परिचय
के तपाईँ युद्ध र हिंसा नभएको संसारमा बाँच्न चाहनुहुन्छ? थुप्रै मानिसहरू चाहन्छन् तर तिनीहरूलाई यो कुरा असम्भव जस्तो लाग्छ। मानिसहरूले युद्ध अन्त गर्न लाखौँ प्रयास गरे तापनि किन सफल भएका छैनन्? यसको जवाफ बाइबलले दिन्छ। साथै निकट भविष्यमा विश्वभरि शान्ति छाउनेछ भनेर पनि बाइबलले बताउँछ।
यस पत्रिकामा “युद्ध” र “हिंसा” शब्दले कुनै राजनैतिक पार्टी वा देशबीच भइरहेको लडाइँलाई बुझाउँछ। यस पत्रिकामा उल्लेख गरिएका केही नाम परिवर्तन गरिएका छन्।