प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ २/८ पृ. ३-५
  • अहिले व्याप्त धार्मिक असहिष्णुता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अहिले व्याप्त धार्मिक असहिष्णुता
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विभिन्‍न प्रकारको भेदभाव
  • खतरामा परेको कुरा के हो?
  • तपाईंको निम्ति धार्मिक स्वतन्त्रताले के अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • स्वतन्त्रता जोगाउने—कसरी?
    ब्यूँझनुहोस्‌!—१९९९
  • स्वतन्त्र तर उत्तरदायी मानिसहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • धार्मिक स्वतन्त्रता—आशिष्‌ वा अभिशाप?
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ २/८ पृ. ३-५

अहिले व्याप्त धार्मिक असहिष्णुता

प्रत्येक व्यक्‍तिले विचार, मत र धार्मिक स्वतन्त्रताको अधिकार पाउनु पर्छ। धर्म वा मत बदल्ने स्वतन्त्रता जो सुकैले पाउनु पर्छ। सार्वजनिक वा व्यक्‍तिगत रूपमा, एक्लै वा समूहमा आफ्नो धर्म वा मत शिक्षा, आचरण, पूजा र पालनाद्वारा प्रकट गर्ने स्वतन्त्रता पनि सबैले पाउनु पर्छ।” धारा १८, मानव-अधिकारको विश्‍वव्यापी घोषणापत्र, १९४८.

के तपाईंको देशमा धार्मिक स्वतन्त्रता छ? विश्‍वका प्रायजसो देशहरूले यस महान्‌ सिद्धान्त पालन गरेको धाक दिन्छन्‌। यसैकारण त अन्तरराष्ट्रिय घोषणापत्रहरूमा यो धेरै चोटि उल्लेख भएको पाइन्छ। तथापि, व्यवहारमा धार्मिक असहिष्णुता तथा भेदभाव भइरहेको अनगिन्ती मुलुकहरूमा करोडौं मानिसहरूले धार्मिक स्वतन्त्रता पाएका छैनन्‌। अर्कोतिर, धेरैजसो मुलुकहरूमा बहुराष्ट्रिय, बहुजातीय समुदायहरू बसोबास गर्छन्‌ अनि तिनीहरूको धर्म पनि बेग्लाबेग्लै हुन्छ। ती मुलुकको नियमकानुनले स्वतन्त्रता प्रदान गर्छ र त्यहाँको संस्कृतिले सहिष्णुताको कदर गरेको पाइन्छ।

यद्यपि, यी ठाउँहरूमा समेत कसै कसैको धार्मिक स्वतन्त्रता खतरामा परेको हुन्छ। “जस्तोसुकै आर्थिक, सामाजिक तथा वैचारिक प्रणालीमा पनि संसारभरि धर्म वा विश्‍वासको आधारमा भेदभाव गरेको पाइन्छ” भनी सं रा.सं.-को मानव-अधिकार निकायका भूतपूर्व विशेष संवाददाता एन्जेलो डाल्मीडा रिबारोले टिप्पणी गरे। सम्पादकद्वय केभिन बोइल र जुलियट शिनद्वारा तयार पारिएको पुस्तक धर्म तथा विश्‍वासको स्वतन्त्रता—विश्‍व रिपोर्ट (अंग्रेजी) यसो भन्छ: “यस बीसौं शताब्दीको अन्तमा दिनहुँजसो . . . अल्पसंख्यक धार्मिक समूहहरूलाई सतावट दिने [र] तिनीहरूको विश्‍वास निषेध गरेर धार्मिक भेदभाव भइरहेको पाइन्छ।”

तर धार्मिक भेदभावले अल्पसंख्यक धार्मिक समूहहरूलाई मात्र असर गर्ने होइन। सं रा.सं.-को मानव-अधिकार निकायका विशेष रिपोर्टर, प्राध्यापक अब्दुलफटाक आमोरको विचारमा “कुनै पनि धर्म भेदभावबाट मुक्‍त छैन।” त्यसकारण तपाईंको देशमा पनि कुनै कुनै धर्मले भेदभाव र पूर्वाग्रह भोग्नु परिरहेको होला।

विभिन्‍न प्रकारको भेदभाव

धार्मिक भेदभाव विभिन्‍न प्रकारको हुनसक्छ। कुनै कुनै मुलुकले एउटा धर्मलाई अलग्गै छुट्याएर राष्ट्रिय धर्म घोषित गर्छ। अरू देशहरूमा भने कुनै कुनै धर्मको गतिविधिहरू निषेध गर्ने नियमकानुन पारित गरिन्छ। कुनै कुनै मुलुकमा नियमहरू बंग्याएर जथाभावी प्रयोग गरिन्छन्‌। कुनै पनि प्रस्तावित नियम कुन हदसम्म बंग्याइन सकिन्छ भनी इजराएलको यो अवस्थालाई विचार गर्नुहोस्‌। त्यहाँको नियममा उल्लेख भएअनुसार “धर्मपरिवर्तन गर्न झक्झक्याउने अलिकता पनि संकेत” भएको पुस्तिका वा विषयवस्तु झिकाउनु, छाप्नु, वितरण गर्नु दण्डको योग्य हुनेछ।” इन्टरनेशनल हेरल्ड ट्रिब्युन-ले यस्तो रिपोर्ट गर्नु कुनै अनौठो कुरा होइन: “इजरायलमा यहोवाका साक्षीहरूलाई हैरान गर्नुका साथै आक्रमण गरिएको छ।” यहोवाका साक्षीहरूको लडस्थित राज्य भवनमा उग्र कट्टरपन्थीहरू तीन चोटि जबरजस्ती घुसे र तिनीहरूले दुई चोटि तोडफोड गरे। प्रहरीले यस्तो अवस्थामा समेत हस्तक्षेप गर्न इन्कार गरे।

धर्म तथा विश्‍वासको स्वतन्त्रता पुस्तकले भेदभाव गरिएको अर्को एउटा उदाहरण पनि उल्लेख गर्छ: “धर्मविरोध र धर्मविरोधीहरू भनेको एउटा पुरानो धारणा मात्र होइन। . . . बेग्लै जीवनशैली अपनाउनेहरूलाई तिरस्कार, सतावट तथा भेदभाव अहिले पनि धार्मिक असहिष्णुताको प्रमुख कारण हो। जस्तै, पाकिस्तानका अमादी अनि इजिप्ट, इरान तथा मलेसियाका [बहाइहरू] र पूर्वीय युरोपका थुप्रै मुलुक, ग्रीस र सिंगापुरमा यहोवाका साक्षीहरूले यस्तै भेदभाव भोगिरहेका छन्‌।” स्पष्ट छ, संसारका धेरैजसो भागहरूमा धार्मिक स्वतन्त्रता खतरामा परेको छ।

यस्तो अवस्थालाई दृष्टिगत गर्दै संयुक्‍त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनका महानिर्देशक, फेडरिको मेयरले भने, निकट भविष्यको संसारलाई “स्वागत गरूँगरूँजस्तो लाग्दैन। . . . नयाँ प्रकारको स्वतन्त्रताले घृणालाई टाउको उचाल्ने मौका दिएको छ।” यस्ता आशंकाहरूको पुष्टि दिंदै संयुक्‍त अधिराज्यस्थित एसेक्स विश्‍वविद्यालयको मानव-अधिकार केन्द्रका प्राध्यापकले यस्तो टिप्पणी गरे: “प्राप्त सबै प्रमाणहरूले यही देखाउँछ कि अहिलेको संसारमा धार्मिक असहिष्णुता . . . घट्‌नुको साटो बढिरहेको छ।” त्यस्तो बढ्‌दो असहिष्णुताले तपाईंकै धार्मिक स्वतन्त्रतालाई पनि खतरामा पारिरहेको हुनसक्छ। धार्मिक स्वतन्त्रता यत्तिको महत्त्वपूर्ण हुनुको कारण के हो?

खतरामा परेको कुरा के हो?

“कुनै पनि समाजलाई स्वतन्त्र भनी घोषणा गर्न त्यहाँ धार्मिक स्वतन्त्रता हुनैपर्छ। धार्मिक स्वतन्त्रता र आफ्नो विश्‍वासअनुसार गर्न पाउने अधिकारबिना अन्तस्करणको अधिकारको कुरा आउँदैन र त्यो प्रजातन्त्रको सही अर्थ पनि होइन” भनी समाजशास्त्री ब्रायन विल्सनले बदलिंदो संसारमा मानव मूल्य तथा मान्यताहरू (अंग्रेजी) नामक पुस्तकमा लेखे। हालै एउटा फ्रान्सेली अदालतले मानि लिएझैं “सार्वजनिक स्वतन्त्रताको एउटा आधारभूत तत्त्व विश्‍वासको स्वतन्त्रता हो।” तसर्थ, धर्मप्रति तपाईंको आस्था होस्‌ या नहोस्‌, धार्मिक स्वतन्त्रताको जगेर्ना गर्न चासो लिनुपर्छ।

कुनै मुलुकले धार्मिक स्वतन्त्रताप्रति राख्ने मनोवृत्तिले पनि देशको नाउँ र अन्तरराष्ट्रिय विश्‍वसनीयतामा निकै फरक पार्छ। युरोपमा सुरक्षा तथा सहयोगको लागि ५४ राष्ट्रिय संगठनको सभामा १९९७ मा प्रस्तुत गरिएको रिपोर्टले यसो भन्यो: “मानव अधिकारको सन्दर्भमा सबैभन्दा मूलभूत कुरा धार्मिक स्वतन्त्रता हो र यो मानव मर्यादाको अपरिहार्य भाग हो। त्यस्तो अधिकार हनन गर्ने वा हनन हुन दिने कुनै पनि प्रणालीले आफू आधारभूत मानव अधिकारलाई आदर गर्ने न्यायी तथा प्रजातान्त्रिक सरकार हो भनेर दाबी गर्न सक्दैन।”

धार्मिक स्वतन्त्रता भनेको एउटा भवनको जगजस्तै हो। निजामती, राजनैतिक, सांस्कृतिक र आर्थिक स्वतन्त्रताजस्ता अरू कुराहरू त्यसैमा आधारित हुन्छन्‌। जग कमजोर भयो भने सारा भवन नै ढलमल हुन्छ। प्राध्यापक फ्रान्सेस्को मार्जोटा-ब्रोल्योले यस्तो छोटोमिठो टिप्पणी गरे: “[धार्मिक] स्वतन्त्रता हनन हुँदा अरू प्रकारका स्वतन्त्रताहरूलाई पनि असर गर्छ।” अन्य स्वतन्त्रताहरूको जगेर्ना गर्ने हो भने सर्वप्रथम धार्मिक स्वतन्त्रतालाई जोगाउनुपर्छ।

कुनै कुरा कसरी जोगाउने भनी बुझ्नुअघि त्यो के हो भनी राम्ररी थाह हुनुपर्छ। धार्मिक स्वतन्त्रताको सुरुआत कसरी भयो? यो कसरी स्थापना गरियो र त्यसको लागि कस्तो मूल्य चुकाउनुपऱ्‍यो?

[पृष्ठ ४-मा भएको चित्र]

धार्मिक असहिष्णुताको लामो इतिहास छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने