प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 जुलाई पृ. ३
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अमेरिका
  • ब्राजिल
  • नर्वे
  • चेक गणतन्त्र
  • भारत
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०१३
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०१४
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०१३
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०१४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१३
g13 जुलाई पृ. ३

विश्‍वदर्शन

अमेरिका

अमेरिकाको गृह सुरक्षा विभागको रिपोर्टअनुसार गएको दस वर्षमा विमानस्थलका सुरक्षाकर्मीहरूले लगभग पाँच करोड निषेधित मालसामान जफत गरे। सन्‌ २०११ मा मात्रै सुरक्षाकर्मीहरूले विमानभित्र लैजान नपाउने १,२०० भन्दा धेरै हातहतियार जफत गरे। हतियार बोक्ने धेरैजसोले आफूसित बन्दुक छ भनेर बिर्सेको कुरा बताए।

ब्राजिल

विद्यार्थीहरू स्कूलबाट भाग्न नपाओस्‌ भनेर स्कूलका अधिकारीहरूले विद्यार्थीहरूको युनिफर्ममा इलेक्ट्रोनिक चिप राख्न सुरु गरेका छन्‌। त्यस चिपमा भएको सूचकले विद्यार्थी स्कूल पुगेपछि आमाबाबुलाई सन्देश पठाउँछ। तर विद्यार्थी २० मिनेटभन्दा ढिलो स्कूल पुगेमा चाहिं फरक सन्देश पठाउँछ।

नर्वे

लुथरान चर्च अब नर्वेको राष्ट्रिय धर्म होइन। नर्वेको इतिहासमा पहिलो चोटि त्यहाँको संसद्‌ले राष्ट्रलाई चर्चको बन्धनबाट मुक्‍त गर्न संविधान संशोधन गर्ने पक्षमा भोट खसाल्यो।

चेक गणतन्त्र

एउटा सर्वेक्षणमा चेक गणतन्त्रका कर्मचारीहरूमध्ये दुई तिहाइले आफू बिदामा भए पनि कामसम्बन्धी फोन, ईमेल अथवा मेसेज आउँदा जवाफ दिनै पर्ने महसुस गरेको बताए। एक तिहाइभन्दा धेरैले चाहिं तुरुन्तै जवाफ नफर्काउनु अशिष्टता हो भने।

भारत

भारतमा गत २० वर्षमा खाद्य पदार्थको उत्पादनमा लगभग ५० प्रतिशतले वृद्धि भएको छ र ७ करोड १० लाख टन चामल र गहुँ सञ्चय गरिएको छ। तैपनि भारतले भोकमरीको समस्या खेपिरहेको छ। सञ्चय गरिएको अन्‍नमध्ये ४० प्रतिशत मात्र त्यहाँका मानिसहरूको चुल्होमा पुग्न सकेको छ। भ्रष्टाचार र खाद्य पदार्थ खेर जानु समस्याका कारणहरूमध्ये हुन्‌। (g13-E 05)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने