प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwwd लेख ३
  • अक्टोपसको अचम्मको हात

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोपसको अचम्मको हात
  • सृष्टि या संयोग
  • मिल्दोजुल्दो सामग्री
  • समुद्रमा पाइने छेपारोजस्तो एउटा छट्टू जीव
    ब्यूँझनुहोस्‌!—२००४
  • एउटा अनौठो जोडी
    ब्यूँझनुहोस्‌!—२००५
  • जैविक प्रकाश
    सृष्टि या संयोग
  • रक्‍तविहीन औषधोपचार तथा शल्यक्रियाको—बढ्‌दो माग
    ब्यूँझनुहोस्‌!—२०००
सृष्टि या संयोग
ijwwd लेख ३

सृष्टि या संयोग?

अक्टोपसको अचम्मको हात

शल्यक्रिया गर्दा ठूलो प्वाल पार्नुको सट्टा सानो प्वाल पारेरै उपचार गर्न सकियोस्‌ भनेर रोबोटका इन्जिनियरहरूले डाक्टरहरूलाई सजिलो हुने उपकरणहरू विकास गर्दै छन्‌। यस क्षेत्रको एउटा आविष्कार अक्टोपसको एकदमै लचिलो हातबाट प्रेरित भएको हो।

विचार गर्नुहोस्‌: सानो ठाउँमा पनि अक्टोपसले आफ्नो लचिलो अनि तन्कन सक्ने आठ वटा हातको सहायताले कुनै कुरालाई समात्न, पक्रिराख्न अनि दबाउन सक्छ। यसले आफ्ना हातहरूलाई जता पनि मोड्‌न सक्नुको साथै हातका विभिन्‍न भागलाई आवश्‍यकताअनुसार कडा बनाउन पनि सक्छ।

रोबोटको यस्तै नरम अनि लचिलो हातले शल्यक्रिया गर्दा ठूलो प्वाल पार्नुको सट्टा सानो प्वाल पारेर उपचार गर्न मदत पुऱ्‍याउन सक्छ भनेर अनुसन्धानकर्ताहरू विश्‍वास गर्छन्‌। यस्तो उपकरणले उपचारको जटिल तरिका नअपनाइकन सजिलै शल्यक्रिया गर्न सम्भव बनाउँछ।

अक्टोपसको चलिरहेका लचिला हातहरू हेर्नुहोस्‌

रोबोटको यस्तो हात विकास भइसकेको छ अनि अभ्यासस्वरूप गरिने शल्यक्रियाहरूमा परीक्षण भइरहेको छ। १३५ मिलिमिटर (५ इन्च) लम्बाइ भएको यसको हातको एउटा भागले शरीरभित्रको संवेदनशील अङ्‌गहरूलाई कुनै क्षति नपुऱ्‍याइ उठाउँछ भने अर्को भागले शल्यक्रिया गर्छ। यो उपकरण बनाउने टोलीको एक सदस्य डा. टोमाजो रन्जानि यसो भन्‍नुहुन्छ, “पछि आउने अझ नयाँ र विकसित उपकरणहरूका लागि यस सिस्टमले महत्त्वपूर्ण भूमिका खेल्नेछ भनी हामी विश्‍वास गर्छौँ।”

अक्टोपस र रोबोटको हात

रोबोटको नरम अनि लचिलो हातले शल्यक्रियामा महत्त्वपूर्ण भूमिका खेल्नेछ

तपाईँको विचार कस्तो छ? अक्टोपसको हात क्रमविकासको उपज हो या सृष्टि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने