मे १९-२५
हितोपदेश १४
गीत ८९ र प्रार्थना | परिचय (१ मि.)
१. प्रकोप आइपर्दा तपाईँले के गर्नुपर्छ?
(१० मि.)
आफूले सुनेको “सबै कुरा” पत्याउनदेखि होसियार हुनुहोस् (हित १४:१५; w२३.०२ पृ. २३ अनु. १०-१२)
भावनामा बहेर वा विगतको अनुभवको आधारमा निर्णय नगर्नुहोस् (हित १४:१२)
यहोवाको सङ्गठनले दिने निर्देशन तिरस्कार गर्नेहरूको कुरा नसुन्नुहोस् (हित १४:७)
मननका लागि: एल्डरहरू हो, के तपाईँ प्रकोप आइपर्दा यहोवामा भर पर्न र सङ्गठनले दिने निर्देशन पालन गर्न तयार हुनुहुन्छ?—w२४.०७ पृ. ५ अनु. ११
२. बहुमूल्य रत्न
(१० मि.)
हित १४:१५—कुनै निर्णय गर्नुअघि तपाईँले कस्ता कुराहरू विचार गर्नुपर्छ? (lff पाठ ३५ बुँदा २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) हित १४:१-२१ (th बुँदा ११)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) सार्वजनिक साक्षीकार्य। आफ्नो गर्जो टार्न मुस्किल भएकोले चिन्ता पोखाएको व्यक्तिलाई बाइबलबाट कुनै कुरा बताउनुहोस्। (lmd पाठ ३ बुँदा ३)
५. फेरि भेट्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। अघिल्लो भेटमा तपाईँले साक्षी दिनुभएको व्यक्तिले चासो देखाएको विषयमा पत्रिका दिनुहोस्। (lmd पाठ ९ बुँदा ४)
६. चेला बनाउनुहोस्
(५ मि.) आफ्नो बाइबल विद्यार्थीलाई दिनहुँ बाइबल पढ्ने लक्ष्य राख्न प्रोत्साहन दिनुहोस् र त्यो लक्ष्य कसरी हासिल गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १९)
गीत १२६
७. विपद्को सामना गर्न तयार हुनुहोस्
(१५ मि.) छलफल।
एल्डरले सञ्चालन गर्नुपर्ने भाग। शाखा कार्यालय र एल्डरहरूको निकायको तर्फबाट कुनै सम्झौटा छ भने बताउनुहोस्।
यस “अन्तको दिनमा” समस्याहरू झन्झनै बढ्दै जानेछ भनेर हामी आशा गर्न सक्छौँ। (२ति ३:१) प्राकृतिक प्रकोप आइपर्दा यहोवाका जनहरूले प्रायः समयमै जीवन बचाउने निर्देशनहरू पाउँछन्। त्यतिबेला हाम्रो जीवन जोगिन्छ कि जोगिँदैन भन्ने कुरा हामीले अहिल्यै आज्ञाकारी भई कतिको तयारी गर्छौँ, त्यसमा निर्भर हुन्छ। हामीले आध्यात्मिक र शारीरिक दुवै कुराको लागि तयारी गर्नुपर्छ।—हित १४:६, ८.
आध्यात्मिक रूपमा तयारी गर्नुहोस्: राम्रो आध्यात्मिक तालिका बनाउनुहोस्। साक्षी दिने विभिन्न तरिका सिक्नुहोस्। केही समयको लागि मण्डलीका दाजुभाइ दिदीबहिनीसित छुट्टिनुपरे तापनि नअत्तालिनुहोस्। (हित १४:३०) यहोवा परमेश्वर अनि येसु ख्रिष्ट सधैँ तपाईँको साथमा हुनुहुन्छ।—od पृ. १७६ अनु. १५-१७
शारीरिक रूपमा तयारी गर्नुहोस्: सबै परिवारले झटपट झोला तयार राख्नुपर्छ। यसबाहेक आपत्कालीन अवस्थामा कुनै ठाउँमा लामो समयसम्म बस्नुपर्ने हुन सक्छ। त्यसैले आपत्कालीन अवस्थाको लागि पर्याप्त मात्रामा खानेकुरा, पानी, औषधी र यस्तै अन्य सरसामानहरू सञ्चय गरेर राख्नुपर्छ।—हित २२:३; g१७.५ पृ. ४
के तपाईँ विपद्को सामना गर्न तयार हुनुहुन्छ? भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई निम्न प्रश्नहरू सोध्नुहोस्:
विपद्को बेला यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?
विपद् आउँदा तयार रहन हामी कस्ता व्यावहारिक कदमहरू चाल्न सक्छौँ?
विपद्को मारमा परेकाहरूलाई हामी कसरी मदत गर्न सक्छौँ?
८. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. २६ अनु. १८-२२, पृ. २०९ मा भएको पेटी