प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ५/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जंगली अष्ट्रेलियाली उँटहरू
  • आर्सेनिक विष
  • टाट पल्टाइको व्यापकता
  • जागिरे आमाहरू
  • माछा मार्ने विनाशकारी तरिकाहरू
  • होसियार प्रतिलिपिकहरू
  • केटाकेटीको प्रारम्भिक बौद्धिक परीक्षण
  • विश्‍वव्यापी तवरमा वन विनाश
  • खजाना चोरी
  • के अब्राहामसित ऊँटहरू साँच्चै थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • जहाँ ऊँट र ब्रम्बिहरू स्वतन्त्र भएर घुमफिर गर्छन्‌
    ब्यूँझनुहोस्‌!—२००१
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ५/८ पृ. २८-२९

विश्‍वदर्शन

जंगली अष्ट्रेलियाली उँटहरू

धेरै वर्षअघि अष्ट्रेलियाका दुर्गम क्षेत्रहरूमा टेलिग्राफ लाइन र रेलमार्ग निमार्ण गर्न उँटहरू झिकाइएको थियो। यी जब्बर जनावरहरूको सट्टा ट्रकहरू चलाउन थालेपछि थुप्रै अफगानी मालिकहरूले यिनीहरूलाई मार्नुको सट्टा जंगलमा छोडिदिए। मध्य अष्ट्रेलियाको सुख्खा मौसममा यी उँटहरू फैलिए र आज तिनीहरूको संख्या २,००,००० भन्दा बढी भएको अनुमान लगाइएको छ। कोही कोही मानिसहरूले उँट बहुमूल्य राष्ट्रिय सम्पत्ति नै हुनसक्ने विचारधारा व्यक्‍त गरेका छन्‌ भनी दी अष्ट्रेलियन अखबार रिपोर्ट गर्छ। उँटको मासु परीक्षण गरेर उपभोक्‍ताहरूका लागि बजारमा उपलब्ध भइसक्यो र भनिन्छ, यो बीफ जत्तिकै नरम हुनुका साथै यसमा बोसो पनि कम हुन्छ। उँटको छाला, दूध, ऊन र बोसो पनि साबुन र कसमेटिक सामानहरू उत्पादन गर्न प्रयोग गरिन्छ। जिउँदो उँटको माग पनि उत्तिकै छ। मध्य अष्ट्रेलियाली उँट उद्योगका पिटर साइडेलअनुसार “थुप्रै अन्तरराष्ट्रिय चिडियाखाना तथा पर्यटक पार्कहरू अष्ट्रेलियाली उँटहरू राख्न चाहन्छन्‌ किनभने हाम्रो बगाल रोग मुक्‍त छ।”

आर्सेनिक विष

“बंगलादेशका झन्डै १.५ करोड मानिसहरू र कलकत्तालगायत पश्‍चिम बंगालका तीन करोड व्यक्‍तिहरूलाई आर्सेनिक विषको असर हुनसक्ने सम्भावना छ” भनी द टाइम्स अफ इन्डिया रिपोर्ट गर्छ। समस्या चाहिं हरित क्रान्तिका नपत्याउँदा उत्पादनहरूबाट सुरु भएको हो। सिंचाइको निम्ति गहिरो इनारहरू खन्दा प्राकृतिक रूपमा पृथ्वीमै रहेको आर्सेनिक पानी पनि सँगसँगै माथि उत्र्यो र यो अन्ततः पिउने पानीको निम्ति चलाइने इनारहरूमा मिसिन थाल्यो। सं.रा.अ., कोलोराडो विश्‍वविद्यालयका वातावरण विशेषज्ञ विलार्ड च्यापलले हालै यी प्रभावित क्षेत्रहरूको भ्रमण गरे र यसलाई “संसारमा धेरैभन्दा धेरै मानिसहरू विषालु पदार्थबाट प्रभावित हुने समस्या” भनी वर्णन गरे। छालामा घाउ हुनेजस्ता समस्याबाट अहिल्यै २,००,००० भन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन्‌। यो आर्सनिक विषको चिह्न हो। “हामीले भोकको समस्या (हरित क्रान्तिद्वारा) हल गरेजस्तो देखिन्छ तर त्यसको दौडान झन्‌ भयावह समस्या सृजना गऱ्‍यौं,” भनी बंगलादेशका एक सरकारी अधिकारीले बताए।

टाट पल्टाइको व्यापकता

सन्‌ १९९६ मा “१२ लाख अमेरिकीहरूले टाट पल्टेको घोषणा गर्नु, यो १९९४ को दाँजोमा ४४ प्रतिशत वृद्धि थियो” भनी न्युजवीक पत्रिका उल्लेख गर्छ। “टाट पल्टेको घोषणा गर्ने चलन यति सामान्य भइसक्यो कि मानिसहरूले कुनै अप्ठ्यारो नमानी त्यस्तो घोषणा गर्छन्‌।” टाट पल्टियो भनी घोषणा गर्नेहरूमा किन यतिबिघ्न वृद्धि? एउटा कारण त “टाट पल्टेको घोषणा गर्नु पनि जीवनको एउटा भाग हो भनी स्वीकारेको हुँदा” हो भनी न्युजवीक बताउँछ। “ऋणदाताहरूको भनाइअनुसार यस्तो सोचाइले गर्दा यस सुविधाको दुरुपयोग भइरहेको छ। एउटा अध्ययनअनुसार टाट पल्टियो भनी मुद्दा दायर गर्ने ४५ प्रतिशत मानिसहरूसित ऋण चुक्‍ता गर्ने औकात हुन्छ।” ऋण तिर्न खोज्नु र यस्तो अवस्था आइपरेकोमा लज्जित महसुस गर्नुको साटो थुप्रैले ‘ऋण सबै मिन्हा गरेर म फेरि सुरुदेखि नयाँ काम थाल्न चाहन्छु’ भन्छन्‌। झन्‌ झनै धेरै व्यक्‍तिविशेष तथा संस्थाहरूले टाट पल्टेको घोषणा गरिरहेका छन्‌ साथै “तपाईंको ऋणसम्बन्धी समस्या छिटो र सजिलो ढंगमा समाधान गर्नुहोस्‌!!” भन्‍ने वकिलहरूका विज्ञापनबाट पनि तिनीहरू प्रभावित भएका छन्‌। हाल फस्टाइरहेको अर्थतन्त्रको दौडान टाट पल्टेको घोषणा गर्नेहरूको बढ्‌दो संख्याको कारण वित्तीय बजार डुबेको खण्डमा वा व्यापार मूल्यको आकस्मिक पतन भएमा के गर्नेछन्‌ भनी विशेषज्ञहरू त्रसित छन्‌।

जागिरे आमाहरू

सन्‌ १९९१ मा जागिरे आमाहरूको राष्ट्रिय संघले “१९९० दशकको बीचसम्ममा दूधे बालकहरू भएका ६५% [अमेरिकी] र स्कूल जाने बच्चाहरू भएका ७७% आइमाईहरू जागिरे हुनेछन्‌” भन्‍ने अडकल लगायो। तिनीहरूको पूर्वानुमान कत्तिको सही थियो? स.रा.-को जनगणना विभागअनुसार सन्‌ १९९६ मा पाँच वर्षमुनिका बच्चाहरू भएका ६३ प्रतिशत महिलाहरू जागिरे थिए भनी द वाशिंगटन पोस्ट-ले रिपोर्ट गर्छ। स्कूल जाने उमेरका बच्चाहरू भएका ७८ प्रतिशत महिलाहरू जागिरे छन्‌। अनि युरोपमा नि? युरोपेली संघको तथ्यांक विभागले संकलन गरेको जानकारीअनुसार “५ देखि १६ वर्षका बच्चाहरू भएका जागिरे महिलाहरूको संख्या” युरोपेली देशहरूमा १९९५ को दौडान यसप्रकार छ, पुर्तगाल ६९ प्रतिशत, अष्ट्रिया ६७, फ्रान्स ६३, फिनल्याण्ड ६३, बेल्जियम ६२, ब्रिटेन ५९, जर्मनी ५७, निदरल्याण्डस ५१, ग्रीस ४७, लग्जमबर्ग ४५, इटाली ४३, आइरल्याणड ३९ र स्पेनमा ३६ प्रतिशत।

माछा मार्ने विनाशकारी तरिकाहरू

माछा मार्ने व्यापारिक समूहहरूले समुद्रको पींधमा झन्‌ झनै कम भइरहेको माछाहरूको खोजी गर्न अनेकन्‌ उपकरणहरूमा लगानी गरिरहेका छन्‌। समुद्रको पींधमा जडान गरिएको एउटा उपकरणलाई मोबाइल गियर भनिन्छ। यसलाई १,२०० मिटर तल समुद्री पींधमा जडान गरेर विगतमा बेवास्ता गरिएका जलजीवहरू निकालिन्छ। समस्या चाहिं के हो भने यस प्रक्रियामा “ट्युब आकारका कीरा, स्पञ्ज, एनिमोनिस, हाइड्रोजोआ, अर्चिन तथा गहिराइमा पाइने अन्य जलजीवहरू” पनि समातिन्छ र “अनावश्‍यक कुरा जस्तैगरि फालिन्छ,” भनी विज्ञान समाचार (अंग्रेजी) भन्छ। यिनीहरूको विनाशले माछाहरूको अभावलाई झनै चर्काउँछ किनभने माछाहरू आहार र ओतको निम्ति ती स-साना जलजीवहरूमै भर पर्छन्‌। रेडमन्ड, वाशिंगटन, सं.रा.अ.-मा मरिन कमसर्भेसन बायोलोजि इन्स्टीच्युटका निर्देशक इलियोट नोर्सको भनाइअनुसार सामुद्रिक प्राणीहरू यसरी विनाश गर्नु भनेको “वन फडानी गरेर सखाप पार्नुजस्तै हो।”

होसियार प्रतिलिपिकहरू

जर्मनीस्थित मुन्स्टरमा नयाँ नियमका निम्ति अनुसन्धान संस्थाका निर्देशक डा. बार्बरा एलेन्ट यसो भन्छिन्‌, बाइबलको युनानी धर्मशास्त्रका विषयवस्तु अति सावधानी साथ सारेर बडो हिफाजत सहित राखिएको छ। वेस्टफालिश नाखरिकटेन यस्तो रिपोर्ट गर्छ, “गल्तीहरू वा धार्मिक विश्‍वासको कारण गरिएका हेरफेरहरू पनि एकदमै कम पाइन्छ।” यस संस्थाले सन्‌ १९५९ देखि ५,००० हस्तलिखित पाण्डुलिपिहरू जाँचिसकेको छ र कुनै कुनै पाण्डुलिपि त मध्य तथा प्राचीन युगका पनि छन्‌। झन्डै ९० प्रतिशत पाण्डुलिपिहरू माइक्रोफिल्ममा रेकर्ड गरिएका छन्‌। कुनै गल्तीहरू नगर्न किन बाइबल प्रतिलिपिकहरू त्यतिबिध्न होसियार भएका होलान्‌? किनभने तिनीहरू “आफूलाई ग्रन्थकार होइन तर ‘प्रतिलिपिक’ ठान्थे” भनी एउटा अखबार बताउँछ।

केटाकेटीको प्रारम्भिक बौद्धिक परीक्षण

भर्खर जन्मेको समयदेखि तीन वर्षभित्र बच्चाको मस्तिष्कमा अत्यन्तै महत्त्वपूर्ण विकासहरू हुन्छन्‌ भनी मानव बुद्धिबारे अध्ययन गरिरहेका वैज्ञानिकहरूले अहिले थाह पाएका छन्‌। मस्तिष्कमा आएका उत्तेजनाअनुसार मस्तिष्कमा स्नायुविक सम्बन्धहरू खडा हुन्छन्‌ पनि भनिएको छ। अतः पछि जसरी भए पनि प्रतिस्पर्धामा उत्कृष्ट होस्‌ भन्‍ने हेतुले केही आमाबाबुले आफ्नो बच्चा नर्सरी कक्षा जानुभन्दा धेरैअघिदेखि नै बौद्धिक जाँचहरू दिन थालेका छन्‌ भनी आधुनिक परिपक्वता (अंग्रेजी) रिपोर्ट गर्छ। तथापि, बस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनका बालचिकित्सा विभागका अध्यक्ष डा. ब्यारी जुकरम्यानले “हरेक क्षेत्रमा सर्वश्रेष्ठ” बनाउन “आफ्नो बच्चालाई प्रत्येक क्षण ‘उत्तेजित’ गर्न दबाब” महसुस गर्ने आमाबाबुप्रति चिन्ता व्यक्‍त गरे। बाल मनोविज्ञानका प्राध्यापक रिचर्ड वाइनवर्गले अझ यसो भने: “बच्चाहरूलाई सानैदेखि प्रतिस्पर्धा गर्न सिकाउँदा नकारात्मक असरहरू हुन्छन्‌। बच्चाहरूलाई आफ्नो बाल्यावस्थामा आनन्द उठाउन दिनुहोस्‌।”

विश्‍वव्यापी तवरमा वन विनाश

“यस ग्रहको दुई तिहाइ जंगल विनाश भइसक्यो” भनी जर्नल डा टार्डा रिपोर्ट गर्छ। पृथ्वीको कुल आठ करोड वर्ग किलोमिटर जंगल इलाकामध्ये अब जम्मा तीन करोड मात्र बाँकी छ। विश्‍व वन्यजन्तु कोषले (डब्लु डब्लु एफ) एसिया महादेशमा सबैभन्दा धेरै वन विनाश भएको पाएका छन्‌ र यस्तो वन विनाशले गर्दा ८८ प्रतिशत वनस्पति विनाश भएको छ। युरोपमा ६२ प्रतिशत, अफ्रिकामा ४५ प्रतिशत, ल्याटिन अमेरिकामा ४१ प्रतिशत र उत्तर अमेरिकामा ३९ प्रतिशत वन विनाश भएको तथ्यांक छ। अमेजोनिया अर्थात्‌ संसारको सबैभन्दा ठूलो उष्ण कटिबन्धीय जंगलमा अझै ८५ प्रतिशत जंगल बाँकी छ। ओ एस्टाडो दे साउ पावलो-मा डब्लु डब्लु एफ-का निर्देशक गारो ब्याटम्यानियनले बताएको कुरा यसरी उद्धरण गरिएको छ, “अन्य जंगलहरूमा गरिएको गल्ती नदोहऱ्‍याउने मौका ब्राजिलले पाएको छ।”

खजाना चोरी

हालै क्यानाडाबाट प्रकाशित एउटा समाचारअनुसार “अन्तरराष्ट्रिय अपराध गिरोहहरूले मेसोपोटामियाका खजानाहरूमा आँखा लगाइरहेका छन्‌ जसलाई १९९१ को खाडी युद्धपछि कुनै सुरक्षा दिइएको छैन,” भनी वर्ल्ड प्रेस रिभ्यु-ले रिपोर्ट गरेको छ। सन्‌ १९९६ मा चोरहरू दिउँसै बेबिलोनी संग्रहालयमा घुसेर क्युनीफर्म लेखोटका शिलापत्र तथा ढुंग्रोहरू चोरे। यी दुर्लभ पुराना कलाकृतिहरूमध्ये केही नबूकदनेसर द्वितीयको पालाका पनि छन्‌ र यिनीहरूको मूल्य अन्तरराष्ट्रिय बजारमा ७,३५,००० अमेरिकी डलर पुग्नसक्ने अनुमान लगाइएको छ। चोरहरूले आँखा लगाएका अर्को पुरानो शहर अल-हैदर हो। बचेका खजानाहरूलाई सुरक्षित राख्न सरकारले शहरका सबै ढोका तथा बाटोहरू इँटा तथा बज्रले शिलबन्द गरेको छ भनी पत्रिका उल्लेख गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने