प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 सेप्टेम्बर पृ. ८-९
  • सेप्टेम्बर २९—अक्टोबर ५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २९—अक्टोबर ५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 सेप्टेम्बर पृ. ८-९

सेप्टेम्बर २९—अक्टोबर ५

उपदेशक ३-४

गीत ९३ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

एक विवाहित जोडी खुसी भई सँगै बाइबल पढ्‌दै छ।

आफ्नो जोडीसित र यहोवासित समय बिताउनुहोस्‌

१. तीन सुताको डोरीलाई बलियो बनाउनुहोस्‌

(१० मि.)

अर्थपूर्ण कुराकानी गर्न समय निकाल्नुहोस्‌ (उप ३:१; ijwhf लेख १० अनु. २-८)

विभिन्‍न कामकुरा सँगै मिलेर गर्नुहोस्‌ (उप ४:९; w२३.०५ पृ. २३ अनु. १२-१४)

यहोवासितको सम्बन्ध बलियो बनाउनुहोस्‌ (उप ४:१२; w२३.०५ पृ. २० अनु. ३)


आफैलाई सोध्नुहोस्‌: ‘कामविशेषले वा अन्य कारणले लामो समयसम्म आफ्नो जोडीबाट टाढा बस्नुपर्दा मेरो वैवाहिक सम्बन्धमा कस्तो असर पुग्न सक्छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • उप ३:११—मानिस सधैँभरि बाँच्नको लागि बनाइएको थियो भनेर हामी किन भन्‍न सक्छौँ? (w२२.१२ पृ. ४ अनु. ७)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) उप ४:१-१६ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। प्रहरीधरहरा सङ्‌ख्या १ २०२५ बाट कुराकानी थाल्नुहोस्‌। घरधनीले फरक विषयमा चासो देखाउँदा कुराकानीमा छाँटकाँट गर्नुहोस्‌। (lmd पाठ २ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। प्रहरीधरहरा सङ्‌ख्या १ २०२५ स्विकारेका व्यक्‍तिलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ९ बुँदा ४)

६. भाषण

(५ मि.) lmd अतिरिक्‍त लेख क बुँदा १२—विषय: परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। (th बुँदा १९)

ख्रिष्टियन जीवन

गीत १३१

७. वैवाहिक जीवनमा समस्या आइपर्दा यहोवाको डोऱ्‍याइ खोज्नुहोस्‌

(१५ मि.) छलफल।

यहोवा वैवाहिक जीवन सुखी अनि सफल भएको चाहनुहुन्छ। त्यसैकारण उहाँले विवाहित जोडीहरूलाई चाहिने सबै कुरा दिनुभएको छ। तैपनि बेलाबेलामा वैवाहिक जीवनमा समस्याहरू आइपर्न सक्छन्‌। (१को ७:२८) ती समस्याहरू समयमै सुल्झाएनौँ भने तीलजत्रो कुरा पनि पहाड बन्‍न सक्छ र पति-पत्नीलाई तिनीहरूको सम्बन्ध कहिल्यै सुध्रिँदैन जस्तो लाग्न सक्छ। आफ्नो वैवाहिक जीवनमा समस्याहरू आइपर्दा तपाईँ के गर्न सक्नुहुन्छ?

साँचो प्रेम भिडियो नाटकमा एक जवान दम्पतीको वैवाहिक जीवनमा गम्भीर समस्या आएको कुरा देखाइएको छ। भिडियोमा छोरीले सोचविचारै नगरी यहोवाको स्तरविपरीत निर्णय गर्न लाग्दा तिनको बुबाले दिएको सल्लाह के तपाईँलाई याद छ?

साँचो प्रेम—सानो अंश भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • वैवाहिक जीवनमा समस्या आइपर्दा हामीले किन यहोवाको डोऱ्‍याइ खोज्नुपर्छ?—यसै ४८:१७; मत्ति १९:६

वैवाहिक जीवनमा गम्भीर समस्या आइपर्दा आध्यात्मिक तालिकालाई कायमै राखेर यहोवासितको सम्बन्ध बलियो बनाइराख्नुहोस्‌। बाइबलका सिद्धान्तहरू लागू गरेर समस्याहरू सुल्झाउन अथक प्रयास गर्नुहोस्‌। आफ्नो अवस्थालाई यहोवाको नजरले हेर्न र उहाँको इच्छा बुझ्न हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले आफूलाई यहोवाको डोऱ्‍याइ अनि आशिष्‌को खाँचो छ भनेर देखाइरहनुभएको हुनेछ।—हित १०:२२; यसै ४१:१०.

“झूटो शान्तिको बहकाउमा नपर्नुहोस्‌!​—ड्यारेल र डेबोरा फ्राइसिङ्‌गर” भिडियोको एक दृश्‍य। बहिनी फ्राइसिङ्‌गर जवान हुँदा फोटो हेरिरहेको पुनःअभिनय।

झूटो शान्तिको बहकाउमा नपर्नुहोस्‌!—ड्यारेल र डेबोरा फ्राइसिङ्‌गर भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • वैवाहिक जीवनमा आइपर्ने गम्भीर समस्याहरू सुल्झाउनेबारे फ्राइसिङ्‌गर दम्पतीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

८. मण्डली बाइबल अध्ययन

(३० मि.)lfb पाठ २२, भाग ५ को परिचय र पाठ २३

समापन टिप्पणी (३ मि.) | गीत ५१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने