प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ५/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • के हामी हाम्रा जीनहरूद्वारा पूर्वनिर्धारित छौं?
    ब्यूँझनुहोस्‌!—१९९६
  • दोषी को हो—तपाईं या तपाईंको जीन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ५/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

बसाइँ सराइ “विचार पुऱ्‍याएर मात्र बसाइँ सर्नुहोस्‌!” भन्‍ने लेखको म साँच्चै मूल्यांकन गर्छु। (जून ८, १९९७) तपाईंहरूले लेख्नुभएको प्रायजसो कुराहरू मैले भोगिरहेको छु। अफ्रिकाबाट युरोपमा बसाइँ सरेको हुँदा निरन्तर जातिभेद, भाषा, रंगभेद र सबैभन्दा बढी त पूर्वाग्रहको शिकार भइरहेको छु। लोकप्रिय समाचार माध्यमहरूले अफ्रिकी र सामान्यतया सबै विदेशीहरूलाई विकृतपूर्ण ढंगमा चित्रित गरेका छन्‌।

पि. ए., जर्मनी

मनोरञ्जन “मनोरञ्जनको नाउँमा के भइरहेको छ?” लेखको लागि धन्यवाद। (जून ८, १९९७) म १२ वर्षकी भएँ र स्कूलको बिदामा असाध्यै टिभी हेर्ने गरेकी थिएँ। मनोरञ्जन गर्ने अरू पनि तरिका छन्‌ भनी यस लेखबाट सिकें।

जे. एल., इंग्ल्याण्ड

सिंगापुर “सिंगापुर—खोट परेको एसियाली मणि” नामक लेखले (जुलाई ८, १९९७) आधुनिक सरकारहरूले शान्तिप्रिय मसीहीहरूप्रति गरेको भयानक दुर्व्यवहारको पर्दाफास गऱ्‍यो। व्यक्‍तिगत रूपमा त्यहाँका थुप्रै मसीही भाइबहिनीलाई म चिन्छु तिनीहरू सबै असल अनि मायालु छन्‌। तिनीहरूले सतावटको बावजूद यहोवालाई सेवा गरेको देख्दा म प्रोत्साहित हुन्छु।

आइ. ओ., मलेसिया

रिस “रीसलाई किन नियन्त्रणमा राख्ने?” (जुलाई ८, १९९७) लेखमा तपाईंहरूले शिमोन र लेवीले आफ्नो पिताबाट श्राप पाए भन्‍नुभएको छ। याकूबले श्राप दिएको त तिनीहरूको रिसलाई हो भनेर मैले पहिला कतै पढेकी थिएँ।

एस. एल., संयुक्‍त राज्य

यस विषयमा हाम्रो पाठकको कुरा सही हो। जून १५, १९६२ को “प्रहरीधरहरा”-ले (अंग्रेजी) यसो भन्यो: “याकूबले आफू मर्नै लाग्दा शिमोन र लेवीलाई श्राप दिएका होइनन्‌। तिनले तिनीहरूको रिसलाई श्राप दिए ‘किनभने यो क्रूर छ।’ तिनले तिनीहरूको क्रोधलाई श्राप दिए ‘किनभने यसले निष्ठुरतापूर्वक व्यवहार गर्छ।’ ”—सम्पादक।

भोजन “तपाईंको भोजन—के त्यसले तपाईंलाई हानि गर्नसक्छ?” (जुलाई ८, १९९७) भन्‍ने लेखले मेरो ज्यान जोगायो। यो लेख पढ्‌नेबित्तिकै मैले मेरी श्रीमतीलाई डाक्टर बोलाउन लगाएँ किनभने यस लेखले मेरो अवस्थाबारे असाध्यै राम्रो वर्णन गरेको थियो। मलाई जाँचेपछि डाक्टरले भोलिपल्ट नै मेरो शल्यक्रिया गर्ने तालिका मिलाए। यस्तै हालत हो भने अर्को एक दिन बाँच्न पनि मुस्किल होला भन्‍ने डरले तिनले मलाई तुरुन्तै अस्पतालमा भर्ना गरे। मलाई ट्रिपल बाइपास गरियो र बिस्तारै निको हुँदैछु।

एफ. एस., संयुक्‍त राज्य

कहिलेकाहीं मेरा पति र मैले खाना खान थालेपछि रोक्नै सक्दैनौं। भोजनबारे अरू पनि लेखहरू पढेकी छु तर यसमा सरल र व्यवहारिक ढंगमा छलफल गरिएको थियो। तपाईंहरूको सल्लाह व्यवहारमा उतारेर हामी सुस्वास्थ्य हुनसक्छौं भनी मलाई पक्का विश्‍वास छ।

भि. ए., ब्राजिल

“तपाईंको भोजन—त्यसबारे किन चिन्ता गर्नु” भन्‍ने श्रृंखलाको लागि धन्यवाद। यसबाट अधिक वजनका खतराहरू बुझ्ने मदत पाएँ। यसमा दिइएका सबै सल्लाह पछ्याउन थालेको छु र यहोवाको मदतद्वारा मेरो खाना खाने बानीमा नियन्त्रण गर्नसक्छु भन्‍ने पक्का विश्‍वास छ।

भि. वाइ. डि., लाइबेरिया

झ्यालिन्चा असाध्यै रमाइलो लेख “नदी किनाराका मणिहरू”-को लागि मुरीमुरी धन्यवाद। (जुलाई ८, १९९७) हावामा तमाशा देखाउने कीराहरूमध्ये यो मलाई सबैभन्दा मनपर्ने झ्यालिन्चाबारे थियो। म बगैंचामा काम गर्दा प्रायजसो मेरो वरिपरि हावामा अडिरहेको वा सँगै बसिरहेको हुन्छ। ल्याण्डस्केपिङ गर्ने मानिसलाई पनि किन झ्यालिन्चाले यस्तो गर्छ भनेर सोधें। झ्यालिन्चाका आहारहरूमध्ये एउटा लामखुट्टे पनि हो र लामखुट्टेहरू मानिसहरूतिर आकर्षित हुन्छन्‌ भनी तिनले बताए। त्यसैले म यी रंगीचंगी प्राणीलाई मेरो व्यक्‍तिगत अंगरक्षकको रूपमा लिन्छु!

जे. एफ., संयुक्‍त राज्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने