि बेबिलोनबाट फर्कन पाउँदा निकै रमाए (भज १२६:१-३)

यहुदा फर्केकाहरूले कडा मेहनत गर्नुपरेकोले आँसु बगाउँदै काम गरेका हुन सक्छन्‌ (भज १२६:५; w०४ ६/१ पृ. १६ अनु. १०)

तिनीहरूले मेहनत गरिरहे र आशिष्‌ पाए (भज १२६:६ w२१.११ पृ. २४ अनु. १७; w०१ ७/१५ पृ. १८-१९ अनु. १३-१४; चित्र हेर्नुहोस्‌)

इस्राएलीहरू मेहनती भई खनजोत गर्दै छन्‌। एक पुरुष बिउ छर्दै छन्‌ भने अर्को पुरुष हलो जोत्दै छन्‌।

मननका लागि: आरमागेडोनको युद्धपछि हामीले यस दुष्ट संसारबाट छुटकारा पाउनेछौँ। त्यसपछि गरिने व्यापक पुनर्निर्माणको दौडान हामीले के-कस्ता चुनौतीहरू भोग्नुपर्ने हुन्छ र कस्ता आशिष्‌हरू पाउनेछौँ?

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १२४:२-५—के यहोवाले हामीलाई पनि इस्राएलीहरूलाई जस्तै शारीरिक तवरमा रक्षा गर्नुहुन्छ भनेर आशा गर्न सक्छौँ? (cl पृ. ७३ अनु. १५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १२४:१–१२६:६ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। (lmd पाठ ३ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। अघिल्लो भेटमा घरधनीले बाइबलले सिकाउने कुरामा शङ्‌का व्यक्‍त गरेका थिए। (lmd पाठ ९ बुँदा ५)

६. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १६ परिचय र बुँदा १-३ (lmd पाठ ११ बुँदा ३)

ख्रिष्टियन जीवन

गीत १५५

७. यहोवाका प्रतिज्ञाहरूबाट आनन्द उठाउनुहोस्‌

(१५ मि.) छलफल।

बेबिलोनको निर्वासनमा परेका आफ्ना जनहरूका लागि यहोवाले गर्नुभएको आफ्नो वाचा पूरा गर्नुभयो। उहाँले तिनीहरूको गल्ती क्षमा गर्नुभयो र छुटकारा दिनुभयो। (यसै ३३:२४) इस्राएलीहरू निर्वासनमा गएको बेला सिंह र अरू जङ्‌गली जनावरहरू सङ्‌ख्यामा ह्वात्तै बढेका थिए। तर यहोवाले इस्राएलीहरू र तिनीहरूका वस्तुभाउलाई ती जनावरहरूदेखि जोगाउनुभयो। (यसै ६५:२५) तिनीहरूले आफ्नै घरमा बस्न र आफ्नै बगानका फलहरू खान सक्ने थिए। (यसै ६५:२१) यहोवाले तिनीहरूको काममा आशिष्‌ दिनुभयो र तिनीहरू लामो समय बाँचे।—यसै ६५:२२, २३.

“शान्तिसम्बन्धी यहोवाका प्रतिज्ञाहरूबाट आनन्द उठाउनुहोस्‌​—⁠सानो अंश” भिडियोका दृश्‍यहरू। चित्रहरूको सँगालो: १. भाइबहिनीहरू पिकनिकमा रमाउँदै छन्‌। २. पहाडहरू र जङ्‌गलहरूको माथिबाट देखाइएको दृश्‍य। ३. फेरि जीवित भएका दानिएल जङ्‌गलमा हिँड्‌दै छन्‌। ४. एक दम्पती फेरि जीवित भएर आएकी आफ्नी सानी छोरीलाई अङ्‌गालो हाल्दै छन्‌। ५. फलफूल र खानेकुरा। ६. झरना।

Waterfall: Maridav/stock.adobe.com; mountains: AndreyArmyagov/stock.adobe.com

शान्तिसम्बन्धी यहोवाका प्रतिज्ञाहरूबाट आनन्द उठाउनुहोस्‌—सानो अंश भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यी भविष्यवाणीहरू पूरा भएको अहिले कसरी देखिरहेका छौँ?

  • यी भविष्यवाणीहरू नयाँ संसारमा कसरी अझ व्यापक रूपमा पूरा हुनेछन्‌?

  • तपाईँ कुन भविष्यवाणी पूरा भएको हेर्न इच्छुक हुनुहुन्छ?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २० अनु. ८-१२, पृ. १६१ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ५८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने