प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwwd लेख २
  • डल्फिनको सोनार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डल्फिनको सोनार
  • सृष्टि या संयोग
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रै छेउछाउमा डल्फिन
    ब्यूँझनुहोस्‌!—१९९८
  • अविश्‍वसनीय जम्काभेट
    ब्यूँझनुहोस्‌!—१९९६
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००२
  • हल्लाबाज हिउँ
    ब्यूँझनुहोस्‌!—२०००
सृष्टि या संयोग
ijwwd लेख २
डल्फिन

सृष्टि या संयोग?

डल्फिनको सोनार

डल्फिनले विभिन्‍न खालका आवाजहरू निकाल्छ र त्यसको प्रतिध्वनिलाई राम्ररी सुनेर आफू वरपर के-के छ भनेर थाह पाउँछ अनि बाटो पनि पत्ता लगाउँछ। वैज्ञानिकहरू बोटलनोज डल्फिनले (Tursiops truncatus) निकाल्ने सोनारको सिको गर्दै पानीमुनि प्रयोग गर्न सकिने एउटा प्रविधिको विकास गर्दै छन्‌। यसले हाल प्रयोगमा भइरहेको प्रविधिले भन्दा अझ राम्रोसँग समस्याहरू समाधान गर्नेछ।

विचार गर्नुहोस्‌: डल्फिनको सोनारले समुद्रको पिंधमा बालुवा भित्र लुकेर बसेको माछा पत्ता लगाउन अनि माछा र ढुङ्‌गा छुट्याउन मदत गर्छ। हेरियोट-वाट विश्‍वविद्यालयको सहप्राध्यापक केथ ब्राउनका अनुसार डल्फिनले “दस मिटर टाढाबाटै सफा पानी, नुनिलो पानी, गुलियो पानी र तेल भएको भाँडाहरू छुट्याउन सक्छ।” वैज्ञानिकहरू यस्तै क्षमता भएको यन्त्रहरू विकास गर्न चाहन्छन्‌।

डल्फिनले आफ्नो सोनार प्रयोग गरेर विभिन्‍न साम्रगीहरू छुट्याउन सक्छन्‌।

डल्फिनले दस मिटर टाढैबाट भाँडाभित्र के-कस्तो साम्रगीहरू छ भनेर छुट्याउन सक्छ

अनुसन्धानकर्ताहरूले डल्फिनको आवाज निकाल्ने र सुन्‍ने क्षमताको अध्ययन गरेका छन्‌। तिनीहरूले अत्याधुनिक इलेक्ट्रोनिक सामानहरूले सुसज्जित सोनार यन्त्रको आविष्कार गरेका छन्‌। यो सोनार यन्त्रलाई लगभग साढे तीन फिट सानो सिलिन्डरमा राख्न सकिन्छ। यस यन्त्रलाई पानीमुनि चल्ने रोबोटमा जोडिन्छ। यसले टाढैबाट समुद्रको पिंधमा रहेका कुराको अध्ययन गर्न अनि पुरिएका तार वा पाइपलाइन पत्ता लगाउन र जाँच्न सक्छ। वैज्ञानिकहरूले तेल तथा ग्याँस उद्योगहरूमा यो प्रविधि प्रयोग गर्ने सोचाइ राखेका छन्‌। डल्फिनको नक्कल गरेर बनाइएको सोनारले अहिले प्रयोगमा भएको सोनारले भन्दा बढी जानकारी जम्मा गर्न सक्छ। जसले गर्दा पानीमुनि राखिने यन्त्रहरू सही ठाउँमा राख्न र ती यन्त्रहरूमा समस्या छ कि छैन भनेर सजिलै पत्ता लगाउन सकिन्छ। जस्तै: तेल राख्ने ठाउँमा कतै चर्केको छ कि छैन अनि पाइपलाइनमा अवरोध आएको छ कि छैन भनेर पत्ता लगाउन यसले मदत गर्छ।

तपाईँलाई कस्तो लाग्छ? बोटलनोज डल्फिनको सोनार क्रमविकासको उपज हो या सृष्टि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने