प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ ४/८ पृ. १२-१४
  • सबैको निम्ति सिद्ध स्वास्थ्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैको निम्ति सिद्ध स्वास्थ्य
  • ब्यूँझनुहोस्‌!—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मूल कारण
  • बच्ने उपाय
  • सिद्ध स्वास्थ्य निश्‍चित छ
  • पूर्णतया निरोगी हुनु के सपना मात्र हो?
    ब्यूँझनुहोस्‌!—१९९८
  • ख्रीष्टको छुडौती-परमेश्‍वरको छुटकारा दिने तरिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • येशू ख्रीष्टलाई –परमेश्‍वरले पठाउनु भएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • सबैका लागि सुस्वास्थ्य—नजिकै!
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९५
g९५ ४/८ पृ. १२-१४

सबैको निम्ति सिद्ध स्वास्थ्य

आचरण, वातावरण र स्वास्थ्य सुविधाले जस्तै हाम्रो शारीरिक बनौटले पनि हाम्रो स्वास्थ्यलाई असर गर्छ। वंशाणुगत गुन तथा रोगहरूले यो बनौटलाई प्रभाव पारेको हुन्छ। रोगहरूतर्फ हाम्रो आनुवंशिक झुकावको कारण नै पछि हामीलाई रोग लाग्नसक्छ।

एक जना पेशेवर स्वास्थ्य विशेषज्ञ यसो भन्छन्‌, “तपाईं स्वस्थ हुने वा नहुने हो, लामो समयसम्म बाँच्नुहुने वा होइन वा भनौं भने बाँच्नुहुन्छ कि हुन्‍न भन्‍ने कुरा तपाईं जन्मनुहुँदा लिएर आउनुहुने शारीरिक बनौटले निकै हदसम्म निर्धारण गर्छ।”

जुनसुकै कारणले गर्दा हाम्रो टाउको दुखेको होस्‌, मांशपेशी बाँउडिएको होस्‌, स्नायुहरू थकित भएका होऊन्‌, हड्डी वा मुटु कमजोर भएको होस्‌, कमजोर शरीर र मनले हाम्रो स्वास्थ्यमा नोक्सान पुऱ्‍याएको छ भनेर यी तथा अन्य रोगहरूले हामीलाई दिनहुँ स्मरण गराउँछन्‌। यी सर्वव्याप्त स्वास्थ्य समस्याहरूको मूल कारण के हो?

मूल कारण

प्रथम शताब्दीका लूका नाउँ गरेको चिकित्सकले यसको जवाफ दिन्छन्‌। तिनको यो जवाफ येशू ख्रीष्टबारे तिनले लेखेको प्रेरित जीवनीमा पाइन्छ। लूका यसरी लेख्छन्‌, एक दिन पक्षघात भएको एक जना मानिसलाई निको हुने आशामा येशूसमक्ष ल्याइन्छ। त्यसपछि येशूले त्यस पक्षघातीलाई यसो भन्‍नुहुन्छ: “तिम्रा पाप तिमीलाई क्षमा भयो।” त्यसपछि आफूसँग साँच्चै नै पाप क्षमा गर्ने शक्‍ति छ भनेर देखाउन येशूले त्यस मानिसलाई यस्तो आज्ञा गर्नुहुन्छ: “उठ र आफ्नो खाट उठाएर घर जाऊ।” त्यो मानिस साँच्चै नै उठ्‌छ! फलस्वरूप यस्तो निवारण देख्ने “सबैजना आश्‍चर्यमा परे, र तिनीहरूले परमेश्‍वरको महिमा गरे।”—लूका ५:१७-२६.

यहाँ येशूले कुन चाहिं पापको उल्लेख गर्दै हुनुहुन्थ्यो? हामी किन बिरामी र वृद्ध हुन्छौं अनि मर्छौं, त्यसको जवाफ उक्‍त प्रश्‍नले दिन्छ। “सम्पूर्ण शास्त्र परमेश्‍वरद्वारा प्रेरित हो” भनी निश्‍चिन्त भएर हामी बाइबलमा त्यसको जवाफ हेर्नसक्छौं। (२ तिमोथी ३:१६, न्युव; २ पत्रुस १:२१) प्रथम मानिस आदम पूर्णतः सिद्ध स्वस्थ सृष्टि गरिएको थियो भनेर त्यसले हामीलाई बताउँछ। आफ्नो सृष्टिकर्ताको आज्ञा पालन गरूञ्जेल तिनले तन्दुरुस्तीको आनन्द उठाए।

तथापि, आदमले परमेश्‍वरको आज्ञा उल्लंघन गर्न रुचाए। अनाज्ञाकारी र जानाजानी आफ्नो सृष्टिकर्ताको विरोध गरेर तिनले पाप गरे। फलस्वरूप, तिनी असिद्ध, रोगको शिकार भए अनि समयमा मरे। तसर्थ, पाप नै आदमको बिरामी र मृत्युको कारण थियो।

आनुवंशिक नियमले गर्दा केही रोगहरू आमा-बाबुबाट छोराछोरीहरूमा सरेझैं असिद्धता र फलस्वरूप आएको रोग आदमबाट तिनका सन्तान अर्थात्‌ मानवजातिमाथि सऱ्‍यो। तसर्थ सबै रोगहरू आदमले गरेको मूल पापको परिणाम हो। (उत्पत्ति २:१७; ३:१-१९; रोमी ५:१२) के बच्ने कुनै उपाय छ?

बच्ने उपाय

आदमले परमेश्‍वरको नियमको विद्रोह अर्थात्‌ पाप गरेकोले सिद्ध स्वास्थ्य अस्वस्थतामा परिणत भयो। अब पाप हटाएपछि मात्र अस्वस्थतालाई सिद्ध स्वास्थ्यमा परिवर्तन गर्न सम्भव हुनेछ। (रोमी ५:१८, १९) तर कसरी? आदम सिद्ध हुँदा तिनी जस्तो अवस्थामा थिए, त्यस्तै अवस्थामा हुने सिद्ध मानिसले आफ्नो जीवन छुटकाराको मोल स्वरूप तिर्नुपर्थ्यो। परमेश्‍वरको नियमअनुसार “ज्यानको साटो ज्यान” अर्थात्‌ जीवनको साटो जीवन तिर्नुपर्छ।—व्यवस्था १९:२१.

तथापि, आदमका कुनै पापी सन्तानले त्यस्तो छुटकाराको मोल तिर्न सक्दैन थियो। अतः “हामी उहाँद्वारा जिऔं भन्‍ने हेतुले” यहोवाले प्रेमपूर्वक आफ्नो पुत्र, येशू, सिद्ध पुरुषलाई “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई” पठाउनुभयो।—मत्ती २०:२८; १ यूहन्‍ना ४:९; भजन ४९:७.

येशूले पक्षघातीलाई “तिम्रा पाप तिमीलाई क्षमा भयो” भन्‍नुहुँदा त्यो मानिस निको भएर घर फर्केको थियो। यसप्रकार आफ्नो पिता, यहोवाले पाप हटाउने शक्‍ति उहाँलाई प्रदान गर्नुभएको छ भनेर येशूले उपरोक्‍त घटनाद्वारा देखाउनुभयो। अन्धा, बहिरा एवम्‌ विभिन्‍न रोग लागेका अरू मानिसहरूलाई तुरुन्तै निको पार्नुभएर येशूले परमेश्‍वरद्वारा प्राप्त त्यो शक्‍तिलाई बारम्बार चलाउनुभयो।

येशूले गर्नुभएको यो चमत्कारपूर्ण निवारणबारे बाइबलले यस्तो विवरण दिन्छ: “तब त्यहाँ लङ्‌गडा, अन्धा, लाटा, कूँजो र धेरै अरूहरूसित भएका ठूला भीड़ उहाँकहाँ आए र तिनीहरूलाई उहाँको चरणमा राखिदिए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो। यहाँसम्म कि, लाटाहरू बोलेका, कूँजोहरू निको भएका लङ्‌गडाहरू हिंड़ेका, अन्धाहरूका आँखा खोलिएका देखेर भीड़हरू छक्क परे।” (मत्ती १५:३०, ३१) योभन्दा उल्लेखनीय कुरा, येशूले मरेका मानिसहरूलाई जीवित पार्न सक्नुभयो। बाइबलले यस्ता थुप्रै पुनरुत्थानबारे बताउँछ।—लूका ७:११-१६; ८:४९-५६; यूहन्‍ना ११:१४, ३८-४४.

येशूले जस्तोसुकै रोग निको पार्न सक्नुहुन्छ भनेर यी चमत्कारपूर्ण निवारणले हामीलाई आश्‍वासन दिन्छ। के उहाँले यस ईश्‍वर-प्रदत्त शक्‍ति फेरि प्रयोग गर्नुहुनेछ? के हामी त्यसबाट लाभान्वित हुनसक्छौं?

सिद्ध स्वास्थ्य निश्‍चित छ

परमेश्‍वरको स्वर्गीय सरकारको राजाको हैसियतमा येशूले स्वर्गमा राज्य सुरु गरिसक्नुभएको छ भनेर बाइबलका भविष्यवाणीहरूले देखाउँछ। अहिले अस्तित्वमा भएका सबै मानव सरकारहरूलाई हटाएर सारा संसारमाथि राज्य गर्ने अधिकार परमेश्‍वरले उहाँलाई दिनुभएको छ। (भजन ११०:१, २; दानियल २:४४) येशूले आफ्ना अनुयायीहरूलाई सिकाउनुभएको यो प्रार्थना पनि पूरा हुनेछ: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०) त्यो स्वर्गीय राज्यशासन चल्दा परमेश्‍वरले यस पृथ्वीका लागि राख्नुभएका इच्छाहरूमध्ये एक मानव परिवारको स्वास्थ्यमा नाटकीय सुधार ल्याउनु हुनेछ।

त्यसपछि शाब्दिक अनि आत्मिक अर्थमा “अन्धाहरूका आँखा खोलिनेछन्‌, र बहिराहरूका कान उघारिनेछन्‌। तब लङ्‌गडा मृगझैं उफ्रनेछ, र गूङ्‌गाको जिब्रोले स्तुति गर्नेछ।” अनि “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’”—यशैया ३३:२४; ३५:५, ६.

परमेश्‍वरको स्वर्गीय राज्यमा सिद्ध स्वास्थ्य प्राप्त गर्नुको अर्थ मानिसहरू अहिले जस्तो मर्नुपर्ने छैन। परमेश्‍वरको वचनले यस्तो प्रतिज्ञा गर्छ: “उहाँमाथि विश्‍वास गर्ने . . . [सबैले] अनन्त जीवन [पाउनेछ]।” “परमेश्‍वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” (यूहन्‍ना ३:१६; रोमी ६:२३) हो, धेरै वर्षअघि प्रेरित भजनले यस्तो प्रतिज्ञा गरेको थियो: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२९) पृथ्वीमा हुनुहुँदा गर्नुभएझैं येशूले मृत मानिसहरूको पुनरुत्थान गर्नुभएर सिद्ध स्वास्थ्यको लाभ उठाउने मौका प्रदान गर्नुहुनेछ। बाइबलले यो प्रतिज्ञा गर्छ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।”—प्रेरित २४:१५.

त्यस राज्यशासनको अधीनमा यो पृथ्वी पनि फस्टाउनेछ। फलतः नराम्रो स्वास्थ्यको कारक तत्त्व, भोक फेरि कहिल्यै अस्तित्वमा हुनेछैन। बाइबलको भविष्यवाणीले यसो भन्छ: “खेतमा भएका रूखहरूले फल दिनेछन्‌, भूमिले आफ्नो फसल दिनेछ, र मानिसहरू मनमा चैन लिएर निज भूमिमा बस्नेछन्‌।” (इजकिएल ३४:२७) “पृथ्वीले आफ्नो उब्जनी बढ़ाएको छ। परमेश्‍वर, हाम्रा आफ्नै परमेश्‍वरले हामीलाई आशीर्वाद दिनुहुनेछ।” (भजन ६७:६) “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।” (भजन ७२:१६) “उजाड़ र निर्जल-भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। वसन्तको फूलझैं त्यो फक्रनेछ।”—यशैया ३५:१.

परमेश्‍वरको नयाँ संसारमा हुने परिस्थितिलाई बाइबलको अन्तिम भविष्यसूचक पुस्तकले संक्षेपमा यसो भन्छ: “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन।”—प्रकाश २१:४.

के तपाईं यी कुराहरू ‘पत्याउन गाह्रो छ’ भन्‍नुहुन्छ? त्यसोभए एकछिन यसलाई विचार गर्नुहोस्‌। आदम पापी हुनुअघि तिनको स्वास्थ्य सिद्ध थियो। कल्पना गर्नुहोस्‌, त्यसबेला कुनै अर्को मानिस आएर एक दिन यो पृथ्वी, पीडित, रोगी र वृद्ध मानिसहरूले भरिनेछ भनेर आदमलाई भनेछ। अब के आदमलाई यो कुरा विश्‍वास गर्न गाह्रो परेन होला र? तर आज वास्तविकता त्यस्तै छ।

यसको विपरीत परमेश्‍वरको राज्यमा सिद्ध स्वास्थ्य वास्तविकता हुनेछ। यहोवाको वचनले हामीलाई यो आश्‍वासन दिन्छ: “यी कुराहरू विश्‍वासयोग्य र सत्य छन्‌।” (प्रकाश २१:५) परमेश्‍वरले जे बोल्नुहुन्छ त्यो पूरा हुन्छ किनभने “परमेश्‍वरलाई झूट बोल्न असम्भव छ।”—हिब्रू ६:१८.

पूरा हुनै लागेका यी आशिष्‌हरूको आनन्द उठाउन तपाईंले के गर्नुपर्छ? सिद्ध स्वास्थ्य र अनन्त जीवन कसरी प्राप्त गर्ने यो कुरा येशूले आफ्नो पितालाई गर्नुभएको प्रार्थनामा प्रष्ट पार्नुभएको छ: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

तपाईंकै घरमा बाइबल अध्ययन सञ्चालन गर्न यहोवाका साक्षीहरूलाई आग्रह गर्नुहोस्‌। परमेश्‍वरका अद्‌भुत प्रतिज्ञाहरू सिक्ने मदत दिन तिनीहरू खुशी हुनेछन्‌। र त्यो नै सिद्ध जीवन प्राप्त गर्ने तपाईंको पहिलो कदम हुनेछ! (g95 4/8)

[पृष्ठ ८-मा भएको चित्र]

परमेश्‍वरको नयाँ संसारमा सबै मानिसहरूले सिद्ध स्वास्थ्यको आनन्द उठाउनेछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने