प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 मे पृ. २-३
  • मे ५-११

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ५-११
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 मे पृ. २-३

मे ५-११

हितोपदेश १२

गीत १०१ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. मेहनतको फल मीठो हुन्छ

(१० मि.)

मूल्यहीन कुराको पछि लागेर समय खेर नफाल्नुहोस्‌ (हित १२:११)

मेहनती हुनुहोस्‌ र लगनशील भई काम गर्नुहोस्‌ (हित १२:२४; w१६.०६ पृ. ३० अनु. ६)

कडा मेहनत गर्दा इनाम पाउनुहुनेछ (हित १२:१४)

चित्रहरूको सङ्‌गालो: एक भाइ लगनशील हुँदै आफ्नो जागिरमा र आध्यात्मिक गतिविधिमा लागिरहेका छन्‌। १. तिनी काम गर्ने औजार लिएर हिँड्‌दै छन्‌। २. तिनले ठूलो पाइप कस्न रेन्चुको प्रयोग गर्दै छन्‌। ३. तिनी आफ्नो परिवारसँगै सभामा उपस्थित हुन्छन्‌। तिनी र तिनकी सानी छोरीले टिप्पणी दिन हात उठाउँदै छन्‌। ४. तिनी पेट्रोल पम्पमा एक पुरूषलाई पर्चा प्रयोग गरेर साक्षी दिँदै छन्‌।

सुझाव: हाम्रो कामले अरूलाई कसरी फाइदा पुऱ्‍याउँछ भनेर सोच्यौँ भने हामीले त्यो कामबाट सन्तुष्टि पाउनेछौँ।—प्रे २०:३५; w१५ २/१ पृ. ५ अनु. ४-६

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित १२:१६—यस पदमा पाइने सिद्धान्तले तपाईँलाई कसरी समस्याहरूको सामना गर्न मदत गर्छ? (ijwyp लेख ९५ अनु. १०-११)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित १२:१-२० (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ १ बुँदा ४)

५. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ५ बुँदा ४)

६. फेरि भेट्‌नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। छोराछोरी भएको कुनै व्यक्‍तिलाई हाम्रो वेबसाइट देखाउनुहोस्‌। (lmd पाठ ९ बुँदा ३)

७. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(३ मि.) प्रदर्शन। ijwfq लेख ३—विषय: के तपाईँहरू आफ्नो धर्म मात्रै साँचो हो भनेर विश्‍वास गर्नुहुन्छ? (lmd पाठ ४ बुँदा ३)

ख्रिष्टियन जीवन

गीत २१

८. यहोवाको मदतले हामी आर्थिक समस्याहरूको सामना गर्न सक्छौँ

(१५ मि.) छलफल।

के तपाईँ जागिर नभएकोले वा जागिर गुमाउनुपरेकोले चिन्तित हुनुहुन्छ? अथवा पुग्दो पैसा कमाउन नसकेकोले वा ढल्कँदो उमेरको कारण पो चिन्तित हुनुहुन्छ कि? यस संसारको आर्थिक अवस्था जतिखेर पनि परिवर्तन हुन सक्ने भएकोले यसले हामीलाई पनि असर गर्न सक्छ। तर त्यस्तो गाह्रो अवस्थामा पनि हामीले यहोवालाई पहिलो स्थानमा राख्यौँ भने उहाँले सधैँ हाम्रो आवश्‍यकता पूरा गरिदिने आश्‍वासन दिनुभएको छ।—भज ४६:१-३; १२७:२; मत्ति ६:३१-३३.

“यहोवाले आफ्नो वाचाअनुसारै सधैँ हाम्रो देखभाल गर्नुभएको छ” भन्‍ने भिडियोको एक दृश्‍य। भाइ अल्भाराडोले पत्नीको हात समात्दै परिवारसँगै प्रार्थना गर्दै छन्‌।

यहोवाले आफ्नो वाचाअनुसारै सधैँ हाम्रो देखभाल गर्नुभएको छ भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • भाइ अल्भाराडोको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१ तिमोथि ५:८ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यहोवा आफ्ना उपासकहरूको परिवारलाई समेत सधैँ हेरविचार गर्नुहुन्छ भन्‍ने कुरामा यस पदले कसरी ढुक्क बनाउँछ?

आर्थिक समस्याको सामना गर्न मदत गर्ने केही बाइबल सिद्धान्तहरू:

  • सरल जीवन बिताउनुहोस्‌। अनावश्‍यक ऋण नलिनुहोस्‌ अनि फजुल खर्च नगर्नुहोस्‌।—मत्ति ६:२२

  • आध्यात्मिक कुरालाई प्रथम स्थानमा राख्न मदत दिने काम र शिक्षा रोज्नुहोस्‌।—फिलि १:९-११

  • नम्र हुनुहोस्‌ र छाँटकाँट गर्न तयार हुनुहोस्‌। तपाईँले जागिर गुमाउनुभएको छ भने आफ्नो परिवारको आवश्‍यकता पूरा गर्नको लागि सानोतिनो जस्तो देखिने काम गर्न पनि तयार हुनुहोस्‌।—हित १४:२३

  • आफूसित थोरै कुरा मात्र छ भने पनि अरूलाई बाँडचुँड गर्न इच्छुक हुनुहोस्‌।—हिब्रू १३:१६

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २६ अनु. १-८, पृ. २०४, २०८ मा भएका पेटीहरू

समापन टिप्पणी (३ मि.) | गीत ५७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने