प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ७/८ पृ. ९-१०
  • सबैका लागि सुस्वास्थ्य—नजिकै!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैका लागि सुस्वास्थ्य—नजिकै!
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सन्तुलन कायम राख्ने
  • सबैको निम्ति सिद्ध स्वास्थ्य
    ब्यूँझनुहोस्‌!—१९९५
  • रोगबिमार मुक्‍त संसार!
    ब्यूँझनुहोस्‌!—२००७
  • तपाईंको विश्‍वास र अध्यात्मिक स्वास्थ्यलाई कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • चाँड़ै बिमारी वा मृत्यु फेरि हुनेछैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ७/८ पृ. ९-१०

सबैका लागि सुस्वास्थ्य — नजिकै!

“फेरि कहिल्यै बिरामी हुनु नपर्ने धारणा हाल सबैभन्दा प्रचलित छ” भनी जर्मन अखबार फोकस रिपोर्ट गर्छ। तथापि, यो कुनै नौलो कुरा होइन। मानिसलाई सृष्टि गर्नुहुँदा सृष्टिकर्ताले मानिसजाति बिरामी होस्‌ भन्‍ने चाहनुभएको थिएन। उहाँको उद्देश्‍य “संसारका सबै मानिसहरूका लागि संतोषजनक स्वास्थ्य” प्रदान गर्ने मात्र थिएन। (तेर्सो अक्षर हाम्रो) हाम्रो सृष्टिकर्ताको उद्देश्‍य त सबैका लागि पूरा सुस्वास्थ्य प्रदान गर्नु थियो!

उसोभए, किन हामी सबै रोगबिमारको सिकार बन्‍नु परेको? सबै मानिसजातिका आमाबाबु आदम र हव्वालाई यहोवा परमेश्‍वरले सिद्ध बनाउनुभएको थियो भनी बाइबलले बताउँछ। सृष्टि गर्ने काम पूरा भएपछि “आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।” हाम्रो मायालु सृष्टिकर्ताले मानव जीवनमा रोगबिमार अनि मृत्यु आइपरोस्‌ भनेर कहिल्यै सोच्नुभएको थिएन। तर आदम र हव्वाले आफ्नो लागि तोकिएको जीवनशैली त्याग्ने छनौट गरेपछि तिनीहरूले पाप गरे। आदमले गरेको पापको परिणाम मृत्यु भयो र यो सबै मानिसजातिलाई सऱ्‍यो।—उत्पत्ति १:३१; रोमी ५:१२.

यहोवाले मानिसजातिलाई त्यत्तिकै अलपत्र छोड्‌नु भएन। न त उहाँले मानवजाति अनि यस पृथ्वीको लागि आफ्नो सुरुको उद्देश्‍यलाई नै बिर्सनुभयो। बाइबलभरि उहाँले आज्ञाकारी मानवजातिको लागि त्यही सुस्वास्थ्य प्रदान गर्ने उद्देश्‍य प्रकट गर्नुभएको छ। परमेश्‍वरको पुत्र येशू ख्रीष्ट यस पृथ्वीमा हुनुहुँदा उहाँले विभिन्‍न रोगहरू निको पार्नुभएर परमेश्‍वरको शक्‍ति प्रदर्शित गर्नुभयो। उदाहरणका लागि, अन्धा, कुष्ठ रोगी, बहिरा, जलग्रही, छारेरोगी अनि पक्षघात भएका मानिसहरूलाई येशूले निको पार्नुभयो।—मत्ती ४:२३, २४; लूका ५:१२, १३; ७:२२; १४:१-४; यूहन्‍ना ९:१-७.

परमेश्‍वरले मसीही राजा येशू ख्रीष्टलाई चाँडै मानवजातिका सबै कामकुराहरू आफ्नो नियन्त्रणमा लिने निर्देशन दिनुहुनेछ। उहाँको प्रशासनअन्तर्गत यशैयाले भविष्यवाणी गरेको यो कुरो साँचो साबित हुनेछ: “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें’ त्यहाँ बस्ने मानिसहरूका अधर्म क्षमा गरिनेछ।” (यशैया ३३:२४) यो कसरी हुनेछ?

यहाँ हामी अगमवक्‍ताले मानिसहरूको “अधर्म क्षमा गरिनेछ” भनेर लेखेको पाउँछौं। तसर्थ, रोगबिमारको मूल कारण अर्थात्‌ मानिसजातिको जन्मजात पाप हटाइनेछ। कसरी? येशूको छुडौतीको बलिदानबाट आज्ञाकारी मानवजाति सबैले लाभ उठाउन सक्नेछन्‌ र यसले रोगबिमार अनि मृत्युको कारणलाई हटाउनेछ। पृथ्वीको कुनाकाप्चामा प्रमोदवनरूपी अवस्था हुनेछ। मसीही प्रेरित यूहन्‍नाले यस्तो लेखे: “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” त्यो चाँडै पूरा हुनेछ!—प्रकाश २१:३, ४; मत्ती, अध्याय २४; २ तिमोथी ३:१-५.

सन्तुलन कायम राख्ने

हाल, लाखौं मानिसहरू रोगबिमारको सिकार हुनु परिरहेको छ। तसर्थ, मानिसहरू आफ्नो अनि आफ्ना प्रिय जनहरूको स्वास्थ्यबारे चिन्तित हुनु स्वाभाविकै हो।

मसीहीहरू आज चिकित्सा क्षेत्रका मानिसहरूले गरिरहेको प्रयत्नको निकै कदर गर्छन्‌। तिनीहरू स्वस्थ रहन व्यावहारिक कदमहरू चाल्छन्‌। तथापि, भविष्यमा रोगबिमारबाट मुक्‍त जीवन बिताउन पाउनेछौं भनी बाइबलले प्रतिज्ञा गरेको हुँदा यसले हामीलाई स्वास्थ्यको मामिलामा सन्तुलित हुन मदत गर्छ। मसीही राजाले मानवजातिमाथि शासन नगरुञ्जेल हामी पूर्णतया स्वस्थ हुनु असम्भव छ। हामीले देख्यौं कि सबैभन्दा रोमाञ्चकारी खोजपछि पनि चिकित्साजगत्‌ले रूखको टुप्पामा रहेको रसिलो स्याउ अर्थात्‌ सबैका लागि सुस्वास्थ्य दिन सकेको छैन।

“संसारका सबै मानिसहरूका लागि संतोषजनक स्वास्थ्य” हासिल गर्ने लक्ष्य चाँडै प्राप्त हुनेछ। तर संयुक्‍त राष्ट्र संघ, विश्‍व स्वास्थ्य संघ, वातावरणविद्‌, समाज सुधारक अथवा चिकित्सकहरूबाट होइन। त्यो येशू ख्रीष्टले मात्र पूरा गर्न सक्नुहुन्छ। मानिसजातिले “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा . . . विनाशको बन्धनबाट छुटकारा” पाउनु कत्ति आनन्दको कुरा हुनेछ!—रोमी ८:२१. (g01 6/8)

[पृष्ठ १०-मा भएको चित्र]

परमेश्‍वरको नयाँ संसारमा सबै जना स्वस्थ हुनेछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने