प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ४/८ पृ. ३
  • भयावह दृश्‍यबीच आशाको किरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भयावह दृश्‍यबीच आशाको किरण
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • ठूलठूला भूकम्पहरू—बाइबलमा कस्तो भविष्यवाणी गरिएको थियो?
    थप लेखहरू
  • भूकम्प, बाइबल भविष्यवाणी र तपाईं
    ब्यूँझनुहोस्‌!—२००२
  • भविष्यवाणी १. भूकम्प
    प्रहरीधरहरा: अहिले पूरा भइरहेको छ वटा बाइबल भविष्यवाणीहरू
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ४/८ पृ. ३

भयावह दृश्‍यबीच आशाको किरण

“जताततै भवनहरू हल्लिरहेका थिए र आगोको ज्वाला निस्किरहेको थियो। जसै म बचाउको निम्ति भाग्दै थिएँ, चारैतिर मानिसहरूको रोदन सुनिन्थ्यो, तिनीहरू प्रार्थना गर्दै थिए, मदतको लागि गुहार्दै थिए। मलाई त संसारकै अन्त आएजस्तो लाग्यो।”—जि. आर., भूकम्प पीडित।

सधैं हलचल भइरहने हाम्रो ग्रहमा वर्षेनी लाखौं भूकम्प गइरहन्छन्‌। हुन त हो, धेरैजसो हलचल हामीले चालै पाउँदैनौं।a तैपनि, औसत वर्षेनी १४० वटा यस्ता भयावह भूकम्प जान्छन्‌, जसलाई “भयानक,” “ठूलो” वा “प्रमुख” भूकम्प भन्‍न सकिन्छ। इतिहासभरि नै यस्ता असंख्य भूकम्पहरूले गर्दा करोडौंको ज्यान जानुका साथै निकै धनराशी क्षति भएको छ।

भूकम्पले बच्नेहरूको जीवनमा ठूलो भावनात्मक चोट पनि पुऱ्‍याउँछ। उदाहरणका लागि, सन्‌ २००१ को सुरुतिर एल साल्भाडोर दुईवटा ठूला भूकम्पको कारण तहसनहस भएपछि त्यस देशको स्वास्थ्य मन्त्रालयका मानसिक-स्वास्थ्य सल्लाहकार समितिका संयोजकले यसो भने: “मानिसहरूमा दुःख, निराशा र रिसजस्ता मानसिक समस्याहरू देखा पर्न थालेका छन्‌।” त्यसैकारण, एल साल्भाडोरका स्वास्थ्य कार्यकर्ताहरूले त्यस देशमा निराशा तथा चिन्ताग्रस्त बिरामीहरूको संख्यामा ७३ प्रतिशतले वृद्धि भएको रिपोर्ट गरे। वास्तवमा भन्‍ने हो भने, ती उद्धार शिविरहरूका मानिसहरूको तत्कालीन आवश्‍यकताहरूबारे गरिएको सर्वेक्षणअनुसार पानीपछि दोस्रो प्रमुख आवश्‍यकता भनेकै मानसिक-स्वास्थ्य उपचार थियो।

तर भूकम्पबारे कुरा गर्दा यसमा मृत्यु, विनाश र निराशाभन्दा बढी कुराहरू मुछिएका हुन्छन्‌। प्रायजसो यस्ता विपत्तिहरूको घडीमा मानिसहरू असामान्य सदिच्छा तथा आत्म-त्यागको भाव प्रदर्शन गर्न उत्प्रेरित भएका छन्‌। साँच्चै, कोही-कोहीले भत्किएका भवनहरू मर्मत गर्न तथा भताभुंग भएका मानिसहरूको जीवनलाई सामान्य अवस्थामा ल्याउन अथक प्रयास गरेका छन्‌। अत्यन्तै भयावह दृश्‍यको बावजूद त्यस्ता आशाका किरणहरू प्रशस्त देखिएका छन्‌ भनी हामी आउँदा लेखहरूबाट बुझ्नेछौं। (g02 3/22)

[फुटनोट]

a यसमा सानातिना भूकम्पहरू पनि समावेश गरिएका छन्‌, जसमध्ये हजारौं त दिनहुँजसो गइरहन्छन्‌।

[पृष्ठ ३-मा भएको चित्र]

पृष्ठ २ र ३: ग्रीसको एथेन्समा एउटी विचलित जवान महिलाले आफ्नी आमा भत्किएको घरभित्र परेको कुरा थाह पाइन्‌। अर्कोतिर, आफ्नी पाँच वर्षीया छोरीको उद्धार गरिएकोमा प्रसन्‍न बुबा

[स्रोत]

AP Photos/Dimitri Messinis

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने