प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 सेप्टेम्बर पृ. १
  • आमाबाबु हो—आफ्ना छोराछोरीका लागि राम्रो उदाहरण बसाल्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आमाबाबु हो—आफ्ना छोराछोरीका लागि राम्रो उदाहरण बसाल्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • शिष्टाचार—ईश्‍वरभक्‍त मानिसहरूको गुण
    हाम्रो राज्य सेवकाई—२००१
  • आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 सेप्टेम्बर पृ. १

आमाबाबु हो—आफ्ना छोराछोरीका लागि राम्रो उदाहरण बसाल्नुहोस्‌

१ परमेश्‍वरको वचन हामीलाई बताउँछ “असल मानिसको बाबु [अनि आमा] रमाउनेछन्‌।” (हितो. २३:२४, २५) आफ्ना सन्तानका लागि राम्रो उदाहरण बसाल्ने आमाबाबुका लागि कत्ति ठूलो आशिष्‌! शाखा कार्यालयका एक सदस्यले आफ्ना आमाबाबुबारे यसो भने: “उहाँहरूको सम्पूर्ण जीवन सच्चाइमा केन्द्रित थियो र म पनि यसलाई नै आफ्नो जीवनको केन्द्रबिन्दु बनाउन चाहन्छु।” छोराछोरीहरूले आफ्ना आमाबाबुहरूमा के देख्नुपर्छ?

२ असल आनीबानी र गहिरो आदर: आफ्ना छोराछोरीलाई बिस्तारै हितकर बानीबेहोराहरू मनमा ठप्प बस्ने गरी सिकाउने दायित्व आमाबाबुको हो। असल बानीबेहोराहरू मौखिक निर्देशनबाट मात्र होइन देखेर अनि नकल गरेर सिकिन्छ। तसर्थ, तपाईंको आनीबानी कस्तो छ? तपाईंले “माफ गर्नुहोस्‌,” “कृपया” अनि “धन्यवाद” जस्ता शब्दहरू प्रयोग गर्नुभएको छोराछोरीले सुनेका छन्‌? परिवारमा, के तपाईंहरू एकअर्कालाई गहिरो आदरका साथ व्यवहार गर्नुहुन्छ? अरूले कुरा गर्दा के तपाईं ध्यान दिएर सुन्‍नुहुन्छ? छोराछोरीले तपाईंसित कुरा गर्दा के तपाईं ध्यान दिएर सुन्‍नुहुन्छ? राज्यभवनका साथै घरको एकान्तमा पनि तपाईं यस्ता असल बानीबेहोराहरू देखाउनुहुन्छ?

३ आध्यात्मिक रूपमा बलियो अनि जोसिलो क्रियाकलाप: पूर्णसमय सेवकाईमा ५० वर्षभन्दा बढी समय बिताउने एक भाइ सम्झना गर्छन्‌: “सभाहरूप्रति आफ्नो मूल्यांकन अनि क्षेत्र सेवकाईप्रति जोस प्रकट गर्ने सन्दर्भमा मेरा आमाबाबु अद्‌भुत उदाहरण हुनुहुन्छ।” आफ्नो घरानाको आध्यात्मिकता कायम राख्न तपाईं सजग हुनुहुन्छ भन्‍ने कुरा छोराछोरीसामु कसरी प्रकट गर्नुहुन्छ? के तपाईंहरू सँगै बसेर दैनिक पद छलफल गर्नुहुन्छ? के तपाईंहरूको नियमित पारिवारिक अध्ययन हुन्छ? के छोराछोरीले तपाईंले बाइबल अनि सोसाइटीका प्रकाशनहरू पढिरहनुभएको देखेका छन्‌? प्रार्थनामा परिवारका लागि बिन्ती गर्नुहुँदा तिनीहरूले के सुन्छन्‌? तपाईं सच्चाइ अनि मण्डलीबारेमा सकारात्मक कुराहरू गर्दै तिनीहरूको आध्यात्मिक उन्‍नति हुने कुराकानीमा भाग लिनुहुन्छ? के तपाईंको परिवार हरेक सभाहरू धाउन अनि क्षेत्र सेवकाईमा भाग लिन उत्सुक छ?

४ आमाबाबु हो, आफ्ना छोराछोरीलाई कस्तो उदाहरण बसाल्दै हुनुहुन्छ, मनन गर्नुहोस्‌। तिनीहरूले जीवनभर मूल्यांकन गर्नसक्ने एकदम राम्रो उदाहरण बसाल्नुहोस्‌। अहिले ७० वर्ष नाघिसकेकी एक जना परिभ्रमण निरीक्षककी पत्नी भन्छिन्‌: “मेरा प्यारा मसीही आमाबाबुहरूको असल उदाहरणबाट म अझै पनि लाभ उठाउँदै छु। अनि म आफूले पाएको यस सम्पत्तिलाई आउँदो पुस्तामा पनि बाँड्‌दै यसप्रतिको मेरो मूल्यांकन जाहेर गर्नसकूँ भनी खुरन्धार बिन्ती गर्नेगर्छु।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने