प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जनवरी पृ. १४-१५
  • फेब्रुअरी २४—मार्च २

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २४—मार्च २
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जनवरी पृ. १४-१५

फेब्रुअरी २४—मार्च २

हितोपदेश २

गीत ३५ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. हामीले किन मन लगाएर व्यक्‍तिगत अध्ययन गर्नुपर्छ?

(१० मि.)

सत्यप्रति कृतज्ञता देखाउन (हित २:३, ४; w२२.०८ पृ. १८-१९ अनु. १६)

सही निर्णय गर्नको लागि मदत पाउन (हित २:५-७; w२२.१० पृ. १९ अनु. ३-४)

विश्‍वास बलियो बनाउन (हित २:११, १२; w१६.०९ पृ. २३-२४ अनु. २-३)

एक इस्राएली चुच्चे कोदालोले गुफामा खन्दै छ।

आफैलाई सोध्नुहोस्‌: ‘म कसरी आफ्नो व्यक्‍तिगत अध्ययन गर्ने तालिकालाई अझ राम्रो बनाउन सक्छु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित २:४-६—तपाईँलाई बाइबल अध्ययन गर्ने कुन तरिका प्रभावकारी लाग्यो? (w२२.०८ पृ. १८-१९ अनु. १६)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित २:१-२२ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। घरधनीलाई jw.org बाट विवाहित दम्पतीको लागि मदत पुग्ने जानकारी कसरी खोज्न सकिन्छ, देखाउनुहोस्‌। (lmd पाठ १ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। अघिल्लो भेटमा तपाईँले साक्षी दिनुभएको व्यक्‍तिले चासो देखाएको विषयमा पत्रिका दिनुहोस्‌। (lmd पाठ ९ बुँदा ३)

६. भाषण

(५ मि.) lmd अतिरिक्‍त लेख क बुँदा ८—विषय: पतिपत्नी एकअर्काप्रति वफादार हुनुपर्छ। (th बुँदा १३)

ख्रिष्टियन जीवन

गीत ९६

७. के तपाईँ गाडेको धन खोज्न चाहनुहुन्छ?

(१५ मि.) छलफल।

जवानहरू, के तपाईँलाई गाडेको धन खोज्न मन पर्छ? यदि मन पर्छ भने बाइबलले तपाईँलाई ब्रह्‍माण्डकै सबैभन्दा बहुमूल्य धन खोज्न निम्तो दिन्छ। त्यो हो, परमेश्‍वरको ज्ञान। (हित २:४, ५) तपाईँले नियमित रूपमा बाइबल पढ्‌नुभयो र आफूले पढिरहेको विवरणको गहिरो अनुसन्धान गर्नुभयो भने त्यो बहुमूल्य धन पाउनुहुनेछ। यसो गर्दा तपाईँलाई बाइबल पढाइ अझ रमाइलो लाग्नेछ र थुप्रै कुरा सिक्नुहुनेछ।

  • बाइबल पढ्‌दा तपाईँले आफूलाई कस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ? (w२४.०२ पृ. ३२ अनु. २-३)

  • तपाईँ कस्ता साम्रगीहरू प्रयोग गरेर आफ्ना प्रश्‍नहरूको जवाफ खोज्न सक्नुहुन्छ?

एउटा केटो उत्सुक हुँदै खजानाको बाकस खोल्दै छ।

यहोवाका साथीहरूबाट सिक भिडियो शृङ्‌खलाले तपाईँलाई बाइबलमा पढेका कुराहरूमा कसरी मनन गर्ने भनेर बुझ्न मदत गर्नेछ।

एउटा केटो व्यक्‍तिगत बाइबल अध्ययन गर्दै छ। तिनको टेबुलमा “जीवन सृष्टि कि संयोग?” भन्‍ने पुस्तिका छ।

यहोवाका साथीहरूबाट सिक—हाबिल भिडियो देखाउनुहोस्‌।

उत्पत्ति ४:२-४ र हिब्रू ११:४ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • हाबिलले आफू यहोवाको साथी भएको कसरी देखाए?

  • हाबिलले यहोवामाथिको विश्‍वास कसरी बलियो बनाए?

  • तपाईँ यहोवामाथिको विश्‍वास कसरी बलियो बनाउन सक्नुहुन्छ?

सुझाव

तपाईँलाई बाइबलको कतिपय विवरण राम्रोसँग थाह छ जस्तो लागे तापनि त्यस विवरणसित सम्बन्धित मानिसहरू, ठाउँहरू र वस्तुहरूबारे केही अनुसन्धान गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँलाई बाइबल विवरण जीवन्त लाग्नेछ।

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २३ अनु. १-८ र भाग ८ को परिचय

समापन टिप्पणी (३ मि.) | गीत १०२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने