प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ५/८ पृ. ५-७
  • संसारभरि नै संकट छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • संसारभरि नै संकट छ
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वास गरेकाहरूले नै धोखा दिएको
  • भयंकर असर
  • दुष्ट संसारमा प्रेम र न्याय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • हाम्रा केटाकेटीहरूलाई कसले बचाउनेछ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • बाल यौन शोषण—एक विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—१९९७
  • बालबालिकाको पसिनाद्वारा
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ५/८ पृ. ५-७

संसारभरि नै संकट छ

घरबारविहीन केटाकेटीहरूलाई सुरक्षा चाहिन्छ भनेर देखाउने अर्को उदाहरण ब्राजिलका सडकहरूमा बस्ने केटाकेटीहरू माथि गरिने डरलाग्दो जनसंहार हो। वर्षेनी सयौं केटाकेटीहरूको हत्या गरिन्छ भनेर त्यस देशबाट प्राप्त रिपोर्टहरूले बताउँछ।

डनब्लेन, स्कटल्याण्ड, बेलाइतस्थित वुल्भर्हेम्टन र अन्य ठाउँहरूमा केटाकेटीहरूसित क्रूर व्यवहार गरिएका छन्‌। उदाहरणका लागि, एक जना अंगोलाको १२ वर्षीय अनाथ मारियाको पीडा विचार गर्नुहोस्‌। तिनलाई बलात्कार गरेर गर्भवती बनाइएको थियो। पछि जबरजस्ती ३२० किलोमिटर हिड्‌न लगाएकोले तिनले बेलै नपुगी बच्चालाई जन्माइन्‌ र बच्चा दुई हप्तापछि मऱ्‍यो। बिमार भएकोले र पोषण नपाएकोले मारिया पनि त्यसको एक हप्तापछि मरिन्‌।

सन्‌ १९९२ मा संयुक्‍त राष्ट्र संघीय बाल कोषले (युनिसेफ) रिपोर्ट गरेअनुसार “ ‘केटाकेटीहरूविरुद्ध गरिने दुर्व्यवहार’ २० औं शताब्दीको उपलब्धि हो।” युनिसेफको १९९६ को रिपोर्टले ‘शत्रुको भावी पुस्ता अर्थात्‌ शत्रुहरूका छोराछोरीहरूलाई पनि मार्नुपर्छ’ भन्‍ने कसै कसैको विचार छ भनेर बतायो। एक जना राजनैतिक टिप्पणीकारले यसलाई यसरी व्यक्‍त गरेका छन्‌: “ठूला मुसोहरू मार्नको निम्ति तपाईंले साना मुसोहरू पनि मार्नुपर्छ।”

दस वर्षभित्र बीस लाख केटाकेटीहरू दयनीय अवस्थामा मारिएका छन्‌। अरू चालीस लाख चाहिं जमिनमा बिछ्याएका विस्फोटक पदार्थले अंगभंग, अन्धा भएका छन्‌ वा मस्तिष्कमा गहिरो चोट लागेका छन्‌। ती केटाकेटीहरू युद्धमा घरबारविहीन भएका करोडौं केटाकेटीहरू सँगसँगै जीवित रहन सकभर प्रयास गरिरहेका छन्‌। एउटा रिपोर्टको मुख्य समाचार “युद्धको कठोर प्रभावले गर्दा बच्चाहरूको दुःस्वप्न” हुनु कुनै अचम्मलाग्दो कुरो होइन।

केटाकेटीहरूलाई गरिएको यस्तो अत्याचार मानवजातिमा एउटा अभिशाप हुनुका साथै विश्‍वभरि नै बच्चाहरू संकटमा छन्‌ भनेर प्रमाणित गर्छ। अनि दुर्व्यवहार गरिएका धेरै केटाकेटीहरूलाई विश्‍वासघात पनि गरिन्छ।

विश्‍वास गरेकाहरूले नै धोखा दिएको

केटाकेटीहरूको विश्‍वासलाई धोखा दिएमा तिनीहरूलाई गहिरो चोट पुग्नसक्छ। विशेषगरि आमाबाबु, साथीभाइ वा विश्‍वास गरेका मानिसहरूले नै धोखा दिंदा यस्तो हुन्छ। आमाबाबुले केटाकेटीहरूलाई गरेको दुर्व्यवहार कत्तिको गम्भीर छ भनेर संयुक्‍त राज्यको ओप्रा विन्फ्रेद्वारा प्रसारित “बालबालिकामाथि गरिने दुर्व्यवहारको पर्दाफास र त्यसको अन्त गर्न डराएर चुप नलाग्नुहोस्‌” भन्‍ने कार्यक्रमको प्रसारणपछि प्राप्त गरिएको फोन कलहरूबाट थाह पाइन्छ। चिल्ड्रेन टुडे पत्रिकामा उद्धरण गरेअनुसार कार्यकारी निर्माता अर्नोल्ड श्‍यापिरोले यस्तो टिप्पणी गरे, “यौन दुर्व्यवहारको पीडाबाट उम्कन केटाकेटीहरूले डराइ डराइ गरेका फोन कलहरू नै सबैभन्दा मार्मिक थिए।”

केटाकेटीहरूसित दुर्व्यवहार गर्ने मानिसहरू हेर्दै डरलाग्दो, अपरिचित व्यक्‍तिहरू हुन्‌ भन्‍ने धारणा हटाउन यो कार्यक्रमले धेरै कोसिस गऱ्‍यो। अन्तमा श्‍यापिरो भन्छन्‌, खासमा “केटाकेटीहरूलाई दुर्व्यवहार गर्ने प्रायजसो आमाबाबु र नातेदारहरू आफै हुन्छन्‌।” सो कुराको पुष्टि अन्य अनुसन्धानहरूले पनि गर्छ र कहिलेकाहीं आफ्नो ठानेर भरोसा गरेका साथीभाइहरूले नै पछि सुनियोजित ढंगमा केटाकेटीप्रति दुर्व्यवहार गर्न पहिल्यै तयारी गरेका हुन्छन्‌ भनेर पनि देखाउँछ। सबैभन्दा दर्दनाक विश्‍वासघात हाडनाता करणी हो।

बाल यौन शोषकहरू विश्‍वभरिका केटाकेटीहरूका निम्ति अर्को खतरा हो। अपराध र अपराधिक न्यायबारे धारणा र विषयहरू (अंग्रेजी) नामक समाचारपत्रले यस्तो परिभाषा दिन्छ: “बाल यौन शोषण भनेको कलिला उमेरका केटाकेटीहरूप्रति यौन आकर्षण हुनु हो। . . . बाल यौन शोषणमा यौन दुर्व्यवहार, अनुचित कार्य र बालकहरूलाई अश्‍लील कार्यमा प्रयोग गर्ने अपराध अवश्‍यै हुन्छ।”

केटाकेटीहरूलाई यौन शोषण गर्ने गिरोहहरूका दुःखलाग्दा रिपोर्टहरू विश्‍वभरिबाट प्राप्त हुँदैछ। (पृष्ठ ७ को पेटी हेर्नुहोस्‌।) केटा अनि केटीहरू दुवै यसको शिकार भइरहेका छन्‌। बेइमान मानिसहरूले तिनीहरूलाई लोभ्याएर यौन शोषण गर्छन्‌ र त्यसपछि तिनीहरूलाई धम्काउँछन्‌ या त तिनीहरूको “गिरोह”-मै बसुन्‌ भन्‍ने हेतुले लोलोपोतो गर्छन्‌। यस्ता घृणित काम गर्ने मानिसहरू प्रायजसो समुदायका विशिष्ट नेताहरू हुन्छन्‌ र कहिलेकाहीं सो काम तिनीहरूले प्रहरी अनि न्यायपालिकाहरूका आडमा गर्छन्‌।

पादरीहरूद्वारा गरिएका बाल यौन शोषणले पनि मानिसहरूलाई रिस उठाइरहेको छ। सो काम कुन हदसम्म गरिंदैछ भन्‍ने कुरा विश्‍वभरिबाट प्राप्त समाचार रिपोर्टहरूले देखाउँछ। कहिलेकाहीं त तिनीहरूले यस्ता कामहरू परमेश्‍वरको नाउँमा पनि गर्छन्‌। उदाहरणका लागि, आफूले दुर्व्यवहार गरेका दस वर्षीय केटोलाई अपराधी एंगलिकन पादरीले “परमेश्‍वर तिनीद्वारा [पादरी] बोल्दै हुनुहुन्छ अनि तिनले वा [त्यो केटोले] गरेको जे काम पनि परमेश्‍वरले मनपराउनु हुन्छ र त्यो काम सही हो” भने।

अस्ट्रेलियाको द ब्याटल एण्ड द ब्याक्ल्याश: द चाइल्ड सेक्सुवल एब्यूज वार नामक पुस्तकको पुनरावृत्तिले पादरीहरूद्वारा गरिएको बाल यौन शोषणबारे टिप्पणी गऱ्‍यो। सम्बन्धित संगठनले साहारा चाहिने केटाकेटीहरूको सुरक्षा गर्नुको सट्टा आ-आफ्नै सुरक्षा गरिरहेको पाइएको छ भनेर टिप्पणी गऱ्‍यो।

भयंकर असर

केटाकेटीहरूले अरूमाथि सजिलै विश्‍वास गर्छन्‌ र त्यसपछि कुनै शंका नै गर्दैनन्‌। यसकारण, तिनीहरूको विश्‍वासघात गरियो भने ती कलिला मनहरूमा गहिरो चोट पुग्नेछ। बाल दुर्व्यवहार अनि हेल्चेक्य्राइँ (अंग्रेजी) प्रकाशनले यस्तो टिप्पणी गर्छ: “कुनै समय सुरक्षित वा भरोसायोग्य ठानिएका मानिस र ठाउँहरू अब खतरनाक र डरलाग्दा भएका छन्‌। केटाकेटीहरूले कस्ता मानिसहरूको पत्यार गर्ला भनेर ठम्याउनु र नियन्त्रण गर्नु गाह्रो पर्छ।”

धेरै वर्षदेखि हुँदै आएको यस्तो दुर्व्यहारले गर्दा वयस्क भएपछि केटाकेटीहरूले सामाजिक र मानसिक समस्याहरूको सामना गर्नुपरेका छन्‌। ती केटाकेटीहरू सानै त हुन्‌ नि भन्ठानेर तिनीहरूको फाइदा उठाएकोले यस्ता विश्‍वासघातको परिणाम असाध्यै गम्भीर हुन्छ। तापनि, प्रायजसो केटाकेटीहरूले यस्ता दुर्व्यवहारबारे कसैलाई पनि भन्दैनन्‌—र यो एउटा यस्तो तथ्य हो, जसको फाइदा बाल यौन शोषकहरूले उठाउँछन्‌।

हालैका वर्षहरूमा, बालबालिकामाथि गरिएको दुर्व्यवहारको प्रमाणहरू बढ्‌दो छ। यसकारण यति धेरै प्रमाणहरूलाई कसैले पनि नकार्न वा बेवास्ता गर्न सक्दैनन्‌। तर बालबालिकामाथि गरिने दुर्व्यवहारको अन्त गर्नु गाह्रो छ भनेर थुप्रै मानिसहरू मानिलिन्छन्‌। यसकारण यस्ता प्रश्‍नहरू उठ्‌छन्‌: हाम्रा केटाकेटीहरूको साँच्चै रक्षा गर्ने के कोही छ? हामी आमाबाबुहरूले हाम्रा ईश्‍वर-प्रदत्त सम्पदाको रक्षा र साहारा चाहिने हाम्रा कलिला केटाकेटीहरूको रेखदेख कसरी गर्न सक्छौं? आमाबाबुहरूले कसको साहयता लिन सक्छन्‌?

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

इन्टरनेटको गोप्य जाँचबुझ

इन्टरनेटद्वारा बालबालिकामाथि गरिने यौन शोषणविरूद्ध अहिलेसम्म गरिएको गोप्य जाँचबुझभन्दा पनि ज्यादा प्रयत्न गरेर केही महिनाअघि गरिएको जाँचबुझमा प्रहरीहरूले १२ देशहरूका १०० भन्दा बढी यौन दुराचारीहरूको घरहरूमा छापा मारे। संयुक्‍त राज्यको एउटा गिरोहबाट मात्रै तिनीहरूले केटाकेटीहरूको १,००,००० भन्दा बढी अश्‍लील चित्रहरू बरामद गरे।

पाँच महिनासम्म गरिएको इन्टरनेटको गोप्य जाँचबुझमा प्रमुख भूमिका निर्वाह गर्ने बेलायती जासुसले लेखे: “ती तस्बिरहरू हेर्दा कुनै पनि सोझो हृदय भएको मानिसको आङै सिरिङ हुन्छ।” यौन दुर्व्यवहारको शिकार केटा अनि केटी दुवै थिए। कोही कोही त भर्खर दुई वर्ष मात्र पुगेकाहरू पनि थिए। इन्टरनेटका चित्रहरू “बालबालिकामाथि गरिने यौन शोषणको सबैभन्दा घिनलाग्दा चित्रहरू थिए। . . . एकदमै उत्तेजक तस्बिरहरू खिच्न मानिसहरूले आफ्नै छोराछोरीहरूलाई समेत दुर्व्यवहार गर्न पछि परेनन्‌” भनेर बेल्जियन प्रहरीले बताए। एक जना मानिसले त आफ्नै भदैसित बलात्कार गर्दैगरेको तस्बिर खिचेर कम्प्युटरमा राखे।

शंकास्पद व्यक्‍तिहरू शिक्षक, वैज्ञानिक, कानुनको विद्यार्थी, चिकित्सा-शास्त्रको विद्यार्थी, स्काउट मास्टर, लेखापालक र विश्‍वविद्यालयको प्राध्यापकहरू हुनसक्छन्‌।

[पृष्ठ ६-मा भएको चित्र]

विस्फोटक पदार्थले यो केटोको दाहिने हात डुँडे बनाइदियो

[स्रोत]

UN/DPI Photo by Armineh Johannes

[पृष्ठ ७-मा भएको चित्रको स्रोत]

Photo ILO/J. Maillard

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने