अक्टोबर २०-२६
उपदेशक ९-१०
गीत ३० र प्रार्थना | परिचय (१ मि.)
१. परीक्षाहरूप्रति सही दृष्टिकोण राख्नुहोस्
(१० मि.)
समस्या आउनुको मतलब हामीले यहोवाको अनुमोदन पाएका छैनौँ भन्ने होइन (उप ९:११; w१३ ८/१५ पृ. १४ अनु. २०-२१)
सैतानको संसारमा हामीले अन्याय भोग्नुपर्ने हुन सक्छ (उप १०:७; w१९.०९ पृ. ४ अनु. १०)
परीक्षाहरूको सामना गर्नुपर्दा पनि यहोवाले दिनुभएका उपहारहरूबाट आनन्द उठाउन समय निकाल्नुपर्छ (उप ९:७, १०; w११ १०/१५ पृ. ८ अनु. १-२)
२. बहुमूल्य रत्न
(१० मि.)
उप १०:१२-१४—यी पदहरूबाट हामी हानिकारक गफबारे कस्तो चेतावनी पाउँछौँ? (lvs पृ. १६२-१६३ अनु. ११-१२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) उप १०:१-२० (th बुँदा ११)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) सार्वजनिक साक्षीकार्य। दुःखी देखिने मानिससित कुराकानी थाल्नुहोस्। (lmd पाठ ३ बुँदा ४)
५. कुराकानी थाल्नुहोस्
(४ मि.) अनौपचारिक साक्षीकार्य। तिनी आफ्नो गर्जो टार्न मुस्किल भएको कुरा बताउँछन्। तिनीसित प्रेम गर्नुहोस् पुस्तिकाको “हामीले सिकाउने बाइबल सत्यहरू” भन्ने अतिरिक्त लेख क-मा भएको कुनै एउटा विषयबाट कुरा गर्नुहोस्। (lmd पाठ ४ बुँदा ४)
६. चेला बनाउनुहोस्
गीत ४७
७. यहोवा हामीलाई पीडादायी अवस्थाको सामना गर्न मदत गर्नुहुन्छ
(१५ मि.) छलफल।
हामी हरेक दिन परीक्षा र चुनौतीहरूको सामना गर्छौँ। तर कहिलेकाहीँ चिताउँदै नचिताएको घटना घट्न सक्छ अनि त्यसले गर्दा हाम्रो मुटु नै छियाछिया हुन सक्छ। के गरूँ, कसो गरूँ हुन सक्छ र त्यो पीडा सहनै सक्दिनँ जस्तो लाग्न सक्छ। त्यस्तो पीडादायी अवस्थाको सामना गर्न हामी के गर्न सक्छौँ?
हामीले जस्तोसुकै पीडादायी अवस्थाको सामना गर्नुपरे पनि यहोवा ‘हामीलाई स्थिर गराउनुहुन्छ।’ (यसै ३३:६) यहोवामा भर पर्न हामी व्यावहारिक हुनुपर्छ अनि मर्यादामा रहनुपर्छ। (हित ११:२) पीडादायी अवस्था आइपर्दा हामीले आफ्नो अनि आफूले माया गरेको व्यक्तिको ख्याल राख्न, बुद्धिमानी निर्णय गर्न र फेरि सामान्य अवस्थामा फर्कन पर्याप्त समय दिनुपर्ने हुन्छ।—उप ४:६.
यहोवा आफ्ना उपासकहरू चलाएर हामीलाई मदत गर्नुहुन्छ। त्यसैले तिनीहरूसित मदत माग्न अनि तिनीहरूले मदत दिँदा, त्यो स्विकार्न हिचकिचाउनु हुँदैन। नबिर्सनुहोस्, भाइबहिनीहरू तपाईँलाई धेरै माया गर्नुहुन्छ र तपाईँलाई मदत गर्न पाउँदा तिनीहरूलाई खुसी लाग्छ।
दोस्रो कोरिन्थी ४:७-९ पढ्नुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
पीडादायी अवस्थाको सामना गर्नुपर्दा आध्यात्मिक तालिकाअनुसार चल्न गाह्रो भए तापनि त्यसअनुसार चल्न किन सक्दो कोसिस गर्नुपर्छ?
यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
यहोवाले भाइ र बहिनी सेप्टरलाई कसरी मदत गर्नुभयो?
भाइबहिनीले तिनीहरूलाई कसरी मदत गरे?
तिनीहरूको उदाहरणबाट तपाईँले अरू के सिक्नुभयो?
८. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ २८, भाग ६ को परिचय र पाठ २९