प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ३/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ट्राफिक दुर्घटनामा मर्नेहरूको संख्या उर्लंदो
  • किनमेलको लत
  • सफा नगरिने ठाउँहरू
  • मृगौलामा हुने पत्थरीको खतरा कम गर्ने
  • हिमनदीहरू पग्लँदा झन्‌ बढी आश्‍चर्य
  • धूम्रपान गर्ने मूर्खताबारे अझ बढी जानकारी
  • अर्थ खुलस्त पार्ने साहस
  • तपाईंहरू किन इस्टर मनाउनुहुन्‍न?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • इस्टर वा स्मरणार्थ—यीमध्ये कुन चाहिं मनाउनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • संसारभरि नै संकट छ
    ब्यूँझनुहोस्‌!—१९९९
  • के इस्टर साँच्चै ख्रीष्टियनहरूको चाड हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ३/८ पृ. २८-२९

विश्‍वदर्शन

ट्राफिक दुर्घटनामा मर्नेहरूको संख्या उर्लंदो

फ्लीट मेन्टेनान्स एण्ड सेफ्टी रिपोर्ट-को प्रतिवेदन अनुसार वर्षेनी ५,००,००० भन्दा धेरै मानिसहरू संसारका राजमार्गहरूमा मारिन्छन्‌ अनि विश्‍वव्यापी रूपमा ट्राफिक दुर्घटनामा मर्नेहरूको संख्या झन्‌ झन्‌ बढ्‌दै छ। तपाईं पनि त्यस्तो ट्राफिक दुर्घटनामा पर्नुहुने हो कि? उक्‍त प्रतिवेदनअनुसार, “ ‘मोटर बिगबिगी’ भएका देशहरूमा कम्तीमा २० मध्ये १ जना राजमार्गमा हुने दुर्घटनाले गर्दा मर्छन्‌ भने २ जनामा १ जना आफ्नो जीवनमा कम्तीमा पनि एक पटक ट्राफिक दुर्घटनामा परी घाइते हुन्छन्‌।”

किनमेलको लत

“किनमेल गर्न लग्गू हुने बानीले धेरैभन्दा धेरै जर्मनहरू पीडित छन्‌,” भनेर ग्राफशाफ्टर नाकरिक्टन पत्रिकाले आफ्नो प्रतिवेदनमा उल्लेख गऱ्‍यो। व्यापारसम्बन्धी मनोचिकित्सक आलफ्रेत गेवर्टअनुसार यस्ता क्रेताहरूलाई सामान किन्‍ने सकसक लाग्न थाल्छ र सामानहरूको मोल तिर्ने बित्तिकै यो हराउँछ। साथै तिनीहरूले शारीरिक आलस्यताको भाव पनि देखाउँछन्‌ भनी तिनी भन्छन्‌। “तिनीहरू काँप्छन्‌, असिनपसिन हुन्छन्‌, र तिनीहरूको पेट बाउँडिन्छ।” यसैकारण गरिबहरूको तुलनामा धेरै आम्दानी भएका थुप्रै ऋण लिने व्यापारीहरू यसको सिकार हुनसक्ने सम्भावना धेरै छ। ‘एकाकीपन, आत्मसम्मानको कमी, तनाउका साथै काम गर्ने ठाउँका समस्याहरू’ आदि कारणहरूले यो लत लाग्छ। तिनी यस दबाबको सामना गर्न कुनै काम प्रति रुचि बढाउने सल्लाह दिन्छन्‌। विशेष गरी गर्नुपर्ने महत्त्वपूर्ण काम सामाजिक सम्बन्ध बढाउनु हो भनी तिनी बताउँछन्‌। “सम्झाई बुझाई गर्ने कोही पनि छैन भने आफूलाई लत लागेको कुरा भारी ऋणमा डुब्दा वा आफूसित भएको रूपियाँपैसा सिद्धिंदा मात्र थाह हुन्छ,” तिनी भन्छन्‌।

सफा नगरिने ठाउँहरू

तपाईंको घरको शौचालयहरू भान्छाको तरकारी काट्‌ने चपिङ बोर्ड भन्दा सफासुग्घर हुनु कति नसुहाउँदो कुरा हो। एरिजोना विश्‍वविद्यालयका अन्वेशकहरूले १५ घरमा भेटिएका ब्याक्टेरियाबारे ३० हप्तासम्म अनुसन्धान गरेपछि उक्‍त निर्क्यौल निकालेका हुन्‌। यस टोलीले विभिन्‍न १४ वटा इलाकाको हरेक घरबाट धारा खोल्ने बींड, सिंक, चपिङ बोर्ड, भाँडा पुछ्‌ने कपडाहरू अनि शौचालयका भूभागहरूलाई सानो कपासले पुछेर नमूना ल्याए। नतिजा? न्यू साइन्टिस्ट पत्रिका भन्छ, “अन्वेशकहरूले शौचालयमा भन्दा भाँडा पुछ्‌ने कपडाबाट निचोरिएको पानीमा दस लाख गुणा बढी ब्याक्टेरिया भेट्टाए भने चपिङ बोर्डमा चाहिं तीन गुणा बढी।” उक्‍त अध्ययनका प्रवक्‍ता प्याट रेसेनले “ब्याक्टेरियाहरू ओसिलो ठाउँमा मात्र बस्छन्‌ तर शौचालय प्रायः सुक्खा हुने हुनाले त्यहाँ यसको जनसंख्या बढ्‌ने वातावरण हुँदैन” भन्‍ने सिद्धान्त प्रतिपादन गरिन्‌। तिनी सफासुग्घर हुन हप्तैपिच्छे भाँडा पुछ्‌ने कपडा धुने सल्लाह दिन्छिन्‌। तिनी भन्छिन्‌, “सिंकभरिको पानीमा एक कप ब्लीच खन्याएर ती कपडाहरू डुबाउनुहोस्‌ र १० मिनेटजति भिजाएपछि निचोर्नुहोस्‌।”

मृगौलामा हुने पत्थरीको खतरा कम गर्ने

सन्‌ १९८६ अनि १९९४ बीच ८०,००० भन्दा बढी नर्सहरूको सन्तुलित भोजनलाई अन्वेशकहरूले परीक्षण गर्दा केही तरल पदार्थहरूले मृगौलाको पत्थरी घटाउन धेरै हदसम्म मदत गरेको कुरा साइन्स न्यूज-ले प्रतिवेदन दियो। अध्ययन गरिएका जम्मा १७ पेय पदार्थहरूमा चियाले ८ प्रतिशत खतरा कम गर्छ जबकी सामान्य वा क्याफीनरहित कफीले ९ प्रतिशत खतरा कम गर्छ। त्यस्तै ठिक्क मात्रामा दाखमद्य पिउनाले यो खतरा २० वा सोभन्दा बढी प्रतिशतसम्म कम हुन्छ। “अचम्मको कुरा ८ औंस ग्लास अंगुरको जूस दिनहुँ पिउने गऱ्‍यो भने यसले त्यो खतरा त झन्‌ ४४ प्रतिशत बढाउँछ,” भन्‍ने कुरा अध्ययनले देखायो। “अरू कुनै पनि पेय पदार्थले यस्तो नकारात्मक असर पारेको थिएन।” बोस्टनका नेफ्रोलोजिस्ट तथा एपिडेमियोलोजिस्ट डा. गारी केर्हानले यस्तो वक्‍तव्य दिए: “ठिक्क मात्रामा पेय पदार्थ पिउनाले मृगौलाको पत्थरीबाट हुनसक्ने खतरा कम गर्नसक्छ,” तर यो यस उपचार नीतिमा मात्र लागू भएको कुरा हो।

हिमनदीहरू पग्लँदा झन्‌ बढी आश्‍चर्य

बढ्‌दै गरेको गर्मीले उत्तरी हिमनदीहरू सुक्दा झन्‌ आश्‍चर्यचकित पारेको छ। सन्‌ १९९१ मा अस्ट्रो-इटालीयन सिमानामा पुरानो हिउँको ढिक्का पग्लँदा आदिम युगका सिकारीहरूका चिहानका अवशेषहरू भेट्टिएका थिए। अगस्त १९९८ का दौडान उत्तरी इटालीका केही निश्‍चित हिमाली भेगहरूमा सिपाहीहरूका लाश अनि विस्फोट नभएका हाते बमहरू तथा हातहतियारहरू जस्ता कुराहरू खोजेर हटाउन अधिकारीहरूबाहेक अरूलाई त्यहाँ जान प्रतिबन्ध लगाउने घोषणा गर्नु परेको थियो। ती चीजहरू प्रथम विश्‍वयुद्धताक इटाली तथा अस्ट्रियाली सेनाहरूबीच यस ठाउँमा युद्ध हुँदाखेरीको हुनसक्ने अनुमान धेरैले गरेका छन्‌। यी ठाउँहरूमा सफाइ गरुञ्जेल “कुनै पनि बेला विष्फोट हुनसक्ने खतरा” भएकोले आफू जान लागेका बाटोहरूबारे अधिकारीहरूसित जानकारी लिन, “सबै बासिन्दाहरू, विशेषगरि पर्यटक तथा पदयात्रीहरू होसियार हुन अनुरोध गरिएको छ” भनी इटालेली पत्रिका कोररिएर डेला सेरा-ले बतायो। थुप्रै सामग्रीहरू ज्यादै खतरनाक भएकोले यसको चपेटामा पर्नेहरू मारिन वा घाइते हुनसक्छन्‌।

धूम्रपान गर्ने मूर्खताबारे अझ बढी जानकारी

नेदरल्याण्ड्‌समा गरिएको हालसालैको अध्ययनले “धूम्रपानले चिढ्‌चिढेपन बढ्‌ने तथा आल्जमेयरको रोग हुनसक्ने खतरालाई दुई गुणा बढाउँछ” भनी इन्टरनेशनल हेराल्ड ट्रिब्युन रिपोर्ट गर्छ। पचपन्‍न वर्षभन्दा माथिका जम्मा ६,८७० जना मानिसहरूको अध्ययन गर्दा जीवनभर धूम्रपानबाट अलग रहनेहरू भन्दा धूम्रपान गर्नेहरूलाई आल्जमेयर रोग लाग्नसक्ने खतरा २.३ गुणा बढी भएको प्रस्ट पाऱ्‍यो। त्यस्तै धूम्रपान गर्न छोड्‌नेहरूमा चाहिं यो खतरा निकै कम भएको पाइयो। आल्जमेयर रोग “चिढचिढेपनको अति सामान्य रूप हो।”

अर्थ खुलस्त पार्ने साहस

“नोबेल पुरस्कार सायद सिन्धुघाटीका मानिसहरूको लेखोटलाई खुलस्त पार्नसक्ने मानिसले पाउने छ,” भनेर इन्डिया टुडे बताउँछ। “त्यसका साथै अहिलेसम्म खुलस्त पार्न नसकेको इटालीको एट्रुसकान अर्थात्‌ ताम्र युगको अन्तिम लिपिलाई पनि खुलस्त पार्नु पर्नेछ।” यसको एउटा कारण यी दुई भाषालाई खुलस्त पार्नसक्ने कुनै पनि शिलालेखहरू पाउन नसक्नु हो। नेपोलियनका मानिसहरूले हायरोग्राफीक, इजिप्टको डेमोटीक अनि युनानी अभिलेखहरू भएको रसेट्टा शिला भेट्टाएपछि इजिप्टको हायरोग्राफीकलाई खुलस्त पारियो। सुमरको क्युनिफर्म लिपि खुलस्त पार्न चाहिएका जानकारीहरू भएको बेहिस्टुन अभिलेख हेनरी रलिन्सनले भेट्टाएपछि त्यसको रहस्योद्‌घाटन गरियो। तिनीहरू निर्देशक चिह्न दिएर दायाँबाट बायाँतिर अक्षर अक्षर जोडेर लेखिएको हुनसक्ने अनुमान बाहेक सिन्धुघाटीका मानिसहरूको लिपिबारे केही कुरा थाह लगाउन सकिएको छैन। यसरी कुँदेर लेखिएको यस लिपिमा जम्मा ४१९ वटा चिह्नहरू छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने