प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr25 जनवरी पृ. १
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री—२०२५
  • उपशीर्षकहरू
  • जनवरी १३-१९
  • फेब्रुअरी ३-९
जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री—२०२५
mwbr25 जनवरी पृ. १

जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

© 2024 Watch Tower Bible and Tract Society of Pennsylvania

जनवरी १३-१९

बाइबलमा पाइने अनमोल धन भजन १३५–१३७

“हाम्रा प्रभु अरू सबै देवताभन्दा महान्‌ हुनुहुन्छ”

it-2-E पृ. ६६१ अनु. ४-५

शक्‍ति, शक्‍तिशाली कार्यहरू

प्राकृतिक शक्‍तिहरूमाथि परमेश्‍वरको नियन्त्रण। यहोवाले प्राकृतिक शक्‍तिहरूमाथि आफ्नो नियन्त्रण छ भन्‍ने कुरा देखाउनुभएर आफूलाई साँचो परमेश्‍वर साबित गर्न सक्नुहुन्छ र त्यसमार्फत स्पष्टसित आफ्नो नाम पनि प्रकट गर्न सक्नुहुन्छ। (भज १३५:५, ६) उदाहरणको लागि, सूर्य, चन्द्रमा, ग्रहहरू र ताराहरूले तोकिएकै कक्षमा परिक्रमा गर्छन्‌ अनि पृथ्वीको वायुमण्डलमा भएका कुराहरू जस्तै: बतास, वर्षा र अरू तत्त्वहरूले पनि प्राकृतिक नियम पालन गर्छन्‌। साथै सलहको बथान र चराचुरुङ्‌गीले व्यवस्थित तरिकामा बसाइँ सर्ने गर्छन्‌। तर विरोधीहरू अनि झूटो उपासनामा लागेकाहरूसामु यहोवाको नाम पवित्र पार्न यी लगायत अरू प्राकृतिक प्रणाली मात्र पर्याप्त छैनन्‌।

यहोवा परमेश्‍वरले तोकिएको समयमा आफ्ना उद्देश्‍यहरू पूरा गर्न सृष्टिका कुराहरू र विभिन्‍न प्राकृतिक तत्त्वहरूलाई तिनीहरूको प्राकृतिक नियम बाहिर गएर समेत प्रयोग गर्न सक्नुहुन्छ। यसो गरेर उहाँले आफ्नो ईश्‍वरत्वको प्रमाण दिनुहुन्छ। खडेरी, आँधीबेहरी वा अरू यस्तै प्राकृतिक विपत्ति हुनु कुनै अस्वाभाविक कुरा होइन। तर यहोवाले गर्नुभएका भविष्यवाणीहरू पूरा गर्न यी कुराहरूले खेलेको भूमिका भने विशेष छ। (१रा १७:१; १८:१, २, ४१-४५, तुलना गर्नुहोस्‌।) कतिपय अवस्थाहरूमा भने त्यतिबेला घटेका घटनाहरू आफैमा असामान्य थिए (प्रस्थ ९:२४) किनभने ती घटनाहरू पहिला कहिल्यै नसुनेको वा नभएको तरिकामा घटेका थिए।—प्रस्थ ३४:१०; १स १२:१६-१८.

फेब्रुअरी ३-९

बाइबलमा पाइने अनमोल धन भजन १४४–१४६

बहुमूल्य रत्न

it-1-E पृ. १११ अनु. ९

जनावरहरू

बाइबलमा जनावरहरूसित न्यायी र दयालु भएर व्यवहार गर्नुपर्छ भनेर जोड दिइएको छ। यहोवाले आफूलाई तिनीहरूको जीवनको ख्याल राख्ने र आवश्‍यकता पूरा गरिदिने मायालु प्रबन्धकको रूपमा चिनाउनुभएको छ। (हित १२:१०; भज १४५:१५, १६) मोसाको व्यवस्थामा घरपालुवा जनावरहरूको राम्ररी हेरचाह गर्ने निर्देशन दिइएको थियो। घरपालुवा जनावरहरू बरालिएको देखिएमा त्यसलाई सुरक्षितसाथ त्यसको मालिककहाँ पुऱ्‍याइदिनुपर्थ्यो अनि भारीले थिचेको जनावर देख्यो भने पनि त्यसलाई उठाउन मदत गर्नुपर्थ्यो। (प्रस्थ २३:४, ५) तिनीहरूसित कठोर व्यवहार गर्नुहुँदैन थियो। (व्य २२:१०; २५:४) विश्राम दिनमा मानिसहरूले मात्र नभई जनावरहरूले पनि आराम पाउनुपर्थ्यो। (प्रस्थ २०:१०; २३:१२; व्य ५:१४) हिंस्रक जनावरहरूलाई नियन्त्रणमा राख्नुपर्थ्यो वा मार्नुपर्थ्यो। (उत्प ९:५; प्रस्थ २१:२८, २९) दुई किसिमको जनावरबीच सहवास गराउनु हुँदैन थियो।—लेवी १९:१९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने