प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १२/८ पृ. ३
  • के मोटोपन साँच्चै एउटा समस्या हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के मोटोपन साँच्चै एउटा समस्या हो?
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मोटोपनलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?
  • मोटोपन—कारण के हो?
    ब्यूँझनुहोस्‌!—२००४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००४
  • मोटोपन—के यो विश्‍वव्यापी महामारी भएको छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • मोटाउनु अब राम्रो होइन
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १२/८ पृ. ३

के मोटोपन साँच्चै एउटा समस्या हो?

“किशोर-किशोरीहरूमा देखापरिरहेको मोटोपनलाई एउटा महामारी नै भने पनि हुन्छ।”—एस.के. वाङ्‌गनु, भारतको दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलका वरिष्ठ परमर्शदाता अन्तःस्राव विशेषज्ञ।

माथिको टिप्पणीले देखाएझैं धेरै मध्यम वर्गीय भारतीयहरूले आफ्नो जीवन शैलीमा ल्याएको परिवर्तनले गर्दा किशोर-किशोरीहरू समेत अचाक्ली मोटाउन थालेका छन्‌। व्यायामको कमी र बजारी खानाप्रति लग्गू हुँदा यो एउटा द्रुत गतिमा फैलिरहेको सर्वव्यापी महामारी बनिसकेको छ। किशोर-किशोरीसम्बन्धी औषधीका एक परामर्शदाताले यसो भने: “अब आउने [बेलाइती] पुस्ता . . . मानव इतिहासकै अचाक्ली मोटाहरू हुनेछन्‌।” गार्जियन विक्ली-ले यस्तो रिपोर्ट गऱ्‍यो: “कुनै बेला मोटोपन केवल वयस्कहरूको समस्या थियो। हाल बेलाइती युवाहरूको खाने बानी अनि बसी-बसी काम गर्ने जीवन शैलीले तिनीहरूलाई सबैभन्दा पहिले संयुक्‍त राज्य अमेरिकामा देखापरेको मोटोपनको समस्यातिर धकेलिरहेको छ। यदि मोटोपन लामो समयसम्म रहिरहेमा तिनीहरू पक्कै पनि मधुमेह, मुटुसम्बन्धी र क्यान्सरजस्ता रोगहरूतिर उन्मुख हुनेछन्‌।”

फुड फाइट पुस्तकका लेखक यसो भन्छन्‌: “विश्‍वकै प्रमुख समस्याको रूपमा रहेको कुपोषणको ठाउँ अहिले अचाक्ली खाने समस्याले ओगटिसकेको छ।” एट्‌लान्टिक मन्थ्ली-मा डन पिक यस्तो लेख्छन्‌: “हाल करिब ९० लाख अमेरिकीहरू साह्रै विकृत किसिमले मोटाएका छन्‌ अर्थात्‌ तिनीहरूको तौल हुनुपर्ने भन्दा ४५ किलोग्राम अथवा त्योभन्दा बढी छ।” तौलसम्बन्धी समस्याले गर्दा उक्‍त देशमा हरेक वर्ष करिब ३,००,००० मानिसहरूले अकालमा ज्यान गुमाउँछन्‌ अनि “धुम्रपानपछि मानिसहरूको ज्यान लिने प्रमुख कारक तत्त्व यही मोटोपन भएको छ।” पिक यस्तो निष्कर्षमा पुगे: “मोटोपनले विश्‍वकै प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेको भोकमरी अनि सङ्‌क्रामक रोगहरूलाई छिट्टै उछिन्‍ने सम्भावना छ।” अतः मोटोपनको खतरालाई नकार्ने आँट कसले गर्न सक्ला? इट, ड्रिंङ्‌क एण्ड बि हेल्थी पुस्तकमा डा. वाल्टर सी. वीलेट यस्तो लेख्छन्‌, “चाहे तपाईं चुरोट तान्‍नुस्‌ या नतान्‍नुस्‌, तपाईंको बाथरूममा रहेको तौल नाप्ने मेसिनले देखाएको तौल तपाईंको भावी स्वास्थ्यको महत्त्वपूर्ण मापक हो।” यहाँ मूल शब्द भनेको भावी स्वास्थ्य हो।

मोटोपनलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?

कुनै व्यक्‍तिको तौल केवल हुनुपर्नेभन्दा केही बढी अर्थात्‌ ओभरवेट छ अथवा ऊ अचाक्ली मोटाइसकेको छ भन्‍ने कुरा कसरी निर्धारण गर्ने? संयुक्‍त राज्य अमेरिका, रोचेस्टर, मिनेसोटास्थित मायो क्लिनिक यसो भन्छ: “मोटोपनलाई सरल शब्दमा व्याख्या गर्ने हो भने शरीरमा बोसोको मात्रा अत्यधिक बढेर गम्भीर रूपमा ओभरवेट हुनु हो।” तर प्रत्येक व्यक्‍ति ओभरवेट छ वा छैन भनेर कसरी निर्धारण गर्ने? उचाई-तौल तालिकाले कुनै व्यक्‍ति ओभरवेट मात्र छ वा ऊ ओभरवेटलाई पनि उछिनेर अचाक्ली मोटो भइसकेको छ भन्‍ने कुरा निर्धारण गर्न केही हदसम्म मदत गर्छ। (पृष्ठ ५ मा तालिका हेर्नुहोस्‌।) तर यसले शरीरको संरचनालाई समेट्‌दैन। मायो क्लिनिक यसो भन्छ: “कुनै पनि व्यक्‍तिको स्वास्थ्य अवस्थाको अझ राम्रो मापक उसको तौलभन्दा पनि उसको शरीरमा जमेको बोसो हो। जस्तै, कुनै खेलाडीको मांसपेशी अथवा हड्डीको संरचना ठूलो हुने भएकोले उसको तौल बढी हुन सक्छ। ओभरवेट र अचाक्ली मोटोपनका मुख्य कारणहरू के-के हुन्‌? यसपछिको लेखले यस प्रश्‍नबारे चर्चा गर्नेछ। (g04 11/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने