प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 मे पृ. ४-५
  • मे १२-१८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे १२-१८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 मे पृ. ४-५

मे १२-१८

हितोपदेश १३

गीत ३४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. दुष्टहरूको फलिफाप भएको देखेर नबहकिनुहोस्‌

(१० मि.)

दुष्टहरूको भविष्य उज्ज्वल हुँदैन (हित १३:९; w०३ ९/१५ पृ. २४ अनु. ५-६)

गलत कुराहरूलाई समर्थन गर्ने व्यक्‍तिहरूसित सङ्‌गत नगर्नुहोस्‌ (हित १३:२०; w१२ ७/१५ पृ. १२ अनु. ३)

यहोवा धर्मी मानिसलाई आशिष्‌ दिनुहुन्छ (हित १३:२५; w०४ ७/१५ पृ. ३१ अनु. ६)

चित्रहरूको सँगालो: एक जना गैर-साक्षीले गरेको गलत छनौट र केही साक्षीले गरेको सही छनौट तुलना गर्दै। १. एक जना मानिस हातमा रक्सी समाउँदै नाइटक्लबमा नाच्दै छन्‌। २. पछि तिनी बिरामी भएकोले औषधी खान्छन्‌। ३. साँझको जमघटमा भाइबहिनीहरू भेला हुँदै छन्‌। तिनीहरू सँगै गाउँदै, नाच्दै र खाँदै छन्‌। ४. अर्को दिन तिनीहरू साक्षीकार्यमा भाग लिन्छन्‌।

संसारिक इच्छाहरूको पछि लाग्ने व्यक्‍तिहरूको जीवन रमाइलै देखिए पनि वास्तवमा त्यस्तो नहुन सक्छ। तर यहोवाको इच्छाअनुसार जीवन बिताउनेहरूले भने साँचो आनन्द पाउँछन्‌

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित १३:२४—यस पदमा प्रेम र अनुशासनबारे के बताइएको छ? (w२१.०२ पृ. ५ अनु. १३)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित १३:१-१७ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। घरधनीसित हालसालै भएको कुनै घटनाबारे कुरा गरेपछि तिनलाई चासो लाग्ने विषय बाइबलबाट देखाउनुहोस्‌। (lmd पाठ २ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले कुरा गरिरहनुभएको व्यक्‍तिलाई सभाको निम्तो दिनुहोस्‌। (lmd पाठ २ बुँदा ३)

६. भाषण

(५ मि.) lmd अतिरिक्‍त लेख क बुँदा ९—विषय: आमाबुबाको आदर गर्ने र आज्ञा पालन गर्ने छोराछोरी सफल हुनेछन्‌। (th बुँदा १६)

ख्रिष्टियन जीवन

गीत ७७

७. “धर्मी मानिसको ज्योति चहकिलो हुन्छ”

(८ मि.) छलफल।

परमेश्‍वरको वचनमा सबैभन्दा उत्तम ज्ञान र बुद्धिका कुराहरू पाइन्छ। हामीले सिकेका कुराहरू जीवनमा लागू गऱ्‍यौँ भने हामी अझै खुसी र आनन्दित हुन सक्नेछौँ। अनि यस्तो खालको जीवन संसारको अरू कुनै कुराले दिन सक्दैन।

“संसारले आफूसित नभएको कुरा दिन सक्दैन” भिडियोको एक दृश्‍य। बहिनी गाइनान्सिना खेतमा बसेर आकाशतिर हेर्दै छिन्‌।

संसारले आफूसित नभएको कुरा दिन सक्दैन भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • बहिनी गाइनान्सिनाको अनुभवले “धर्मी मानिसको ज्योति” कसरी “दुष्टको दियो” भन्दा सर्वोत्कृष्ट हुन्छ भनेर देखाउँछ?—हित १३:९

संसारका कुराहरूबारे कल्पना गरेर वा यहोवाको सेवाको लागि आफूले गर्नुपरेका त्यागहरूबारे सोचेर कहिल्यै समय खेर नफाल्नुहोस्‌। (१यु २:१५-१७) बरु आफूले हासिल गरेको ‘उत्कृष्ट ज्ञानमा’ ध्यान केन्द्रित गर्नुहोस्‌।—फिलि ३:८.

पारिवारिक उपासनाको लागि सुझाव:

बाइबलको सत्यले जीवनलाई नयाँ मोड दिन्छ शृङ्‌खलामा थुप्रै भिडियो छन्‌। तीमध्ये एउटा वा दुईटा भिडियो नियमित रूपमा हेर्नुहोस्‌। यी भिडियोहरूबाट सत्य कत्ति महत्त्वपूर्ण छ भनेर याद गर्नुहोस्‌।

८. स्थानीय आवश्‍यकता

(७ मि.)

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २६ अनु. ९-१७

समापन टिप्पणी (३ मि.) | गीत ४३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने