प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ४/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९६
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००२
  • पाठकहरूको प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९५
  • म कसरी आफ्ना हजुरबा हजुरआमासित घनिष्ठ हुनसक्छु?
    ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ४/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

निद्रा “हाम्रो शरीरलाई किन निद्रा चाहिन्छ” लेख (जून ८, १९९५) का लागि धन्यवाद। यस लेखले मेरो आँखा खोल्यो भनेर मैले भन्‍नैपर्छ। म चिकित्सा अध्ययन गर्दैछु। अध्ययनप्रति बढी ध्यान दिने चेष्टा गर्दा सुत्नुपर्ने मूल्यवान्‌ समयहरू गुमाउँछु। लेखमा उल्लिखित केही असरहरू मैले भोगेकी छु। सुत्ने तालिकालाई राम्रोसित सुधार्ने चेष्टा गर्नेछु।

एल. एच., ट्रिनीडाड

बाजेबज्यैहरू “के तपाईं बाजेबज्यैहरूको कदर गर्नुहुन्छ” (जुलाई-सेप्टेम्बर १९९५) शीर्षकका श्रृंखलाहरू पढेर म खुशीले रोएँ। सासुससुरासित मेरो सम्बन्ध बिग्रंदै गइरहेको थियो। ठीक समयमा तपाईंको लेख पाएँ। उहाँहरूलाई दिनुपर्ने उचित आदर मैले नदिएको यो लेख पढेर थाह पाएँ। आवश्‍यक परिवर्तन गरें र अहिले हामी सबै खुशी छौं।

ए. टी., क्यानाडा

हामीले बुबालाई नर्सिङ होममा भर्ना गरेपछि हप्तामा तीन चोटि उहाँलाई भेट्‌ने संकल्प गऱ्‍यौं। त्यो प्रतिज्ञालाई हामीले दुइ वर्षअघिदेखि पूरा गर्दै आएका छौं। उहाँलाई प्रत्येक दिन घरको हालखबर नसुनाई हुँदैन। यसलाई यथावत्‌ राख्न दृढ संकल्प चाहिन्छ। तर यसबाट बाजेबज्यैका साथै नातिनातिनीहरूले पनि लाभ उठाउँछन्‌।

पी. एल., संयुक्‍त राज्य

एक जना क्याथोलिकको हैसियतमा म ती लेखहरूबाट प्रभावित भएँ। किनकि ती लेखहरू मत वा धर्ममा केन्द्रित नभएर निष्पक्ष थिए। व्यवहारिक तवरमा ध्यान नदिएको कुरालाई आवश्‍यक मान्‍न तपाईंहरूले निडरतासाथ बताउनुभएको छ।

ए. बी., कोस्टा रिका

श्‍वासको दुर्गन्ध “श्‍वासको दुर्गन्ध हटाउन तपाईं के गर्न सक्नुहुन्छ?” भन्‍ने जानकारीमूलक लेख (जुलाई-सेप्टेम्बर १९९५) का लागि तपाईंहरूलाई धन्यवाद नदिइ रहन सक्दिनँ। मलाई त्यही समस्या थियो! हो, दुर्गन्धित श्‍वासले खिन्‍न अनुभव गराउँछ। दन्त चिकित्सककहाँ दुइपल्ट गएँ तर दुर्गन्ध त्यतिकै रह्‍यो। लेखमा दिएका सुझाउहरू लागू गरें र त्यो समस्या कम हुँदैछ। कृपया विश्‍वभरिका मानिसलाई निरन्तर सहायता गरिरहनुहोस्‌।

आर. ओ. आइ., नाइजेरिया

भारतीय स्त्रीहरू “एकाइसौं शताब्दीमा प्रवेश गर्ने भारतीय स्त्रीहरू” लेख (जुलाई २२, १९९५) को म मूल्यांकन गर्छु। मेरो देशको भन्दा धेरै भिन्‍न संस्कृति भएकोले म भारतदेखि सधैं मोहित हुन्छु। तपाईंहरूको लेखअनुसार, भारतीय स्त्रीहरूले साँचो स्वतन्त्रता परमेश्‍वरको राज्यमा मात्र पाउनेछन्‌। म त्यो समयको बाटो हेर्छु जुन बेला आफूले आदर गरेका पतिहरूबाट सबै स्त्रीहरूले साँचो प्रेम पाउनेछन्‌।

डब्ल्यु. एस्‌., बेलायत कोलम्बिया

रजोहीनता हामी स्त्री-रोगका औषधीहरू तयार पार्ने कम्पनी चलाउँछौं। “अझ राम्ररी बुझ्ने” शीर्षक भएको रजोहीनतासम्बन्धी लेख (फेब्रुअरी २२, १९९५) हामीलाई अति रोचक लाग्यो। तथापि, “एस्ट्रोजिन प्रतिस्थापन उपचारबारे के भन्‍न सकिन्छ?” शीर्षक भएको पेटीले बताउँछ, “हर्मोन प्रतिस्थापन प्रक्रियामा प्रोजेस्टेरोन थप्नाले . . . हृदय रोगमाथि पर्ने एस्ट्रोजिनको लाभकारी असरलाई रोक्छ।” विशेष गरेर प्राकृतिक प्रोजेस्टिनहरूले सधैं त्यसो गर्दैन।

डा. टि.डब्ल्यु अनि जे.के., जर्मनी

हामीलाई ताजा जानकारी दिनुभएकोमा धन्यवाद। यद्यपि, प्रोजेस्टिनहरूले एचडिएल, वा “असल” कलेस्ट्रोलको सतहलाई घटाउनसक्छ भनेर पुराना स्रोतहरूले संकेत गरेको छ। यसैले हृदय रोगको बढ्‌दो खतरालाई हालको अनुसन्धानले देखाउँदैन। जेएएमए जनवरी १८, १९९५ अंकमा रिपोर्ट गरिएको हालको अध्ययनले के दाबी गर्छ भने, “एस्ट्रोजिन एक्लैले वा प्रोजेस्टिनसित मिलेर [“असल” कलेस्ट्रोलको सतह] वृद्धि गर्छ।” निस्सन्देह, हर्मोन उपचारहरूको दीर्घकालीन सबै असरहरूलाई पूर्णतया बुझ्नअघि धेरै अनुसन्धान गर्नुपर्नेछ।—सम्पादक।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने