प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जुलाई पृ. ४-५
  • जुलाई १४-२०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १४-२०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जुलाई पृ. ४-५

जुलाई १४-२०

हितोपदेश २२

गीत ७९ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. छोराछोरी हुर्काउनका लागि बाइबल सिद्धान्तहरू

(१० मि.)

छोराछोरीलाई जीवनमा आइपर्ने समस्याहरूको लागि तयार बनाउनुहोस्‌ (हित २२:३; w२०.१० पृ. २७ अनु. ७)

छोराछोरीलाई शैशवकालदेखि नै प्रशिक्षण दिनुहोस्‌ (हित २२:६; w१९.१२ पृ. २६ अनु. १७-१९)

मायालु तरिकामा अनुशासन दिनुहोस्‌ (हित २२:१५; cl पृ. १०० अनु. १०)

एक बुबा आफ्नी छोरीसित मायालुपूर्वक बाइबलबाट तर्क गर्दै छन्‌। छोरीको ट्याबलेटमा क्रमविकासको सिद्धान्तलाई समर्थन गर्ने चित्र छ, जसमा मान्छे क्रमिक रूपमा विकास हुँदै आएको कुरा देखाइएको छ।

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित २२:२९—मण्डलीका गतिविधिहरूको सन्दर्भमा हामी यो पद कसरी लागू गर्न सक्छौँ र यसो गर्दा कस्ता फाइदाहरू हुन्छन्‌? (w२१.०८ पृ. २२ अनु. ११)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित २२:१-१९ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ ५ बुँदा ४)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। jw.org मा आमाबुबाको लागि मदतकारी जानकारी कसरी खोज्न सकिन्छ, देखाउनुहोस्‌। (lmd पाठ १ बुँदा ४)

६. भाषण

(५ मि.) ijwyp लेख १००—विषय: मैले परिवारको नियम तोडेँ, के गरूँ? (th बुँदा २०)

ख्रिष्टियन जीवन

गीत १३४

७. धीरजी हुनुहोस्‌ तर छोराछोरीलाई मनपरी गर्न नदिनुहोस्‌

(१५ मि.) छलफल।

छोराछोरी हुर्काउन धीरजी हुनुपर्छ। आमाबुबालाई छोराछोरीको जीवनमा के भइरहेको छ भनेर थाह हुनुपर्छ। त्यसको लागि तिनीहरूले छोराछोरीसँग प्रशस्त समय बिताउनुपर्छ। (व्य ६:६, ७) छोराछोरीको हृदयको कुरा थाह पाउन आमाबुबाले प्रश्‍नहरू सोध्नुपर्छ र तिनीहरूको कुरा ध्यान दिएर सुन्‍नुपर्छ। (हित २०:५) आमाबुबाले छोराछोरीलाई केही कुराहरू दोहोऱ्‍याइ-तेहऱ्‍याइ भन्‍नुपर्ने पनि हुन सक्छ। तब मात्र छोराछोरीले राम्ररी कुरा बुझ्न र पालन गर्न सक्छन्‌।

आमाबुबा धीरजी हुनुपर्छ भन्दैमा तिनीहरूले छोराछोरीलाई मनपरी गर्न दिनु हुन्छ भन्‍ने त होइन। यहोवाले आमाबुबालाई छोराछोरीको लागि सीमा तोकिदिने र अनाज्ञाकारी हुँदा अनुशासन दिने अधिकार दिनुभएको छ।—हित ६:२०; २३:१३.

एफिसी ४:३१ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • आमाबुबाले छोराछोरीलाई किन रिसको झोकमा अनुशासन दिनु हुँदैन?

गलाती ६:७ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • आमाबुबाले छोराछोरीलाई गलत कामको नतिजाबारे बताउनु किन महत्त्वपूर्ण छ?

“‘धीरज धरेर प्रेम देखाउँदै एकअर्कालाई सहनुहोस्‌’​—⁠तपाईँका छोराछोरी” भिडियोको एक दृश्‍य। म्याक्स धीरजी भई छोरीको कुरा सुन्दै छन्‌।

‘धीरज धरेर प्रेम देखाउँदै एकअर्कालाई सहनुहोस्‌’—तपाईँका छोराछोरी भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यो भिडियोबाट तपाईँले के सिक्नुभयो?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb “परिचालक निकायको पत्र,” भाग १ को परिचय र पाठ १

समापन टिप्पणी (३ मि.) | गीत ६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने