प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 मार्च पृ. १४-१५
  • अप्रिल २८-मे ४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २८-मे ४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 मार्च पृ. १४-१५

अप्रिल २८-मे ४

हितोपदेश ११

गीत ९० र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. हामीले कस्तो बोली बोल्नुहुँदैन?

(१० मि.)

“छिमेकीलाई” चित्त दुख्ने बोली बोल्नुहुँदैन (हित ११:९; w०२ ५/१५ पृ. २६ अनु. ४)

फुट गराउने बोली बोल्नुहुँदैन (हित ११:११; w०२ ५/१५ पृ. २७ अनु. २-३)

अरूको गोप्य कुरा बताउनुहुँदैन (हित ११:१२, १३; w०२ ५/१५ पृ. २७ अनु. ५)

दुई जना भाइ सभाभवनमा कुरा गर्दै छन्‌। एक भाइले उनीहरू तर्फ आउँदै गरेको भाइबारे नकारात्मक कुरा गर्छन्‌।

मननका लागि: लुका ६:४५ मा लेखिएका येसुका शब्दहरूले कसरी हामीलाई हानिकारक बोली नबोल्न मदत गर्छ?

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित ११:१७—अरूलाई दया देखाउँदा कसरी हाम्रै फाइदा हुन्छ? (g२०.१ पृ. ११ मा भएको पेटी)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित ११:१-२० (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। आफूले कुरा गरिरहेको व्यक्‍तिलाई हालै सभामा सिकेको एउटा कुरा बताउने मौका खोज्नुहोस्‌। (lmd पाठ २ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा भिडियो देखाउनुहोस्‌। (lmd पाठ ८ बुँदा ३)

६. चेला बनाउनुहोस्‌

(४ मि.) सार्वजनिक साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌ अनि त्यो कसरी गरिन्छ, देखाउनुहोस्‌। (lmd पाठ १० बुँदा ३)

ख्रिष्टियन जीवन

गीत १५७

७. शान्ति खलबल्याउने बोली नबोल्नुहोस्‌

(१५ मि.) छलफल।

हामी त्रुटिपूर्ण भएकोले बोलीमा चुक्न पुग्छौँ। (या ३:८) तर आफूले बोल्ने कुराले कस्तो समस्या निम्तिन्छ भनेर पहिल्यै विचार गऱ्‍यौँ भने पछुताउनुपर्ने कुनै कुरा बोल्नेछैनौँ। त्यसोभए मण्डलीको शान्ति खलबल्याउन सक्ने केही बोलीबारे विचार गरौँ:

  • धाक लगाउने। यसमा कुनै व्यक्‍तिले आफ्नो प्रशंसा आफैले गर्ने कुरा समावेश छ। यसले अरूको मनमा ईर्ष्या जगाउँछ र प्रतिस्पर्धा गर्न उक्साउँछ।—हित २७:२.

  • जानाजानी बोलिने झूट। यसमा झूट बोल्नु मात्र होइन जानाजानी गलत जानकारी दिनु पनि समावेश छ। अलि-अलि मात्र बोलिएको झूटले पनि भरोसा गुम्न सक्छ र इज्जतमा दाग लाग्न सक्छ।—उप १०:१.

  • हानिकारक गफ। यसमा अरू र अरूको जीवनशैलीबारे झूट फैलाउनु वा तिनीहरूको गोप्य कुरा बताउनु समावेश छ। (१ति ५:१३) यसले झगडा र फुट उत्पन्‍न गराउँछ।

  • रुखो बोली। यसमा आफ्नो चित्त दुखाउने व्यक्‍तिलाई जथाभाबी बोलेर रिस पोखाउनु समावेश छ। (एफि ४:२६) यसले मनमा गहिरो चोट पुग्न सक्छ।—हित २९:२२

“शान्ति खलबल्याउने कुराहरू त्याग्नुहोस्‌​—सानो अंश” भिडियोका दृश्‍यहरू। १. एमिली र सिलिया कफी पसलमा आमनेसामने बस्दै छन्‌। सिलियाले मोबाइलमा हेलीले सामाजिक सञ्जालमा राखेको पोस्ट हेर्दै छिन्‌। २. सभाभवनको पार्किङमा हेली रिसाउँदै सिलियासित कुरा गर्छिन्‌।

शान्ति खलबल्याउने कुराहरू त्याग्नुहोस्‌—सानो अंश भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • हाम्रो बोलीले कसरी सजिलै मण्डलीको शान्ति खलबल्याउन सक्छ?

हामी कसरी शान्ति कायम गर्न सक्छौँ भनेर बुझ्न “शान्ति खोज्नुहोस्‌ र त्यसको पछि लाग्नुहोस्‌” भिडियो हेर्नुहोस्‌।

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २५ अनु. १४-२१

समापन टिप्पणी (३ मि.) | २०२५ अधिवेशनको नयाँ गीत र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने