प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g94 १०/८ पृ. ३-६
  • शिष्टाचारमा ह्रास

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शिष्टाचारमा ह्रास
  • ब्यूँझनुहोस्‌!—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सिद्ध नमूना
  • परमेश्‍वरका सेवकहरूले असल बेहोरा देखाउनुपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • शिष्टाचार—ईश्‍वरभक्‍त मानिसहरूको गुण
    हाम्रो राज्य सेवकाई—२००१
  • शिष्टाचार “नयाँ नैतिकताद्वारा” तिरष्कृत?
    ब्यूँझनुहोस्‌!—१९९४
  • आमाबाबु हो—आफ्ना छोराछोरीका लागि राम्रो उदाहरण बसाल्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९४
g94 १०/८ पृ. ३-६

शिष्टाचारमा ह्रास

लाखौं मानिसहरू अझै राम्रो शिष्टाचार देखाउँछन्‌। तर बाँकि करोडौं मानिसहरू त्यसलाई जानाजानी लत्याउँछन्‌।

एक्काइसौं शताब्दीको सुरुआत सँगसँगै सभ्य आचरणको नराम्रो थालनी भयो। द न्यु इनसाइक्लोपीडिया ब्रिटानिकाअनुसार “उन्‍नाइसौं शताब्दीको अन्त र बीसौं शताब्दीको प्रारम्भतिर उच्च समाजका मानिसहरूले अति सामान्य सभ्य आचरणलाई समेत मन बहलाउने काम, स्त्रीहरूलाई उपुयक्‍त र तिनीहरूले मात्र ध्यान दिनु पर्ने कुरा सम्झिन्थे। उच्च वर्गका नयाँ सदस्यहरूमा अनन्य भावना जगाउन, उच्च वर्गमा गन्‍ना नमिल्ने व्यक्‍तिहरूलाई अन्जान र अलग राख्न अझ विस्तृत रीतिहरू बनाइयो।”

तर असल शिष्टाचार भनेको यो होइन। ऐमी वन्डरबिल्ट, शिष्टाचारको क्षेत्रमा ख्यातिप्राप्त विशेषज्ञा हुन्‌। न्यु कमप्लिट बूक अफ इटिकेट नामक आफ्नो पुस्तकमा तिनी यो लेख्छिन्‌: “आचरणसम्बन्धी सबैभन्दा असल नियम, सन्त पावलले प्रोमसम्बन्धी लेखेको सुन्दर लेख, पहिलो कोरिन्थी १३ अध्यायमा पाइन्छ। नता लुगाफाटासम्बन्धी जटिल विवरणहरूसित न सतही शिष्टाचारसित यी नियमहरूको कुनै सम्बन्ध छ। भावना तथा मनोवृत्ति, दया र अरूको विचार गर्ने कुरासित ती सम्बन्धित छन्‌।”

ऐमी वन्डरबिल्डले उल्लेख गरेको कुरा वास्तवमा बाइबलको १ कोरिन्थी १३:४-८ मा दिइएको निम्न परिच्छेद हो: “प्रोम धीरजी र दयालु हुन्छ। प्रोमले डाह गर्दैन, प्रोमले आफै सेखी गर्दैन, र घमण्डले फुल्दैन, आफै बेकायदासाथ चल्दैन, आफ्नै भलाइ खोज्दैन, रिसाउँदैन खराबीको वास्ता गर्दैन। अधर्ममा खुशी हुँदैन, तर सत्यमा खुशी हुन्छ। सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुराको आशा गर्छ, सबै कुरामा स्थिर रहन्छ। प्रोम कहिल्यै टल्दैन।”

आज यस्तो प्रोमको अभ्यास गरेको विरलै पाइन्छ! यस्तो प्रोमको अभ्यास भएको भए आज सारा संसारमा सबै शिष्टाचार त्रुटिरहित हुनेथियो! त्यस्तो शिष्टाचार सिक्ने सिकाउने काम मसीही घरदेखि सुरु हुन्छ। पुर्जाहरू एक आपसमा टम्म जोडिएका नाजुक यन्त्रसँग परिवारलाई तुलना गर्न सकिन्छ। विशेष तेलले मात्र त्यसलाई राम्ररी चल्न दिन्छ। सुखी घर बनाउने हो भने मदतकारी, शिष्ट, हँसिलो र विनीत हुनु अत्यावश्‍यक छ। “धन्यवाद,” “कृपया,” “मलाई क्षमा गर्नुहोस्‌,” “माफ पाउँ,” जस्ता दैनिक जीवनमा सबैलाई मनपर्ने शिष्ट र विचारशील अभिव्यक्‍तिहरूले अरू अनि हाम्रो सम्बन्धबीचको विनाशकारी मनमुटावलाई धेरै कम गर्छ। शब्दहरू थोरै छन्‌ र त्यसले ठूलो महत्त्व राख्दछ। हर कसैले सुहाउँदो ढङ्‌गमा ती शब्दहरू व्यक्‍त गर्न सक्छन्‌। त्यसो गर्न पैसा लाग्दैन तर मित्र भने अवश्‍य किन्छौं। दिनहुँ हामीले आ-आफ्नो घरमै असल शिष्टाचारको अभ्यास गऱ्‍यौं भने परिवारको परिधिबाहिर अरूसँग घुलमिल गर्दा हाम्रो असल शिष्टाचारले हामीलाई साथ दिनेछ।

असल शिष्टाचारमा अरूको भावनाहरूको ख्याल गर्नु, तिनीहरूलाई दिनुपर्ने आदर दिनु र अरूबाट जस्तो व्यवहारको आशा गर्छौं त्यस्तै व्यवहार गर्नु समावेश छ। तथापि, धेरै व्यक्‍तिहरूले शिष्टाचार आफै ह्रास हुँदै गइरहेको महसुस गरेका छन्‌। एउटी लेखिकाले यो लेखिन्‌: “हामीमा शिष्टाचारको कमी छ किनभने शिष्टाचारभन्दा व्यक्‍तिवादले बढी महत्त्व पाएको छ।” दर्शनशास्त्री आर्थर सोपेनहावरले यसरी लेखे: “हामीले विनीततालाई स्वार्थजस्तो घृणित कुराले मोडेका छौं।” आज अधिकांश व्यक्‍तिहरू “विनीतलाई” “कमजोरी” र अरूलाई प्राथ- मिकता दिनुलाई कातरपन ठान्छन्‌। आफूलाई प्राथम महत्त्व दिने वर्तमान जीवनपद्धति के १९७० को म-वाद दशकदेखि सुरु भएको होइन र? एउटा ठूलो शहरको समाचारपत्रले यसो भन्यो: “समस्या चरम-सीमासम्म पुगिसक्यो, सामान्य शालीनतालाई समेत अब सामान्य भन्‍ना नमिल्ने भइसक्यो।”

लन्डनको डेलि मेलमा दिएको रिपोर्टअनुसार चार पाँच वर्षका केटाकेटीहरू झन्‌-झन्‌ लडाकू, अरू केटाकेटीहरूको सर-सामानलाई जथाभावी गर्ने, वयस्कहरूको आदर नगर्ने र फोहर वचन बोल्ने भएका छन्‌। सर्वेक्षण लिइएका अधिकांश शिक्षकहरूले आमाबाबुले नै छोराछोरीको बानी बिगार्ने गरेको र यही नै अभद्र व्यवहारमा आएको वृद्धिको मुख्य कारण पनि भएको महसुस गर्छन्‌। एउटा सर्वेक्षणमा अन्तरवार्ता लिइएका ८६ प्रातिशत शिक्षकहरूले “घरमा स्पष्ट नैतिकस्तर र अपेक्षाको कमी[लाई]” दोषी ठहराउँछन्‌। बयासी प्रातिशतले आमाबाबुको असल उदाहरणको अभावलाई छोराछोरीमा शिष्टाचार नहुनुको कारणको रूपमा औंल्याउँछन्‌। विभाजित घर, पारपाचुके, विवाह नगरी सँगै बस्ने, बढ्‌ता टेलिभिजन हेर्ने, अनुशासनको कमी, आचरणसम्बन्धी कुनै नियम नहुनु—यी सबै कुराहरूले परिवारलाई अन्ततः विनाशतर्फ लैजान्छ।

निम्न माध्यमिक स्कूलका प्राध्यापकले यसो भनिन्‌: “आजका केटाकेटीहरूमा आदर भावनाको कमी देखेर मलाई चिन्ता लाग्छ। आफ्ना साथीहरूको बेइज्जत गर्न वा वयस्कहरूको अपमान गर्न तिनीहरूलाई केही लाग्दैन। . . . छाडा इशारा, फोहरी बोली, साधारण आज्ञा पनि नमान्‍नो, . . . , खेल खेल्दा बललाई आफ्नै नियन्त्रणमा मात्र राख्न खोज्ने जस्ता विभिन्‍ना ढङ्‌गमा तिनीहरू अनादर देखाउँछन्‌। . . . [अर्कोतर्फ] केही परिवारका केटाकेटीहरू अरूको आदर गर्छन्‌। तिनीहरू शिक्षकहरूको प्रिय पात्र नै हुनुपर्छ भन्‍नो छैन . . . तर तिनीहरू अरूसित शिष्ट व्यवहार गर्छन्‌। लाइनमा अरू केटाकेटीहरू ठेलमठेल गर्दा तिनीहरू शान्त भएर आफ्नो पालो पर्खन्छन्‌। . . . केटाकेटीहरूले आदर गर्न सिकेका छन्‌ वा छैनन्‌ भन्‍नो कुरा यसबाटै प्राष्ट हुन्छ।”

अर्को निम्न माध्यामिक स्कूलका अनुभवी प्राध्यापकले अझ यसो भने: “केटाकेटीहरू झन्‌ झन्‌ छुच्चो भइरहेको हामी देखिरहेका छौं। खेल मैदानमा केटाकेटीहरू पहिलेजस्तो खेलेको देखिंदैन; तिनीहरू डफ्फा बनाएर डुलेर हिंड्‌छन्‌। आफूभन्दा कमजोर, आफ्नो हुलियासँग मेल नखाने, ग्राह्‍य जुत्ता वा जीनको पाइन्ट नलाउने केटाकेटीहरूलाई तिनीहरूले सजिलै चिनिहाल्छन्‌। त्यसपछि तिनीहरूलाई आफ्नो तारो बनाउँछन्‌, खिल्ली उडाउँछन्‌; तिनीहरूको यो व्यवहार साह्रै विकृत छ। हामीले रोक्ने कोशिश नगरेको पनि होइन तर हामी त्यति सफल भने भएका छैनौं।”

कोलम्बिया विश्‍वाविद्यालयका प्रोफेसर जोनाथन फ्रिडम्यान यसो भन्छन्‌, “धेरै व्यक्‍तिहरू असाध्यै तेज रफ्तारमा गाडी हाँक्छन्‌।” “राजमार्ग झण्डै रणभूमिजस्तो भएको छ।” रोयल बैङ्‌क अफ क्यानाडाको मन्थली लेटरले “सडकमा निरन्तर हुने हत्याकाण्ड[बारे]” उल्लेख गर्दै “समस्याको मूल नै अभद्र व्यवहार हो” भनेर बताउँछ। “सभ्यता सिर्जना गर्ने शिष्टता, विचारशीलता, धैर्यता, सहिष्णुता, र मानव अधिकारप्रातिको आदर जस्ता कुराहरू लज्जास्पद ढङ्‌गमा कमी भएको पाइन्छ।”

द न्यु योर्क टाइम्सले न्यु योर्क शहरको सडकहरूलाई यसप्राकार चित्रण गर्छन्‌: “मोटर चालक र एम्बुलेन्सबीचको द्वन्द।” एम्बुलेन्स, वारुण यन्त्रजस्ता आकस्मिक सेवाका सवारी साधनहरूलाई बाटो नदिने मोटर चालकहरूको सङ्‌ख्या न्यु योर्कमा झन्‌ झन्‌ बढ्‌दैछ। फलतः ज्यादै नाजुक अवस्थामा पुगेका बिरामीहरू वा घाइतेहरूलाई तुरुन्तै अस्पताल पुऱ्‍याउन नसक्दा तिनीहरूको मृत्यु हुन सक्ने खतरा बढेको छ। हृदयघात भएकी व्यक्‍तिलाई मदत गर्न न्यु शहर त्त्वाङ्‌कसको पेल्हेम पार्कवे भएर गइरहेको एम्बुलेन्सलाई बाटो नदिने मोटर चालकको विषयमा आकस्मिक चिकित्सा सेवाकी क्याप्टेन एलेन सिबेली यसो भन्छिन्‌: “यो मानिसले आफ्नो पौरख देखाउँदै त्यस एम्बुलेन्सलाई बाटो नदिने कोशिश गरेछ। तर पछि घर आइपुग्दा आफू कति मूर्ख रहेछु भनी तिनलाई थाहा भयो। तिनकी आमालाई हृदयघात भएको थियो र त्यो एम्बुलेन्स उनलाई मदत गर्न आइरहेको थियो।”

“मानिसहरूले एक आपसमा पाशविक व्यवहार गर्न थालेको र त्यस विषयमा केही कदम चालिहाल्नु पर्ने हुँदा” स्थापित भएको पोलाइट सोसाइटी (भद्र समाज) नामक अङ्‌ग्रेजी सङ्‌गठनबारे द न्यु योर्क टाइम्स इन्टरनेशनलले उल्लेख गर्‌यो। द इभनिङ्‌ग स्ट्याण्डर्डमा त्त्वोडकास्ट पत्रकार यो गुनासो पोख्न उत्प्रोरित भए: “शिष्ट व्यवहारको लागि चिनिने राष्ट्र अब असभ्यहरूको देश बन्दै गइरहेको छ।” स्कटिस बिमा संस्थानअनुसार “४७ प्रातिशत सडक दुर्घटनाहरू अशिष्ट व्यवहारले गर्दा भएको प्रामाण भेट्टाउन सकिन्छ।”

शिष्टाचारको ह्रासमा टेलिभिजनले ठूलो योगदान पुऱ्‍याएको छ, विशेषगरि केटाकेटी र किशोर-किशोरीहरूको सम्बन्धमा। मानिसहरूले कस्ता लुगा लगाउँछन्‌, कसरी कुरा गर्छन्‌, मानव सम्बन्धहरूको सामना कसरी गर्छन्‌, हिंसात्मक व्यवहारद्वारा कसरी बारम्बार समस्या समाधान गर्छन्‌—यी सबै कुराहरूको शिक्षक टेलिभिजन भएको छ। हामी र हाम्रा छोराछोरीहरूलाई खोक्रो काल्पनिक कार्यक्रमहरू हेर्ने बानी परेको छ भने अन्ततः हामीले हेर्ने गरेका पात्रहरूको निर्लज्ज, अनादरपूर्ण र व्यङ्‌ग्यपूर्ण मनोवृत्ति हाम्रो शिष्टाचारमा झल्किनेछ। त्यस्ता कार्यक्रमहरूमा आमाबाबुहरूलाई प्रायः बेवकूफ र छोराछोरीहरूलाई बाठा चित्रण गरिएका हुन्छन्‌।

रोबदोब देखाएर ठूल-ठूलो स्वरमा धम्की दिंदै घमण्डपूर्वक कुरा गर्नमा यो संसार आनन्द महसुस गर्छ। बीच-बीचमा कुरा काट्‌न, अरूलाई दबाउन, रुखो हुन, अरूमाथि प्राभुता जमाउन, अरूलाई चिढ्याउन र चुनौती दिन सकेकोमा तिनीहरू गर्व महसुस गर्छन्‌। कुनै समयमा अभद्र व्यवहारलाई पूरै समाजले अस्वीकार्य ठान्थे र त्यस्तो अपराध गर्नेलाई समाजबाट बहिष्कार गरिन्थ्यो। आजको समाजमा कुनै किसिमको बदनामीबिना अभद्र व्यवहार गर्न सकिन्छ। र बीचमा कसैले विरोध गरेमा उल्टो उसमाथि मौखिक वा शारीरिक बल प्राहार गरिन्छ! दल बनाएर हल्लाखल्ला मच्चाउँदै हिंड्‌ने केही युवाहरू फोहर बोली र इशाराहरू गर्छन्‌। अशिष्ट बानी बेहोराद्वारा तिनीहरू आफू वरपरका मानिसहरूको अपमान गर्छन्‌। आफ्नो उद्दण्ड विद्रोही भावनाप्राति ध्यानाकर्षण गर्न र घोर असभ्य व्यवहारद्वारा वयस्कहरूलाई ताज्जुब पार्न तिनीहरू जानाजानी यी सब कुरा गर्छन्‌। तथापि, यस्तो भनिएको पनि सुनिन्छ, “कमजोर व्यक्‍तिले मात्र असभ्य व्यवहार गरेर आफ्नो बल देखाउन खोज्छ।”

मानव आचरणलाई नियन्त्रण गर्न मानिसहरूले बनाएका नियमहरू जम्मा गर्ने हो भने सिङ्‌गै पुस्तकालय भरिएला। तर त्यसले मानव मात्रलाई चाहिएको निर्देशन दिन सकेको छैन। के हामीलाई अझै धेरै त्यस्ता नियमहरू चाहिन्छ? अथवा कम मात्र भए पुग्छ कि? भनिन्छ, समाज जति राम्रो हुन्छ त्यति नै कम नियमहरू चाहिन्छ। अथवा एउटा मात्र नियम भए कसो होला? उदाहरणका लागि यसलाई नै लिनुहोस्‌: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍नो तिमीहरू चाहन्छौं, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर, किनभने यहीनै व्यवस्था र अगमवक्‍ताका शिक्षा हुन्‌।”—मत्ती ७:१२.

त्यो आज्ञा पालन भएमा वर्तमान समयका अधिकांश समस्याहरू निर्मूल हुनेथिए। तर समाजको आवश्‍यकता पूरा गर्न योभन्दा महत्त्वपूर्ण नियम थप्नु आवश्‍यक छ: “औ तैंले परमप्राभु आफ्ना परमेश्‍वारलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्‍तिले प्रोम गर्‌।”—मर्कूस १२:३०.

बाइबलमा भएका अन्य निर्देशनहरू लगायत बाइबलले माग गर्ने यी दुई आवश्‍यकताहरूलाई यो समाजले अनावश्‍यक कुराको रूपमा लत्याउँछ। त्यस्ता व्यक्‍तिहरूको विषयमा बाइबलले यर्मिया ८:९ मा यसो भन्छ: “ज्ञानी मानिसहरू लाजमा पारिनेछन्‌, . . . तिनीहरूले परमप्राभुको वचनलाई इन्कार गरे, तिनीहरूमा कस्तो बुद्धि छ?” हाम्रो निर्देशनका लागि आवश्‍यक भनी प्रारम्भदेखि चलनचल्तीमा आएका मूल्य र मान्यताहरूप्राति सबैजना सहमत हुनु पर्ने आवश्‍यकता पनि तिनीहरू देख्दैनन्‌। तिनीहरूको नयाँ नैतिकता व्यक्‍तिविशेषको रूचीअनुसार विकल्पको रूपमा कुनै पनि जीवन-शैली छान्‍ना सकिने छुट भएको चौडा बाटो हो। त्यस्तो चौडा बाटो, जसले विनाशतर्फ डोऱ्‍याउँछ भनी येशूले बताउनुभएको थियो। अनि आज थुप्रौ व्यक्‍तिहरू यही बाटोमा लागिरहेका छन्‌।—मत्ती ७:१३, १४.

सिद्ध नमूना

“पिताको काखमा हुने एकलो पुत्र,” येशू ख्रीष्ट अनुकरणीय विशिष्ट नमूना हुनुहुन्छ। (यूहन्‍ना १:१८) मानिसहरूसित व्यवहार गर्नुहुँदा उहाँ कोमल र सहानुभूतिशील हुनुको साथै सशक्‍त र दृढ पनि हुनुहुन्थ्यो; तर उहाँले कसैसित रूखो वा निर्दयी व्यवहार गर्नुभएन। “हर प्राकारका मानिसहरूसित सजिलै व्यवहार गर्न सक्ने उहाँको असामान्य गुण[बारे]” टिप्पणी गर्दै द म्यान फ्रम नाजरथ पुस्तकले येशूबारे यसो भन्छ: “जनसमक्ष होस्‌ वा कसैसँग एक्लै, पुरुष तथा स्त्रीहरूसँग उहाँले निष्पक्ष भएर सङ्‌गत गर्नुभयो। निर्बोध बालकहरूसँग व्यवहार गर्न उहाँलाई कठिनाइ परेन नै तर ताज्जुबलाग्दो कुरा जक्कैजस्तो पछुतोमा परेको ठगसँग व्यवहार गर्न पनि उहाँलाई गाह्रो भएन। मरियम, मार्थाजस्ता गृहिणीहरू स्वाभाविक ढङ्‌गमा खुलस्त भई उहाँसँग कुरा गर्न सक्थे तर मानौं उहाँले कुरा बुझिदिनुहोला र मित्रैलो भई दिनुहोला भनी विश्‍वास्त भएझैं गरी वेश्‍याहरू समेत उहाँसँग कुरा गर्न खोज्थे। . . . साधारण मानिसहरूलाई घेरेर राखेको प्रातिबन्धको वास्तै नगरी तिनीहरूसँग व्यवहार गर्न सक्नु उहाँको सबैभन्दा विशिष्ट गुणहरूमध्ये एक हो।”

आफूभन्दा निम्नस्तरीय मानिसहरूसँग यहोवा परमेश्‍वारले सधैं शिष्टतापूर्वक व्यवहार गर्नुहुन्छ र कुनै कुराको आग्रह गर्नुहुँदा प्रायः “कृपया” भन्‍नो शब्द थप्नुहुन्छ। आफ्नो मित्र अत्त्वाहामलाई आशिष्‌ दिनुहुँदा उहाँले यसो भन्‍नुभयो: “कृपया तिम्रो आँखा उठाएर तिमी भएको ठाउँबाट . . . हेर।” र पछि फेरि उहाँले यसो भन्‍नुभयो: “कृपया आकाशतिर हेरेर तारा गन।” (उत्पत्ति १३:१४; १५:५ न्युव) मोशालाई आफ्नो शक्‍तिको चिह्न दिनुहुँदा परमेश्‍वारले यसो भन्‍नुभयो: “कृपया तिम्रो हात खोकिलामा हाल।” (प्रास्थान ४:६ न्युव) धेरै वर्षपछि आफ्ना मनमौजी जनहरूलाई आफ्नो अगमवक्‍ता, मीका मार्फत्‌ उहाँले यसो भन्‍नुभयो: “हे याकूबका घरानाका प्राधान र इस्राएलीहरूका शासकहरू [कृपया न्युव] सुन।” (मीका ३:१, ९) यस प्रासङ्‌गमा अरूसँग व्यवहार गर्दा कृपया भनेर के हामी “परमेश्‍वारका देखा-सिकी गर्नेहरू” भएका छौं?—एफिसी ५:१.

संसारिक-ज्ञानी व्यक्‍तिहरूले अस्वीकार्य भनी त्यागेका बाइबलका नैतिक उपदेशहरूको सट्टा तिनीहरूले कस्ता निर्देशन वा नैतिक उपदेश दिन्छन्‌? आउँदो लेखले त्यसमाथि छलफल गर्नेछ। (g94 7⁄22)

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

सामान्य शालीनतालाई समेत अब सामान्य भन्‍न नमिल्ने भइसक्यो

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

एम्बुलेन्सले तिनको आमालाई भेट्‌ने कोशिश गरिरहेको थियो

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“कमजोर व्यक्‍तिले मात्र असभ्य व्यवहार गरेर आफ्नो बल देखाउन खोज्छ”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने