प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ४/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • लाइम रोग के तपाईं खतरामा हुनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९६
  • कार्निभल उत्सवहरू सही वा गलत?
    ब्यूँझनुहोस्‌!—१९९६
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९७
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ४/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

टेलिफोन शिष्टता “टेलिफोन शिष्टता तपाईं कसरी झल्काउनुहुन्छ?” शीर्षकको उत्कृष्ट लेखका लागि धन्यवाद। (जुलाई-सेप्टेम्बर, १९९६) ग्राहकहरूलाई फोनबाट सेवा उपलब्ध गराउने बैंकमा म काम गर्छु। त्यो लेख मैले विभाग प्रमुखलाई दिएँ र तिनले उक्‍त लेख साह्रै लाभकारी, सामयिक र व्यवहारिक छ भने। त्यसबाहेक तिनले मलाई उक्‍त लेख हाम्रा ३२ जना टेलिफोन सञ्चालकहरूलाई पनि पढाउन आग्रह गरे।

एन. जे. एस., ब्राजिल

नराम्रो विचार राखेर गरिएका फोनहरूको कारण विगतमा हुनसम्म दिक्क भएको थिएँ। त्यसैले फोन गर्ने व्यक्‍तिलाई तिनको परिचय नम्रतापूर्वक तीन पटकसम्म सोद्धा पनि जवाफ दिएन भने फोन त्यत्तिकै राखिदिनू भनेर टेलिफोन कम्पनीले दिएको सुझाउ हामीले पालन गरिरहेका थियौं। उक्‍त लेखमा बताएझैं नाउँ नबताएर मलाई चिन्‍नुभयो? भन्दै कुनै कुनै साथीहरूले हामीसित ठट्टा गरेका थिए। अनि त्यतिखेर ती साथीहरूलाई नचिनेकोले त्यसै फोन राखिदिंदा निकै चित्त दुखेको र दुखाउनु परेको थियो। तर यो लेखले यस्तो सामान्य कुरामा पनि कसरी दयालु र समझदार हुने हो, त्यो सिकाएको छ।

जी. ए., संयुक्‍त राज्य

लाइम रोग “लाइम रोग—के तपाईं खतरामा हुनुहुन्छ?” लेखको लागि धन्यवाद। (जुलाई-सेप्टेम्बर, १९९६) एक चिकित्सकको नाताले यो रोग लागेका केही बिरामीहरूलाई मैले हालै जाँचेको थिएँ। तपाईंहरूले उक्‍त लेखमा उल्लेख गर्नुभएका सुरक्षात्मक कदमहरूलाई म समर्थन गर्छु। अक्सर बिरामीको अवस्थालाई त्यति गम्भीर ठानिंदैन। फलस्वरूप बिरामीलाई धेरै गाह्रो हुन्छ। संयुक्‍त राज्यभरि फैलिएको हाडजोर्नी सुन्‍निने लाइम रोगबारे ब्यूँझनुहोस्‌-मा उल्लेख गरिएको रहेछ। अन्य दुइप्रकारका जीवाणुहरू युरोपमा पत्ता लगाइएका छन्‌। र ती जीवाणुहरू ल्याब परीक्षणबाट पत्ता लाग्दैनन्‌। लाइम रोग लाग्ने बित्तिकै उपचार गराइहालेमा मात्रै प्रतिजीवीहरूले काम गर्नसक्छन्‌ नत्रता ढीलो भएमा ती प्रतिजीवीहरूले कुनै असर गर्दैनन्‌।

आइ. एस., जर्मनी

लाइम रोगद्वारा पीडित मजस्तो व्यक्‍तिको लागि यो लेख प्रोत्साहनको स्रोत भयो। त्यो लेख पढ्‌ने जति सबैले यो रोगलाई गम्भीरतापूर्वक लिनेछन्‌ र आवश्‍यक सम्पूर्ण सुरक्षात्मक कदमहरू चाल्नेछन्‌ भन्‍ने आशा मैले राखेको छु।

डी. पी., संयुक्‍त राज्य

सिक्ने क्षमता विकार “युवा जनहरू सोध्छन्‌ . . . म किन सिक्न सक्दिनँ?” लेख सराहना गर्न योग्यको छ। (जुलाई-सेप्टेम्बर, १९९६) त्यस लेखमा उल्लेख गरिएका केही समस्याहरूले गर्दा स्कूलमा निकै संघर्ष गर्दैछु। तपाईंहरूले दिनुभएका सुझाउहरू म प्रयोग गर्नेछु। धेरै धेरै धन्यवाद।

आर. क., संयुक्‍त राज्य

मलाई स्कूलमा पटक्कै सिक्न मन लाग्दैन थियो र म ध्यानकेन्द्रित गर्न पनि नसक्ने भएको थिएँ। त्यस लेखमा दिइएका सुझाउहरूलाई प्रयोग गरेर सिक्ने बानीलाई सुधार्ने आशा राखेको छु।

एम. इ. ओ., युगाण्डा

म सिक्ने क्षमता विकारले पीडित भएको त होइन तर मलाई पढ्‌न चाहिं पटक्कै मन पर्दैन। म गणितका सूत्रहरू सम्झन सक्दिनँ। जे होस्‌, तुरुन्तै बिर्सने समस्या समाधान गर्न शब्दहरू दोहऱ्‍याउनु पर्छ, तेहऱ्‍याउनु पर्छ भनेर त्यस लेखमा उल्लेख गरिएको थियो। सुरुमा त यसरी एक्लै ठूलठूलो स्वरमा कराउँदै पढ्‌नु त बौलट्टीपनजस्तो लागेको थियो तर कोसिस गरेर हेर्दा निकै रमाइलो लाग्यो!

एन. आइ., जापान

कानुनविरोधी फ्रांक मानिनोको अनुभव “म कानुनविरोधी थिएँ” (जुलाई-सेप्टेम्बर, १९९६) छापिदिनुभएकोमा तपाईंहरूलाई धन्यवाद। यसले ममा अमेट छाप पाऱ्‍यो र यहोवा परमेश्‍वर कत्तिको शक्‍तिशाली तथा मायालु हुनुहुन्छ भनेर बुझ्न मदत गऱ्‍यो। बितेको ३० वर्षदेखि म उहाँको सेवा गर्दैछु र कुनै बाधाविघ्न आउनुअघि नै प्रचार कार्यमा सकेजति गर्न यो अनुभवबाट प्रोत्साहित भएकी छु।

इ. बी., इटाली

मसीही सभाहरूमा उपस्थित हुन पाउनु एउटा सुअवसर हो भन्‍ने कुरा मूल्यांकन गर्न यस लेखले मलाई मदत गऱ्‍यो। व्यक्‍तिगत तालिका व्यवस्थित नभएकोले सभाहरूमा ढीलो पुग्ने बानी बसिसकेको थियो। जेलको चारपर्खालभित्र थुनिनु परे तापनि फ्रांक मानिनोको जीवन फलदायी थियो।

डी. डब्लू., संयुक्‍त राज्य

जेलमा कैद हुँदा पनि फ्रांक मानिनोले देखाएको जोस देखेर म निकै प्रभावित भएकी छु। तिनको जीवनको सुरुआत नराम्रै भए तापनि अहिले तिनी उत्कृष्ट नमुना भएका छन्‌।

क. आर., संयुक्‍त राज्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने