प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ २/८ पृ. १५
  • तरकारी खानुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तरकारी खानुहोस्‌!
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • पौष्टिक आहारा तपाईंले पाउन सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—२००२
  • खानेकुरालाई सुरक्षित राख्न र पोसिलो खानेकुरा खान गर्नै पर्ने सात कुराहरू
    थप लेखहरू
  • जटिल कारण, व्यापक असर
    ब्यूँझनुहोस्‌!—२००३
  • स्वास्थ्यकर भोजन छान्‍नु
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—२००१
g०१ २/८ पृ. १५

तरकारी खानुहोस्‌!

ब्राजिलका ब्यूँझनुहोस्‌! लेखकद्वारा

“कस्तो तीतो।” “कस्तो नमीठो।” “यस्तो त मैले कहिल्यै खाएको छैन।”

थुप्रै मानिसले तरकारी खान नाइँनास्ती गर्ने कारणहरूमध्ये यी केही हुन्‌। तपाईं नि? के तपाईं दिनहुँ तरकारी खानुहुन्छ? किन कसैलाई तरकारी मनपर्छ र कसैलाई मनपर्दैन, सो पत्ता लगाउन ब्यूँझनुहोस्‌!-ले थुप्रै अन्तरवार्ता लिएको थियो।

तरकारी खानेहरूले आफ्ना आमाबाबुले तरकारी, गेडागुडी तथा फलफूलको महत्त्वबारे सिकाएको बताए। त्यसको विपरित, तरकारी मन नपराउनेहरूले भने सानोदेखि नै तरकारी खाने बानी नभएको कुरा गरे। तरकारी खानुको सट्टा यिनीहरू बजारी खाना रुचाउँथे। तर यिनीहरूले पनि सुस्वास्थ्यको लागि तरकारी महत्त्वपूर्ण छ भनी मानिलिए।

आमाबाबु हो, आफ्नो छोराछोरीलाई तरकारी खान सिकाउनुहोस्‌! तर कसरी? युनाइटेड नेसन्स चिल्डेर्न फन्ड्‌स-द्वारा प्रकाशित फ्याक्ट्‌स फर लाइफ-ले लगभग छ महिना पुगेका केटाकेटीहरूलाई आमाको दुध वा बोतलको दुध खुवाइसकेपछि कम्तिमा पनि दिनको एकचोटि, उसिनेर बोक्रा छोडाएपछि मुछेको तरकारी खुवाउनुपर्छ भन्‍ने सुझाउ दियो। खानेकुराको परिकार जति धेरै भयो, बच्चाको लागि त्यतिनै राम्रो हुन्छ। ब्राजिलियन बाल विशेषज्ञ डा. भ्याग्नर लपटेको भनाइअनुसार दुई वर्षसम्मका बच्चाको प्रमुख खाना दुध नै हो, तर यस अवधिमा अरू खानाहरू पनि समावेश गर्दा “बच्चाले नयाँ नयाँ स्वाद चाख्न सिक्छन्‌।”

मेडिसिना मिटुस इ भर्डडिस (औषधी—मिथ्या र सत्य) नामक पुस्तकमा कार्ला लिओनलको सुझाउअनुसार माथि उल्लेख गरिएको भन्दा पनि कम उमेरमा सुन्तलाको रस, फलफूलहरूको (जस्तै, केरा, स्याउ र मेवा) लेदो, लिटो र तरकारीको सुरुवा बच्चाको खुराकमा समावेश गर्न सकिन्छ। यस सम्बन्धी बेग्लाबेग्लै धारणा हुने भएकोले यसबारे आफ्नो बाल-चिकित्सकसँग परामर्श लिनु बुद्धिमानी हुनेछ। (g01 1/08)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने