प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 अप्रिल पृ. ३१
  • के तपाईँलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा परमेश्‍वरको आत्मामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यहोवा “मुक्‍ति दिने” परमेश्‍वर—बाइबल समयमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 अप्रिल पृ. ३१

के तपाईँलाई थाह थियो?

राजा दाउदको सेनामा किन विदेशीहरू पनि थिए?

दाउदको सेनामा अम्मोनी जिलेक, हित्ती उरियाह र मोआबी इथ्माहजस्ता गैर-इस्राएली योद्धाहरू थिए।a (१ इति. ११:३९, ४१, ४६) तिनको सेनामा ‘कराथीहरू, पेलेथीहरू अनि गाथका मानिसहरू’ पनि थिए। (२ समु. १५:१८) गाथका मानिसहरू पलिस्तियाली थिए। अनि कराथी र पेलेथीहरू पनि पलिस्तियालीहरूका नातेदार थिए जस्तो देखिन्छ।​—इज. २५:१६; यहो. १३:२, ३; १ समु. ६:१७, १८.

दाउदले किन आफ्नो सेनामा विदेशीहरूलाई भर्ती गरे? किनभने ती विदेशीहरू तिनीप्रति र अझ महत्त्वपूर्ण कुरा, यहोवाप्रति वफादार रहनेछन्‌ भन्‍ने कुरामा तिनी विश्‍वस्त थिए। जस्तै: कराथी र पेलेथीहरूबारे एउटा बाइबल शब्दकोशमाb यसो भनिएको छ: “उनीहरू दाउदको शासनकालको सबैभन्दा गाह्रो अवस्थामा पनि दाउदप्रति वफादार रहे।” कसरी? “इस्राएलका सबै मानिस” दाउदलाई पछ्याउन छोडेर ‘झगडालु सेबाको’ पछि लाग्दा कराथी र पेलेथीहरूले दाउदको साथ छोडेनन्‌ अनि उनीहरूले सेबाको विद्रोहलाई साम्य पार्न दाउदलाई मदत गरे। (२ समु. २०:१, २, ७) राजा दाउदका छोरा अदोनियाहले सिंहासन हडप्न खोज्दाको घटना पनि विचार गरौँ। त्यतिबेला पनि कराथी र पेलेथीहरू दाउदप्रति वफादार रहे अनि उनीहरूले दाउदका उत्तराधिकारी सुलेमानलाई राजा अभिषेक गर्न मदत गरे।​—१ राजा १:२४-२७, ३८, ३९.

दाउदप्रति पूरै वफादार रहेका अर्का एक जना विदेशी गाथका इथ्थै थिए। दाउदका छोरा अब्सालोमले विद्रोह गर्दा र उनले इस्राएलका मानिसहरूलाई दाउदविरुद्ध भड्‌काउन खोज्दा इथ्थै र तिनका ६०० जना योद्धाले दाउदको साथ छोडेनन्‌। दाउदले इथ्थै विदेशी भएकोले यो तिनको लडाइँ होइन भने। तर इथ्थैले यसो भने: “जीवित परमेश्‍वर यहोवाको अनि मेरा प्रभु, मेरा महाराजको जीवनको कसम खाएर भन्छु, हजुर जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। हजुरको यो सेवक हजुरसँगै मर्न पनि तयार छ।”​—२ समु. १५:६, १८-२१.

इथ्थै र राजा दाउद खुसी हुँदै कुराकानी गर्दै छन्‌।

इथ्थै राजा दाउदप्रति वफादार थिए

कराथी, पेलेथी र गाथका मानिसहरू विदेशी भए तापनि उनीहरूले यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ र दाउदलाई उहाँले नै अभिषेक गर्नुभएको हो भनेर स्विकारे। यस्ता वफादार मानिसहरूको साथ पाएकोमा दाउद कत्ति कृतज्ञ भए होलान्‌!

a व्यवस्था २३:३-६ मा अम्मोनीहरू र मोआबीहरूलाई इस्राएलको सभाको भाग हुन निषेध गरिएको थियो। यसको अर्थ ती विदेशीहरूले जन्मजात इस्राएली नागरिकहरूले पाउने हकअधिकार पाउँदैनथे जस्तो देखिन्छ। तर यहोवाको स्तर स्विकारेका अम्मोनी र मोआबीहरूलाई परमेश्‍वरका जनहरूसित सरसङ्‌गत गर्न र सँगै बसोबास गर्न भने निषेध गरिएको थिएन। धर्मशास्त्रमा अन्तर्दृष्टि (अङ्‌ग्रेजी) खण्ड १, पृ. ९५ हेर्नुहोस्‌।

b The New Interpreter’s Dictionary of the Bible

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने