प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 फेब्रुअरी पृ. २८-२९
  • तपाईँ कसरी साँचो मित्र बन्‍न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ कसरी साँचो मित्र बन्‍न सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • साँचो मित्रले कसरी मदत गर्छ?
  • घरबाट निस्कन नसक्नेहरूका लागि साँचो मित्र बन्‍नुहोस्‌
  • खेदो भोगिरहेकाहरूको लागि साँचो मित्र बन्‍नुहोस्‌
  • असल साथी कसरी छान्‍न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • प्रेमरहित संसारमा मित्रता कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • यहोवाले तपाईँलाई बल दिनुहुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • ३. परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई साथी बनाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 फेब्रुअरी पृ. २८-२९

तपाईँ कसरी साँचो मित्र बन्‍न सक्नुहुन्छ?

के तपाईँले कुनै समस्याको सामना गर्नुपर्दा मदत गर्ने कोही नभएको महसुस गर्नुभएको छ? हामी असाध्यै कठिन समयमा बाँचिरहेकोले निराश अनि एक्लो महसुस गर्न सक्छौँ। (२ तिमो. ३:१) तर साँचो मित्रहरू छन्‌ भने हामीले एक्लो महसुस गर्नुपर्दैन। साँचो मित्रले सधैँ “दुःखमा” साथ दिन्छ भनेर बाइबल बताउँछ।—हितो. १७:१७.

साँचो मित्रले कसरी मदत गर्छ?

झ्यालखानामा परेका प्रेषित पावल टाइकिकसलाई पत्र दिँदै छन्‌।

प्रेषित पावल नजरबन्दमा परे तापनि साथीहरूको मदतले गर्दा तिनले सेवाको काम पूरा गर्न सके

प्रेषित पावलका थुप्रै मित्रहरू थिए र तिनीहरूले तिनलाई मिसनरी यात्रामा साथ दिए। (कल. ४:७-११) तिनी रोमको झ्यालखानामा छँदा तिनका साथीहरूले तिनलाई थुप्रै तरिकामा सघाए। जस्तै, इपाफ्रोडाइटसले फिलिप्पीका भाइबहिनीहरूले पठाएको कुरा पावलकहाँ ल्याइदिए। (फिलि. ४:१८) टाइकिकसलेa विभिन्‍न मण्डलीमा पावलका पत्रहरू पुऱ्‍याइदिए। (कल. ४:७) पावल नजरबन्दमा छँदा अनि झ्यालखानामा थुनिँदा साथीहरूको साथ पाएर तिनी सेवाको काममा लागिरहन सके। तपाईँ पनि कसरी साँचो मित्र बन्‍न सक्नुहुन्छ?

आज पनि थुप्रै भाइबहिनीहरू एकअर्काको साँचो मित्र बन्‍न सकेका छन्‌। स्पेनमा नियमित अग्रगामी सेवा गरिरहेकी एलिजाबेतको अनुभव विचार गरौँ। तिनकी आमालाई क्यान्सर लागेको बेला एउटी बहिनीले तिनलाई बाइबलका प्रोत्साहनदायी कुराहरू लेखेर मेसेज पठाउने गर्थिन्‌। एलिजाबेत भन्छिन्‌, “ती मेसेजहरू पढ्‌दा म निकै बल पाउँथेँ। म एक्लो छैनँ, मलाई साथ दिने कोही छ जस्तो लाग्थ्यो।”—हितो. १८:२४.

हामी भाइबहिनीहरूलाई मण्डलीका विभिन्‍न गतिविधिहरूमा भाग लिन मदत गरेर तिनीहरूसितको मित्रता बलियो बनाउन सक्छौँ। जस्तै, तपाईँ वृद्ध भाइबहिनीलाई सभामा अनि साक्षीकार्यमा लगिदिन सक्नुहुन्छ कि? यसो गर्दा तपाईँहरूले एकअर्काबाट प्रोत्साहन पाउन सक्नुहुनेछ। (रोमी १:१२) तर केही भाइबहिनीहरू घरबाटै निस्कन नसक्ने अवस्थामा पनि हुन्छन्‌। तपाईँ तिनीहरूको लागि कसरी साँचो मित्र बन्‍न सक्नुहुन्छ?

घरबाट निस्कन नसक्नेहरूका लागि साँचो मित्र बन्‍नुहोस्‌

केही भाइबहिनीहरू स्वास्थ्य समस्या वा अरू विभिन्‍न कारणले गर्दा सभाभवन जान सक्दैनन्‌। डेभिडको अनुभव विचार गरौँ। तिनलाई ब्लड क्यान्सर भएको थियो। तिनले छ महिनाभन्दा लामो समयसम्म केमोथेरापी गर्नुपऱ्‍यो। त्यतिबेला तिनी र तिनकी पत्नी लिडिया घरबाटै सभामा बस्थे।

मण्डलीका भाइबहिनीहरूले तिनीहरूलाई कसरी साथ दिए? सभाभवनमा भएका केही भाइबहिनीहरू प्रत्येक सभापछि डेभिड र लिडियासित भिडियो कन्फरेन्समार्फत कुराकानी गर्थे। साथै तिनीहरूले टिप्पणी दिँदा धन्यवाद व्यक्‍त गर्दै मेसेज पनि पठाउँथे। त्यसले गर्दा डेभिड र लिडियाले भाइबहिनीसितै भएको महसुस गर्थे।

एक बहिनी एउटी वृद्धासित टेलिफोन साक्षीकार्यमा भाग लिँदै छिन्‌ र ती वृद्धालाई हौसला दिँदै छिन्‌।

घरबाट निस्कन नसक्नेहरूसित पनि साक्षीकार्यमा भाग लिनुहोस्‌

हामी घरबाट निस्कन नसक्ने भाइबहिनीहरूसित साक्षीकार्यमा पनि भाग लिन सक्छौँ कि? आफ्नो तालिकामा केही छाँटकाँट गऱ्‍यौँ भने सक्छौँ। यसो गर्दा हामीले तिनीहरूलाई बिर्सेका छैनौँ भनेर देखाइरहेका हुन्छौँ। (हितो. ३:२७) तिनीहरूसितै चिठी साक्षीकार्य अनि टेलिफोन साक्षीकार्यमा भाग लिन समय मिलाउनुभए कसो होला? साथै एल्डरहरूले तिनीहरूको लागि घरबाटै क्षेत्र सेवाको सभामा जोडिन सक्ने प्रबन्ध पनि मिलाउन सक्छन्‌। यो प्रबन्धबाट डेभिड र लिडियाले धेरै लाभ उठाए। डेभिड भन्छन्‌, “क्षेत्र सेवाको सभा अनि प्रार्थनामा एकछिन बस्न पाउँदा मात्रै पनि हामीले निकै बल पाउँथ्यौँ।” तपाईँ घरबाट निस्कन नसक्ने भाइबहिनीहरूलाई तिनीकहाँ अध्ययन गराउन आफ्नो बाइबल विद्यार्थी ल्याउन सकिन्छ कि सकिँदैन भनेर पनि सोध्न सक्नुहुन्छ। तिनले ‘सकिन्छ’ भनेमा विद्यार्थीलाई बेलाबेलामा त्यहीँ लगेर अध्ययन गराउन सक्नुहुन्छ।

घरबाट निस्कन नसक्ने भाइबहिनीहरूसित समय बिताउँदा तिनीहरूका राम्रा गुणहरू याद गर्न सक्नेछौँ र तिनीहरूसित अझ नजिक हुन सक्नेछौँ। जस्तै, साक्षीकार्यमा तिनीहरूसितै भाग लिँदा अनि तिनीहरूले मानिसहरूको मन छुने तरिकामा परमेश्‍वरको वचन चलाएको देख्दा तिनीहरूप्रतिको हाम्रो कदर अझ बढ्‌नेछ। यसरी आध्यात्मिक गतिविधिहरूमा सँगै भाग लिँदा तपाईँले नयाँ-नयाँ साथीहरू बनाउन सक्नुहुनेछ।—२ कोरि. ६:१३.

गाह्रो अवस्थाको सामना गर्नुपर्दा पावलले आफ्नो साथी तितसबाट सान्त्वना पाए। (२ कोरि. ७:५-७) तितसबाट हामी के सिक्न सक्छौँ? हामी भाइबहिनीहरूलाई आफ्नो बोलीबाट मात्र होइन तर तिनीहरूसित समय बिताएर अनि व्यावहारिक मदत दिएर पनि सान्त्वना दिन सक्छौँ।—१ युह. ३:१८.

खेदो भोगिरहेकाहरूको लागि साँचो मित्र बन्‍नुहोस्‌

रूसका भाइबहिनीहरूले एकअर्कालाई साथ दिने सन्दर्भमा राम्रो उदाहरण बसालिरहेका छन्‌। सर्गे अनि तिनकी पत्नी टाट्यानाको अनुभव विचार गरौँ। प्रहरीहरूले तिनीहरूको घरमा खानतलासी गरेपछि तिनीहरूलाई केरकार गर्न पुलिस स्टेसनमा लगे। तिनीहरूले टाट्यानालाई चाहिँ घर फर्कन दिए। सर्गे यसो भन्छन्‌: “टाट्याना घर पुग्नेबित्तिकै एक जना आँटिली बहिनी हाम्रो घरमा आइन्‌। त्यसपछि अरू भाइबहिनी पनि आए र हाम्रो कोठा मिलाउन मदत गरे।”

सर्गे अझै यसो भन्छन्‌: “मलाई हितोपदेश १७:१७ एकदमै मन पर्छ। त्यहाँ ‘साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ’ भनेर लेखिएको छ। खेदो भोग्नुपर्दा मलाई साथीहरूको निकै मदत चाहिएको थियो। त्यतिबेला मैले त्यस पदमा लेखिएको कुरा कत्ति सही रहेछ भनेर बुझ्न सकेँ। यहोवाले मलाई त्यस्तै साहसी साथीहरू दिनुभएको छ।”

गाह्रो अवस्थाको सामना गर्नुपर्दा हामीलाई साथीहरू नभई हुँदैन। महासङ्‌कष्टको बेला हामीलाई साथीहरूको साथ अझ धेरै चाहिनेछ। त्यसैले अहिल्यैदेखि साँचो मित्र बन्‍ने प्रयास गरिरहौँ!—१ पत्रु. ४:७, ८.

a W९८ ७/१५ पृ. ८ अनु. १-३ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने