प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ४/८ पृ. १९-२२
  • सूर्यको अद्‌भुत विशेषता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सूर्यको अद्‌भुत विशेषता
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मनमोहक विशेषताहरू
  • सूर्य ग्रहणले के बताउँछ?
  • दुर्घटनावश?
  • हाम्रो बेजोड सौर्यमण्डल कसरी आयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • ताराहरूमा देखिने परमेश्‍वरको शक्‍ति
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • सुन्दर पृथ्वीको आनन्द उठाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • सृष्टि गर्ने शक्‍ति—“आकाश र पृथ्वीको सृष्टिकर्ता”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ४/८ पृ. १९-२२

सूर्यको अद्‌भुत विशेषता

तपाईंले यो लेख पढ्‌नुहुँदा सूर्य उदाइसकेको होला वा केही समयपछि मात्र उदाउला। तर के यो महत्त्वपूर्ण छ? छ, किनभने सूर्योदय नै नभएको भए तपाईंलगायत पृथ्वीका खरबौं सजीव प्राणीहरूको अस्तित्व नै हुने थिएन। त्यसबाहेक, एक कोषीय ब्याक्टेरियादेखि लिएर विशाल ह्वेलजस्ता दस लाखभन्दा बढी जातिहरू पनि हुने थिएनन्‌।

हो, सूर्यबाट उत्पन्‍न हुने ऊर्जाको दुई अरब भागको एक भाग मात्र हाम्रो ग्रहसम्म आइपुग्छ। यद्यपि, सौर्य “स्रोत”-मार्फत आउने त्यति “थोरै” उर्जा पनि पृथ्वीमा प्राणीहरूको जीवनलाई पोषण दिन र रक्षा गर्न पर्याप्त छ। त्यति मात्र होइन त्यो थोरै ऊर्जा पनि सही ढंगले प्रयोग गरियो भने आधुनिक समाजका लागि प्रशस्त मात्रामा ऊर्जा खपत गरेर केही बचतसमेत गर्न सकिन्छ।

खगोल विज्ञानसम्बन्धी थुप्रै पुस्तकमा सूर्यलाई साधारण तारा, “एउटा मामुली आकाशीय पिण्ड” मात्र भनिएको छ। तर के सूर्य “एउटा मामुली आकाशीय पिण्ड” मात्र हो? सिआटलस्थित युनिभर्सिटी अफ वासिङटनका खगोलविद्‌ गिल्येर्मो गोन्जालेजले सूर्य असाधारण छ भनेर बताएका छन्‌। के यसले अरू ग्रहहरूमा जीवनको खोजी गर्ने कार्यलाई प्रभाव पार्छ? गोन्जालेज यस्तो जवाफ दिन्छन्‌: “प्राणीहरू बस्नसक्ने ताराहरू मानिसहरूले सोचेजति धेरै छैनन्‌।” तिनी यसो पनि भन्छन्‌: “खगोलविद्‌हरूले सूर्यजस्तो असाधारण ताराको खोजमा मात्र आफ्नो ध्यानकेन्द्रित गर्नुपर्छ अन्यथा समयको बरबादी हुनेछ।”

कुन कुन विशेषताले गर्दा सूर्यले जीवन सम्भव तुल्याउनसक्छ? यी तथ्यहरू केलाउँदा हामीले ब्रह्‍माण्डको भौतिक शास्त्रबारे लेखिएका थुप्रै कुरा प्राकृतिक सिद्धान्तमा आधारित छ भनेर मनमा राख्नुपर्छ।

मनमोहक विशेषताहरू

● स्वतन्त्र तारा: खगोलविद्‌हरूले सूर्य वरपर हुने ८५ प्रतिशत ताराहरू दुई वा त्यसभन्दा बढी समूहमा रहेर एक अर्काको परिक्रमा गर्छन्‌ भन्‍ने अनुमान गरेका छन्‌। त्यस्ता ताराहरूबीच गुरुत्वाकर्षण शक्‍ति हुन्छ।

तथापि, सूर्य स्वतन्त्र तारा हो। “स्वतन्त्र तारा भएकोले नै सूर्य सबैभन्दा असाधारण देखिन्छ” भनेर खगोलविद्‌ केनेथ जे. एच. फिलिप्स गाइड टु द सन पुस्तकमा बताउँछन्‌। यसरी सूर्य स्वतन्त्र रहने हुनाले पृथ्वीको लागि भरपर्दो अक्ष बनेको छ र फलस्वरूप यस ग्रहमा प्राणीहरूको जीवन सम्भव भएको हो भनी गोन्जालेज भन्छन्‌।

● विशाल तारा: गोन्जालेजका अनुसार सूर्यसित सम्बन्धित अर्को अनौठो पक्ष “यो तारा आफू वरपर रहेका ठूला पिण्ड हुने १० प्रतिशत ताराहरूमध्ये पर्छ” भनी न्यु साइन्टिस्ट पत्रिका बताउँछ। “सूर्य अलग्गै रहेर . . . र कुनै द्विपक्षीय वा बहुपक्षीय प्रणालीको भाग नहुनु अनौठो कुरा हो” भनी फिलिप्स टिप्पणी गर्छन्‌। “सौर्य मण्डलमा ९९.८७% पिण्ड सूर्यको हो र त्यसैको परिणामस्वरूप सौर्य मण्डललाई यसको गुरुत्वाकर्षणले नियन्त्रण गर्छ।”

यसै विशेषताले गर्दा पृथ्वी सूर्यभन्दा १५ करोड किलोमिटर टाढा रहे तापनि सूर्यबाट उछिट्टिएर जाँदैन। यसो हेर्दा निकै टाढा देखिए तापनि यो दूरीले गर्दा सूर्यका घातक किरणहरूले पृथ्वी भस्म हुन पाउँदैन र पृथ्वीमा जीवन सम्भव हुन्छ।

● गह्रौं तत्त्वहरू: सूर्य जत्तिकै पुराना ताराहरूमा हुने कार्बन, नाइट्रोजन, अक्सिजन, म्याग्नेसियम, सिलिकन र आइरनजस्ता गह्रौं तत्त्वहरू अरू ती ताराहरूमा भन्दा सूर्यमा ५० प्रतिशत बढी पाइन्छ। यसैकारण सूर्य अरूभन्दा विशिष्ट देखिन्छ। “सूर्यमा पाइने गह्रौं तत्त्वहरू एकदमै कम मात्र हुन्छ, तर केही ताराहरूमा . . . त्योभन्दा पनि कम हुन्छ,” फिलिप्स बताउँछन्‌। वास्तवमा, सूर्यमा हुने जस्ता गह्रौं तत्त्व हुने ताराहरूको विशेष समूहलाई पपुलेशन वान भनिन्छ।

पृथ्वीमा जीवनको अस्तित्वसित यसको के सम्बन्ध छ? हुन त, जीवन निर्वाह गर्न गह्रौं तत्त्वहरू चाहिन्छन्‌। तर ती एकदमै कम अर्थात्‌ ब्रह्‍माण्डमा १ प्रतिशतभन्दा कम मात्र हुन्छन्‌। तथापि, हाम्रो पृथ्वी भने मुख्यतया यिनै गह्रौं तत्त्वहरू मिलेर बनेको छ। किन? किनभने खगोलविद्‌हरूका अनुसार पृथ्वीले असाधारण तारा अर्थात्‌ सूर्यको परिक्रमा गर्छ।

● कम दीर्घवृत्त अक्ष: सूर्य, पपुलेशन वान तारा हुनुको अर्को फाइदा पनि छ। गाइड टु द सन पुस्तक यसो भन्छ, “पपुलेशन वान ताराहरूले आकाशगंगाको बीचतिर प्रायजसो वृत्ताकार अक्ष बनाएर परिक्रमा गर्छन्‌।” सूर्यको अक्ष यो जत्तिकै पुराना र त्यस्तै खालका ताराहरूको जस्तो दीर्घवृत्ताकार हुँदैन। त्यसले पृथ्वीमा जीवनको अस्तित्व रहने सन्दर्भमा के फरक पार्छ? किनभने सूर्यको वृत्ताकार अक्षले गर्दा यसलाई सुपरनोभाहरू (विस्फोटक ताराहरू) भरिएको आकाशगंगाभित्र हुत्तिन दिंदैन।

● चमकमा विविधता: हाम्रो सौर्य मण्डलको ताराको अर्को चाखलाग्दो पक्ष पनि छ। समान ताराहरूसित तुलना गर्दा सूर्यको चमकमा खासै विविधता पाइँदैन। अर्को शब्दमा भन्‍ने हो भने, यसको ज्योति स्थिर अनि एकनासे हुन्छ।

त्यस्तो स्थिर ज्योतिले पृथ्वीमा जीवन सम्भव तुल्याउन निर्णायक भूमिका निर्वाह गर्छ। विज्ञानका इतिहासकार कार्ल हफबोर यसो भन्छन्‌, “स्थिर प्राकृतिक तत्त्वमध्ये सूर्यको प्रकाश पनि हो भन्‍ने कुरा यस ग्रहमा हाम्रो अस्तित्वले प्रमाणित गर्छ।”

● अक्षको ढल्काइ: सूर्यको अक्ष आकाशगंगाको सतहतिर अलिकति मात्र ढल्केको छ। यसको अर्थ हो, सूर्यको अक्षको सतह र आकाशगंगाको सतहबीच थोरै डिग्रीको मात्र अन्तर छ। यसले पृथ्वीमा जीवन कसरी सम्भव तुल्याउँछ?

हाम्रो सौर्यमण्डलभन्दा निकै पर, ऊर्ट क्लाउड भनिने लामपुच्छ्रे ताराहरूको विशाल समूहले हामीलाई घेरेको छ।a मानिलिनुहोस्‌, सूर्यको अक्ष र आकाशगंगाको सतहबीच ठूलो कोण छ। त्यसो हो भने, सूर्य अचानकसँग आकाशगंगाको सतहबाट उछिट्टिएर ऊर्ट क्लाउडलाई खलबलाउन पुग्नसक्छ। त्यसको परिणाम के हुन्छ त? धूम्रकेतुहरूको वर्षाले पृथ्वी क्षतविक्षत हुनेछ भनी खगोलशास्त्रीहरू भन्छन्‌।

सूर्य ग्रहणले के बताउँछ?

हाम्रो सौर्य मण्डलमा कम्तीमा पनि ६० वटा चन्द्रमा छन्‌। सौर्यमण्डलका नौ ग्रहमध्ये सातवटा ग्रहलाई तिनीहरूले परिक्रमा गर्छन्‌। तथापि, सौर्यमण्डलभित्र खग्रास सूर्य ग्रहण देख्न सकिने एउटै मात्र ग्रह पृथ्वी हो। त्यसो हुनुको कारण के हो?

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्य ग्रहण हुन्छ। चन्द्रमाले पूरै छेक्न सूर्य र चन्द्र लगभग समान आकारको हुनुपर्छ। सूर्य ग्रहण हुँदा यस्तै हुन्छ! चन्द्रमाको भन्दा सूर्यको ब्यास ४०० गुणा बढी छ तर अर्कोतिर सूर्य पृथ्वीबाट चन्द्रमाभन्दा ४०० गुणा टाढा पनि छ।

तर पृथ्वीबाट सूर्यको दूरी अनि सूर्य आकारनै खग्रास सूर्य ग्रहण हुनुको प्रमुख तत्त्व हुन्‌। पृथ्वीमा जीवन सम्भव हुन अत्यावश्‍यक कुराहरू पनि यी नै हुन्‌। तिनी भन्छन्‌, “हामी सूर्यभन्दा अलिकति मात्र नजिक अथवा टाढा भएका भए पृथ्वीमा कि त धेरै तातो कि त धेरै चिसो हुने थियो र यहाँ बसोबास गर्न सकिंदैनथ्यो।”

यति मात्र होइन। पृथ्वीको असाध्यै ठूलो चन्द्रमाले पनि यस ग्रहमा जीवन सम्भव तुल्याउँछ किनभने यसको गुरुत्वाकर्षणले गर्दा पृथ्वी आफ्नो अक्षमा ढलपल हुन पाउँदैन। यस्तो ढलपलले मौसममा भयावह अनि विध्वंशकारी परिवर्तन ल्याउँछ। त्यसैले, पृथ्वीमा जीवन सम्भव बनाउन पृथ्वी र सूर्यबीचको सही दूरी तथा चन्द्रमाको ठीक आकार हो। अनि यो सूर्यको थप विशेषता हो। संयोगले भएको भन्‍न मिल्ने सम्भाव्यता छ र?

दुर्घटनावश?

मानिलिनुहोस्‌, तपाईंले आफ्नो गाडी बनाउन एक जना तालिम प्राप्त तथा दक्ष प्राविधिककहाँ लैजानुभयो। तिनी आफ्नो काम लगनशीलतासाथ पूरा गर्छन्‌ र तपाईंले पनि सबै ठीक अवस्थामा नै पाउनुभयो। तर तपाईंले पछि दुर्घटना भएर आफ्नो गाडीमा सबै मिलेको हो अथवा यो संयोगले बनेको हो भनेर जिद्दी गर्नुभयो भने उक्‍त प्राविधिकले कस्तो प्रतिक्रिया देखाउला?

त्यस्तै प्रश्‍न हाम्रो सूर्यको विशिष्ट प्रकृतिबारे पनि सोध्न सकिन्छ। केही वैज्ञानिकहरूले सूर्य, यसको अक्ष, पृथ्वीबाटको दूरी अनि अरू विशेषताहरू संयोगले मिलेको हो भनेर विश्‍वस्त पार्न खोज्लान्‌। के त्यो कुरा मिल्छ? के तपाईंलाई त्यो निष्कर्ष तार्किकजस्तो लाग्छ?

एकदमै मिलाएर निपुणतासाथ बनाइएको सवारी साधनले प्राविधिकको तालिम अनि दक्षताबारे बताएझैं सूर्यलगायत अरू आकाशीय पिण्डहरूले केही कुरा बताउँछन्‌। पृथ्वीमा जीवन सम्भव बनाउने हाम्रो सूर्यका विशेष गुणहरूले यो तारा कुनै बुद्धिमान्‌ अनि शक्‍तिशाली योजनाकार तथा रचनाकारको हातको काम हो भनेर प्रस्ट पार्छ। प्रेरित पावलले यसरी वर्णन गरे: “उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्‌गै देखिने भएको छ।”—रोमी १:२०. (g01 3/22)

[फुटनोट]

a ऊर्ट क्लाउडबारे थप जानकारीका लागि जुलाई २२, १९९९ अंग्रेजी अंकको ब्यूँझनुहोस्‌! पृष्ठ २६ हेर्नुहोस्‌।

[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]

सूर्यबाट उत्पन्‍न हुने ऊर्जाको दुई अरब भागको एक भाग मात्र हाम्रो ग्रहसम्म आइपुग्छ

[पृष्ठ २०-मा भएको चित्र]

पृथ्वी सूर्यबाट टाढा रहेकोले यो सूर्यका घातक किरणहरूबाट जोगिएको छ

[स्रोत]

Pages 2, 19, and 20: NASA photo

[पृष्ठ २१-मा भएको चित्र]

दुर्घटनावश? सूर्य र चन्द्रमाको आकारले गर्दा सानदार ग्रहण देख्न सम्भव भएको छ

[पृष्ठ २२-मा भएको चित्र]

सूर्यको अक्षमा धेरै फरक परेको भए पृथ्वी धूमकेतुको विनाशकारी वर्षाबाट क्षतविक्षत हुने थियो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने