प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ २/८ पृ. १०-१३
  • स्वतन्त्रता जोगाउने—कसरी?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वतन्त्रता जोगाउने—कसरी?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • असहिष्णुताको मूल कारण बुझ्ने
  • असहिष्णुता विरुद्ध लड्‌ने सर्वोत्तम तरिका
  • सहिष्णुतामा समावेश अरू कुराहरू
  • सही सन्तुलनले तपाईंको जीवनमा सुगन्ध छर्छ
    ब्यूँझनुहोस्‌!—१९९७
  • सहनशीलता—अचाक्ली सहने र सहँदै नसहने
    ब्यूँझनुहोस्‌!—१९९७
  • अहिले व्याप्त धार्मिक असहिष्णुता
    ब्यूँझनुहोस्‌!—१९९९
  • सहनशीलता
    ब्यूँझनुहोस्‌!—२०१५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ २/८ पृ. १०-१३

स्वतन्त्रता जोगाउने—कसरी?

इन्डोनेशियाको सानो गाउँ रेंगासडेंगक्लकका विभिन्‍न जनजातीय समूहहरू धेरै पहिलेदेखि मिलीजुली बसिरहेका थिए। तर जनवरी ३०, १९९७ मा त्यो मेलमिलापको अन्त भयो। एउटा धार्मिक पर्वको दिन, बिहान तीन पनि नबज्दै एक जना मानिसले ढ्याङ्‌ग्रो ठोक्न थाल्दा हिंसाको सुरुआत भयो। यो आवाज सुनेपछि अर्को धर्म मान्‍ने व्यक्‍तिले यस छिमेकीलाई जथाभावी गाली गर्न थाले। भनाभन र ढुंगा हानाहान भयो। यस्तैमा उज्यालो भयो र अरू मानिसहरू पनि त्यहाँ भेला हुँदा हुलदंगा मच्चियो। बेलुकी सम्ममा त दुइटा गुम्बा र मसीहीजगत्‌को चार वटा चर्च खतम भइसकेका थिए। इन्टरनेशनल हेरल्ड ट्रिब्युन अखबारले यो घटनालाई संकेत गर्दै “असहिष्णुताको सानो झिल्काले जनजातीय हुलदंगा सुरु भयो” भन्‍ने शीर्षकको लेख छाप्यो।

अल्पसंख्यक जनजातीय समूहहरूको अधिकार सुरक्षा गर्छु भन्‍ने सरकारहरू भएको थुप्रै मुलुकहरूमा ती समूहहरू नै असहिष्णुताको तारो भएका छन्‌। नियमकानुनले स्वतन्त्रताको ग्यारेन्टी दिए तापनि असहिष्णुताका मूल कारणहरू निर्मूल हुँदैनन्‌। सरसर्ती हेर्दा असहिष्णुता नदेखिंदैमा त्यो छँदैछैन भन्‍नु मिल्दैन। पछि गएर परिस्थिति हेरफेर भयो र पूर्वाग्रहको वातावरण सृजना भयो भने दबिएर रहेको असहिष्णुता उदांगिन धेरै बेर लाग्दैन। मानिसहरूलाई सोझै सतावट नदिइएला तर तिनीहरू वैमनस्यताको सिकार हुनसक्छन्‌ वा तिनीहरूका विचारधाराहरू गुम्सिनसक्छ। यस्तो अवस्था आउन नदिन के गर्न सकिन्छ?

असहिष्णुताको मूल कारण बुझ्ने

आफ्नो भन्दा बेग्लै, अनौठो विचारधारालाई इन्कार गर्ने वा शंका गर्ने हाम्रो झुकाउ छ। के यसको मतलब सहिष्णुता असम्भव कुरा हो? धर्म वा विश्‍वासको आधारमा हुने सबै प्रकारको असहिष्णुता र भेदभाव हटाउने विषयक सं. रा. संघको प्रकाशनले “धर्म र विश्‍वासको क्षेत्रमा असहिष्णुता र भेदभावको मूल कारण” ज्ञान र विवेकको अभाव हो। तथापि, असहिष्णुताको मूल कारण अर्थात्‌ अज्ञानता हटाउन सकिन्छ। कसरी? सन्तुलित शिक्षाद्वारा। “भेदभाव र असहिष्णुता हटाउने प्रमुख स्रोत शिक्षा हुनसक्छ” भनी सं रा-को मानवअधिकारसम्बन्धी निकायको प्रतिवेदनले बताउँछ। यस्तो शिक्षाको मुख्य उद्देश्‍य के हुनुपर्छ? युनेस्को कुरियर पत्रिकाले बताएअनुसार धार्मिक गतिविधिहरूबीच अमेल गराउनुको साटो “सहिष्णु हुने शिक्षाले अरूसित डराउने र तिनीहरूलाई पन्छाउने खतराबाट जोगाउनुपर्छ अनि जवान मानिसहरूमा निर्णय गर्नसक्ने सोचाइ र नीतिगत तर्क गर्ने क्षमता विकास गर्न मदत गर्नुपर्छ।”

निस्सन्देह, सञ्चारमाध्यमले “निर्णय गर्नसक्ने सोचाइ र नीतिगत तर्क गर्ने” क्षमता बढाउन महत्त्वपूर्ण भूमिका खेल्नसक्छ। कुनै कुरा मनमा ठप्प बसाल्न तथा आपसी समझदारी बढाउने प्रोत्साहन दिन सञ्चारमाध्यमले एकदमै गहन भूमिका खेल्नसक्छ भनेर थुप्रै अन्तरराष्ट्रिय संगठनहरूले बुझेका छन्‌। कसै कसैले गरेजस्तो असहिष्णुताको साटो सहिष्णुता बढाउन सञ्चारमाध्यमले योगदान पुऱ्‍याउन निष्पक्ष पत्रकारिता चाहिन्छ। पत्रकारहरूले कहिलेकाहीं लोकप्रिय मान्यताप्राप्त विचारधाराको विरुद्ध पनि आवाज उठाउनुपर्ने हुन्छ। तिनीहरूले यथार्थ जाँचबुझ गर्नुपर्छ तथा निष्पक्ष अवलोकनमा आधारित कुराहरू जनसमक्ष प्रकट गर्नुपर्छ। के त्यति मात्र गरेर पुग्छ त?

असहिष्णुता विरुद्ध लड्‌ने सर्वोत्तम तरिका

सहिष्णुताको अर्थ, सबैको एकै प्रकारको विचारधारा हुनुपर्छ भन्‍ने होइन। मानिसहरूको कुरा एकअर्कासित नमिल्न सक्छ। कसै कसैलाई अर्को व्यक्‍तिको विश्‍वास सरासर गलत हो जस्तो लाग्न सक्छ। यस्तो मतभेदबारे खुलेआम कुरा पनि गर्लान्‌। तथापि, पूर्वाग्रह जगाउने उद्देश्‍यले झूट फैलाएको छैन भने यो असहिष्णुता होइन। तर, कुनै एउटा समूहलाई सताउने, कुनै खास प्रकारको नियमद्वारा तिनीहरूलाई तारो बनाउने, अलग्याउने, प्रतिबन्ध लगाउने वा अरू कुनै तरिकाले बाधा दिने गरियो भने असहिष्णुता प्रस्टिन्छ। असहिष्णुताले भयावह रूप लियो भने विश्‍वासको खातिर अरूद्वारा मारिनसमेत सक्छन्‌।

असहिष्णुतालाई कसरी हटाउन सकिन्छ? प्रेरित पावलले आफ्नो समयका धार्मिक नेताहरूको असहिष्णुतालाई खुलेआम पर्दाफास गर्नुभएझैं पर्दाफास गर्न सकिन्छ। (प्रेरित २४:१०-१३) तर यथासम्भव, असहिष्णुता हटाउने सबैभन्दा राम्रो तरिका मानिसहरूलाई एकअर्काको कुरा बुझ्न सिकाएर हो। असहिष्णुता हटाउने विषयक माथि उल्लिखित सं. रा. संघको टिप्पणीमा यसो भनिएको छ: “धर्म वा विश्‍वासको आधारमा गरिने सबै प्रकारको असहिष्णुता तथा भेदभाव मानिसको मनबाट सुरु हुन्छ। त्यसकारण, त्यो हटाउने काम पनि मानिसको मनमै लक्षित हुनुपर्छ।” त्यस्तो शिक्षाले मानिसहरूलाई आफूले पछ्याइरहेको विश्‍वास केलाउन पनि झकझकाउन सक्छ।

संयुक्‍त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनका निर्देशक-प्रबन्धक फेडरिको मेयरले यसप्रकार लेखे: “सहिष्णुता भनेको दृढ विश्‍वास भएको मानिसको सद्‌गुण हो।” रिफोर्म नामक पत्रिकामा डोमिनिकी पादरी क्लड जेफ्रीले यसो भने: “बलियो विश्‍वास छ भने साँचो सहिष्णुता हुन्छ।” आफूले गरेको विश्‍वासमा ढुक्क व्यक्‍तिले बेग्लै विश्‍वास राख्ने व्यक्‍तिबाट खतरा महसुस गर्दैन।

बेग्लाबेग्लै विश्‍वास भएका मानिसहरूसित कुरा गर्नु सहिष्णुता कायम गर्ने सर्वोत्तम तरिका हो भनी यहोवाका साक्षीहरूले अनुभव गरेका छन्‌। “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ” भन्‍ने येशूको भविष्यवाणीलाई साक्षीहरूले गम्भीरतापूर्वक लिन्छन्‌ र सबैलाई सुसमाचार प्रचार गर्ने तिनीहरूको सेवकाईको लागि सुपरिचित छन्‌। (मत्ती २४:१४) यो कार्यमा सामेल हुँदा तिनीहरूले विभिन्‍न धर्मका मानिसहरू तथा नास्तिकहरूको समेत कुरा सुन्‍ने मौका पाउँछन्‌। फलस्वरूप साक्षीहरूको पनि विश्‍वासबारे सुन्‍न चाहने मानिसहरूलाई तिनीहरू खुसीसाथ बताउँछन्‌। यसरी तिनीहरू ज्ञान र समझ बढाउँछन्‌। त्यस्तो ज्ञान र समझले सहिष्णुता फस्टाउन निकै योगदान पुऱ्‍याउँछ।

सहिष्णुतामा समावेश अरू कुराहरू

थुप्रैको असल मनसाय तथा कसै कसैको संगठित प्रयासको बावजूद अहिले पनि धार्मिक असहिष्णुता समस्यै रहेको छ। साँच्चै परिवर्तन ल्याउने हो भने केही गर्नु खाँचो छ। फ्रान्सेली पत्रिका ले मन्ड डा डाबा-ले यो समस्यालाई यसरी प्रकाश पाऱ्‍यो: “आधुनिक समाजलाई प्रायजसो भावनात्मक तथा आध्यात्मिक शून्यताले पिरोल्छ। धार्मिक स्वतन्त्रताको लागि खतरा साबित हुनसक्नेहरूविरुद्ध नियमकानुनले सुरक्षा प्रदान गर्नसक्छ। धार्मिक स्वतन्त्रताले भेदभाव नराखी सबैलाई समानता प्रदान गर्नसक्छ र त्यसो गर्नैपर्छ।”

प्रजातन्त्र र सहिष्णुता (अंग्रेजी) नामक पुस्तक यसो भन्छ: “आपसी समझदारी र आदरलाई संसारभरिका मानिसहरूले व्यवहारमा उतार्ने लक्ष्य प्राप्त गर्न हामी सबैले अझ धेरै गर्न बाँकी छ।” फ्रान्सलगायत थुप्रै देशहरूमा धार्मिक स्वतन्त्रता खतरामा परे तापनि असहिष्णुता पूर्णतया हटाइने समय नजीकै छ भनी बाइबलले प्रतिज्ञा गर्छ। एकअर्कालाई आदर गर्ने विश्‍वव्यापी भ्रातृत्वमा सारा मानवजाति एकताबद्ध हुनेछ। मानिसहरू अज्ञानताको सिकार हुनेछैनन्‌ किनभने परमेश्‍वरको राज्यले यहोवाको तौरतरिका सिकाउनेछ र सबैको बौद्धिक, भावनात्मक, आध्यात्मिक आवश्‍यकताहरू पूरा हुनेछन्‌। (यशैया ११:९; ३०:२१; ५४:१३) पृथ्वीभरि साँचो समानता र स्वतन्त्रता हुनेछ। (२ कोरिन्थी ३:१७) मानिसजातिको लागि परमेश्‍वरका उद्देश्‍यहरू राम्ररी बुझेपछि तपाईंले अज्ञानता र असहिष्णुताको सामना गर्न सक्नुहुनेछ।

[पृष्ठ ११-मा भएको पेटी/चित्र]

धर्मको लागि खतरा

हालै फ्रान्सेली सरकारले फ्रान्सका अरू धर्मलाई जस्तो यहोवाका साक्षीहरूलाई सुविधाहरू नदिएर अवरोध खडा गर्न खोजिरहेका छन्‌। साक्षीहरूको धार्मिक गतिविधिहरूको लागि प्राप्त चन्दाहरूमा अहिले फ्रान्स सरकारले चर्को कर लगाएको छ। फ्रान्सेली अख्तियारवालाहरूले फ्रान्सका २,००,००० मसीहीहरू र तिनीहरूको पक्षमा खडा हुनेहरूको काममा बाधा पुऱ्‍याउन ५ करोड अमेरिकी डलर रकम बराबरको कर लगाए। यो स्वतन्त्रता, भ्रातृत्व र समानताका सिद्धान्तहरूको विपरित धार्मिक पूर्वाग्रहको निन्दनीय कार्य हो।

[पृष्ठ १०-मा भएको चित्र]

असहिष्णुताले प्रायजसो हिंसालाई ठाउँ दिन्छ

[पृष्ठ १२-मा भएको चित्र]

यहोवाका साक्षीहरूको धार्मिक गतिविधिको बावजूद फ्रान्सेली सरकारले तिनीहरू एउटा धर्म होइन भन्‍ने आरोप लगाउँछ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने