आउनुहोस्, साँचो आशाको सन्देश सुन्नुहोस्
तपाईंले उक्त सन्देश यस वर्ष “परमेश्वरको भविष्यसूचक वचन” विषयक यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनमा प्रस्तुत गरिने “भविष्यवाणी गरिएझैं—सबै कुरा नयाँ तुल्याउने” भन्ने जनभाषणमा सुन्न सक्नुहुनेछ। सन् २००० ले मानिसजातिको निम्ति थुप्रै आशिष्हरू ल्याउनेछ भनी मानिसहरूले आशा गरेका छन्।
“सहस्र वर्षको अर्थ यस डरलाग्दो शताब्दीबाट छुटकारा पाउनु हो” भनी विश्वविद्यालयका एक प्राध्यापकले बताए। अनि “सन् २००० क्यालेन्डरमा अरू कुनै पनि सामान्य वर्षजस्तो देखिए तापनि यो साँच्चै नै एउटा नयाँ सुरुआत हुनसक्छ” भनी म्याकलीन पत्रिकाले बतायो। तथापि, त्यस्तो होला जस्तो देखिंदैन।
“नयाँ सुरुआत” ल्याउने मानिसको प्रयास निरन्तर विफल भइरहेको छ। त्यसोभए परमेश्वरले १,९०० वर्षअघि “हेर, म सब कुरा नयाँ तुल्याउँछु” भनी गर्नुभएको प्रतिज्ञामा हामी किन विश्वस्त हुनसक्छौं? (प्रकाश २१:५) उक्त हृदयस्पर्शी जनभाषणमा चित्तबुझ्दा कारणहरू दिइनेछन्। तपाईंको घर नजिकै हुने अधिवेशनमा उक्त भाषण सुन्न सक्नुहुनेछ र यो महिनाको सुरुतिर प्रारम्भ हुने अधिवेशनहरू संसारभरि हजारौं स्थानमा सम्पन्न हुनेछन्। भारतमा नोभेम्बर र डिसेम्बर महिनाको दौडान २७ वटा विभिन्न स्थानहरूमा यो कार्यक्रम सम्पन्न हुनेछन्।
तपाईंलाई पायक पर्ने अधिवेशन स्थलबारे स्थानीय यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस् या यस पत्रिकाका प्रकाशकहरूसित पत्राचार गर्नुहोस्।