प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 २/८ पृ. ३१
  • ‘तपाईंको छाला—सहरको पर्खालजस्तै हो’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तपाईंको छाला—सहरको पर्खालजस्तै हो’
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • सर्पको छाला
    ब्यूँझनुहोस्‌!—२०१४
  • सि क्युकम्बरको अचम्मलाग्दो छाला
    सृष्टि या संयोग
ब्यूँझनुहोस्‌!—२००४
g04 २/८ पृ. ३१

‘तपाईंको छाला—सहरको पर्खालजस्तै हो’

प्राचीन सहरका बासिन्दाहरूले आक्रमणकारीहरूलाई सहरभित्र घुस्नदेखि रोक्न सुरक्षात्मक पर्खाल बनाउँथे। सहरको पर्खालले शत्रुलाई रोक्ने किल्ला र प्रतिरक्षकहरूले सहरलाई सुरक्षा प्रदान गर्ने ठाउँ, बुर्जा दुवैको रूपमा काम गर्थ्यो। त्यस्तै गरी तपाईंको शरीरमा पनि सुरक्षात्मक “पर्खाल” अर्थात्‌ तपाईंको छाला छ। तपाईंको छालाले तपाईंलाई आक्रमणकारी तत्त्वहरूबाट कसरी जोगाउँछ?

तपाईंको छालाको सतह किटाणु तथा अन्य सूक्ष्मजीवहरूले भरिएको हुन्छ र तीमध्ये कुनै-कुनैको कारण संक्रमण र रोग उत्पन्‍न हुन सक्छ। तपाईंको छालाले निष्क्रिय छेकबारको रूपमा मात्र काम गर्दैन। यसले प्रतिरक्षकको रूपमा काम गर्ने सूक्ष्मजीव विरुद्ध लड्‌ने प्रोटिन वा पेप्टाइड उत्पादन गरेर आक्रमणकारीहरूलाई पनि धपाउँछ। यीमध्ये कुनै-कुनै सधैं काममा खटिएका हुन्छन्‌। अन्य पेप्टाइडहरू चाहिं छालामा चोटपटक लाग्दा बाह्‍य सतहमा देखापर्छन्‌।

सूक्ष्मजीव विरुद्ध लड्‌ने पेप्टाइडहरूको पहिलो दुइटा समूह, डिफेन्सिन र क्याथिलिसीडिन्स्‌ आवश्‍यक परेको बेला प्रतिरक्षकहरूको रूपमा काम गर्न तयार हुन्छन्‌। चोटपटक लाग्दा वा जलनशील पीडा भएको बेला छालाको सबैभन्दा माथिल्लो तहमा भएका कोषहरूले नै यी दुइटा समूह उत्पादन गर्छन्‌। तिनीहरूले आक्रमणकारीहरूको कोषका झिल्लीहरूमा प्वाल पारेर तिनीहरूलाई मार्छन्‌।

सन्‌ २००१ मा जर्मनीस्थित टुबिनगेनको विश्‍वविद्यालयमा अनुसन्धाताहरूको एउटा टोलीले हर समय सक्रिय रहने र किटाणु विरुद्ध लड्‌ने अर्कै किसिमको डर्मिसिडिन नाउँको प्रोटिन फेलापारे। अन्य दुइटा समूहमा जस्तो नभई डर्मिसिडिन, पसिनाको ग्रन्थिमा हुने स्वस्थ छालाले उत्पादन गर्छ। यस प्रोटिनले कसरी काम गर्छ भन्‍ने कुरा अझसम्म पत्ता लागेको छैन। तर पसिनाले किटाणुबाट बच्न मदत गर्छ भन्‍ने तथ्यबाट अचाक्ली नुहाउने मानिसहरूलाई छालाको संक्रमण हुने र चर्मरोग लाग्ने सम्भावना बढी हुनुको कारण बुझ्न सकिन्छ।

प्राचीन सहरको पर्खालजस्तै, हाम्रो छाला आक्रमणकारी शत्रुहरू विरुद्ध छेकबार हो। निस्सन्देह, तपाईं यसो भन्‍ने भजनहारसित सहमत हुनुहुन्छ होला: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्‌। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो।”—भजन १०४:२४. (g04 01/08)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने