प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwwd लेख ६
  • कुकुरको सुँघ्ने क्षमता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुकुरको सुँघ्ने क्षमता
  • सृष्टि या संयोग
  • मिल्दोजुल्दो सामग्री
  • मेरो कुकुरले मेरोलागि सुनिदिन्छ!
    ब्यूँझनुहोस्‌!—१९९९
  • के तपाईंले सोलोइटस्‌क्वीन्टली देख्नुभएको छ?
    ब्यूँझनुहोस्‌!—२००१
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
सृष्टि या संयोग
ijwwd लेख ६
कुकुरको नाक

सृष्टि या संयोग?

कुकुरको सुँघ्ने क्षमता

अनुसन्धानकर्ताहरू के भन्छन्‌ भने कुकुरले अरू कुकुरको उमेर, लिङ्‌ग र मुड सुँघेरै थाह पाउन सक्छ। तालिम पाएको कुकुरले बम-बारुद र अवैधानिक लागूपदार्थ पनि सुँघेर पत्ता लगाउन सक्छ। मानिसले मुख्यतया आँखाले हेरेर आफू वरपरको कुरा थाह पाउँछ भने कुकुरले सुँघेर थाह पाउँछ। तिनीहरू नाकैले धेरै कुरा थाह पाउँछन्‌।

विचार गर्नुहोस्‌: कुकुरको सुँघ्ने क्षमता हाम्रोभन्दा हजारौँ गुणा राम्रो हुन्छ। अमेरिकाको नेसनल इन्स्टिच्युट अफ स्ट्यान्डर्डस्‌ एण्ड टेक्नोलोजी-अनुसार कुकुरले “कुनै कुराको खरबौँ भागबाट त्यसको केही तत्त्वलाई समेत सुँघेर पत्ता लगाउन सक्छ। कुकुरको यो अचम्मको क्षमतालाई चिया चम्चाको एक चौथाइ चिनी ओलम्पिकको पौडी पोखरीमा हालेर त्यसलाई पत्ता लगाउन सक्नुसित तुलना गर्न सकिन्छ।”

कुकुरले किन हामीले भन्दा राम्ररी सुँघ्न सक्छ?

  • कुकुरको नाक भिजेको हुन्छ, जसले गर्दा त्यसले सजिलैसित गन्ध थाह पाउन सक्छ।

  • कुकुरको नाकमा दुई वटा प्वाल हुन्छन्‌​—एउटा प्वालले त्यसलाई सास फेर्न मदत गर्छ भने अर्को प्वालले सुँघ्न। कुकुरले कुनै कुरा सुँघ्दा त्यसको नाकको पोरामा भएको सुँघ्ने क्षमता भएको भाग क्रियाशील हुन्छ।

  • कुकुरको नाकमा भएको सुँघ्ने क्षमता भएको भाग १३० वर्ग सेन्टिमिटर (२० वर्ग इन्च) वा त्योभन्दा ठूलो हुन्छ तर मानिसको नाकमा भएको सुँघ्ने क्षमता भएको भाग भने ५ वर्ग सेन्टिमिटर (०.८ वर्ग इन्च) मात्र हुन्छ।

  • सुँघ्न मदत गर्ने कोष कुकुरमा मानिसको भन्दा ५० गुणासम्म धेरै हुन्छ।

यी विभिन्‍न कारणले गर्दा कुकुरले कुनै कुरामा भएको फरक-फरक गन्धलाई छुट्ट्याउन सक्छ। उदाहरणको लागि, केही विज्ञहरूको भनाइअनुसार हामीले सुपको गन्ध थाह पाउन सक्छौँ तर कुकुरले सुपमा मिसाइएको एक-एक कुराको गन्ध छुट्ट्याउन सक्छ।

मानिसले सुपको गन्ध थाह पाउन सक्छ तर कुकुरले सुपमा मिसाइएको एक-एक कुराको गन्ध थाह पाउन सक्छ

क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने संस्था, पाइन स्ट्रीट फाउन्डेसनका अनुसन्धानकर्ताहरूअनुसार कुकुरको मस्तिष्क र नाकले मिलेर काम गर्ने भएकोले यसलाई “गन्ध पत्ता लगाउने यस ग्रहको सबैभन्दा जटिल उपकरण” भन्‍न सकिन्छ। वैज्ञानिकहरूले बम-बारुद, लागूपदार्थ, क्यान्सर अनि अन्य रोगहरू सुँघेर पत्ता लगाउन सक्ने इलेक्ट्रोनिक उपकरणहरू विकास गर्दै छन्‌।

तपाईँको विचार कस्तो छ? कुकुरको सुँघ्ने क्षमता क्रमविकासको उपज हो या सृष्टि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने