प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 मार्च पृ. २-१६
  • मार्च ३-९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ३-९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 मार्च पृ. २-१६

मार्च ३-९

हितोपदेश ३

गीत ८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. यहोवामाथि भरोसा गर्नुहोस्‌

(१० मि.)

आफूमा नभई यहोवामाथि भरोसा गर्नुहोस्‌ (हित ३:५; w११ ११/१५ पृ. ६ अनु. २-३)

यहोवाको डोऱ्‍याइ खोज्नुहोस्‌ र त्यसैअनुसार गरेर उहाँमाथिको भरोसा देखाउनुहोस्‌ (हित ३:६; w०३ ९/१ पृ. १३ अनु. २२-२३)

अति विश्‍वस्त नहुनुहोस्‌ (हित ३:७; be पृ. ७६ अनु. ४)

एक जवान बहिनी भविष्यमा राख्न सक्ने लक्ष्यहरूबारे ट्याबलेटमा अनुसन्धान गर्दै छिन्‌। तिनको बायाँपट्टि उच्च शिक्षासित सम्बन्धित पुस्तिकाहरू छन्‌। तिनको दायाँपट्टि ईश्‍वरतान्त्रिक सेवा बिस्तार गर्नको लागि फारम र बेथेल सेवाबारे जानकारी भएको पर्चा छ।

आफैलाई सोध्नुहोस्‌: ‘के म जीवनको हरेक पक्षमा यहोवाको डोऱ्‍याइ खोज्छु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित ३:३—हामी कसरी अटल प्रेम र सत्यतालाई गलामा लगाइराख्न र हृदयमा लेखिराख्न सक्छौँ? (w०६ १०/१ पृ. ४ अनु. ४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित ३:१-१८ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (lmd पाठ १ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) सार्वजनिक साक्षीकार्य। jw.org वेबसाइटबारे बताउनुहोस्‌ र तिनलाई सम्पर्क कार्ड दिनुहोस्‌। (lmd पाठ ३ बुँदा ३)

६. भाषण

(५ मि.) w११ ३/१५ पृ. १४ अनु. ७-१०—विषय: प्रचारकार्यप्रति मानिसहरूले चासो नदेखाउँदा वा विरोधको सामना गर्दा परमेश्‍वरमा भरोसा राख्नुहोस्‌। (th बुँदा २०)

ख्रिष्टियन जीवन

गीत १२४

७. यहोवाको सङ्‌गठनमाथि भरोसा गर्नुहोस्‌

(१५ मि.) छलफल।

परमेश्‍वरको वचन बाइबलबाट निर्देशन पाउँदा हामीलाई त्यसमाथि भरोसा गर्न सजिलो लाग्ला। तर यहोवाको सङ्‌गठनमा नेतृत्व लिइरहेका त्रुटिपूर्ण भाइहरूबाट निर्देशन आउँदा भने त्यसमाथि भरोसा गर्न चुनौतीपूर्ण हुन सक्छ। विशेषगरि आफूले पाएको निर्देशन नबुझ्दा वा त्यस निर्देशनसित सहमत नहुँदा।

मलाकि २:७ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन त्रुटिपूर्ण मानिसहरू प्रयोग गर्नुभएकोमा हामी किन छक्क पर्दैनौँ?

मत्ति २४:४५ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यहोवाको सङ्‌गठनले दिने निर्देशनमाथि हामी किन भरोसा गर्न सक्छौँ?

हिब्रू १३:१७ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यहोवाले नेतृत्व लिन खटाउनुभएकाहरूको निर्णयलाई हामीले किन समर्थन गर्नुपर्छ?

एक भाइ एउटा परिवारलाई खानेकुरा भएको बाकस पुऱ्‍याइदिन्छन्‌। तिनीहरू सबैले मास्क लगाएका छन्‌ र टाढैबाट एकअर्कालाई हात हल्लाउँदै छन्‌।
एक बहिनी सभामा टिप्पणी दिँदै छिन्‌। एक भाइ तिनको लागि माइक समाइदिँदै छन्‌। सभामा सबैले मास्क लगाएका छन्‌।

२०२१ परिचालक निकायबाट अपडेट #९—सानो अंश भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • महामारीको समयमा पाएका निर्देशनहरूले यहोवाको सङ्‌गठनमाथिको तपाईँको भरोसालाई कसरी बलियो बनायो?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २३ अनु. ९-१५, पृ. १८४, १८६ मा भएका पेटीहरू

समापन टिप्पणी (३ मि.) | गीत ५७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने