प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 जुलाई पृ. ३
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दक्षिणपूर्वी एसिया
  • युरोप
  • न्यु जील्याण्ड
  • अलास्का
  • विश्‍व
  • आउनुहोस्‌, विशाल मेकोंगसँगै रम्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००७
  • बाल यौन शोषण—एक विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—१९९७
  • “सुनौलो देश” म्यानमार
    ब्यूँझनुहोस्‌!—२००२
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०१३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 जुलाई पृ. ३

विश्‍वदर्शन

दक्षिणपूर्वी एसिया

रूखको हाँगामा बेरिएको सर्प

विश्‍व वन्यजन्तु कोषका अनुसार सन्‌ १९९७ देखि सन्‌ २०११ सम्ममा थुप्रै नयाँ प्रजातिका बिरुवा र जनावरहरू ग्रेटर मेकङ क्षेत्रमा पत्ता लागेका छन्‌। जस्तै, गाढा रातो रङ्‌गको आँखा भएको सर्प। ग्रेटर मेकङ क्षेत्रमा कम्बोडिया, चीनको युनान प्रान्त, थाइल्याण्ड, भियतनाम, म्यानमार र लाओसका केही भागहरू पर्छन्‌। सन्‌ २०११ मा मात्रै ८२ प्रजातिका बिरुवा, २१ प्रजातिका घस्रने जन्तु, १३ प्रजातिका माछा, ५ प्रजातिका उभयचर र ५ प्रजातिका स्तनधारी जन्तु भेट्टाइएका छन्‌।

युरोप

“युरोपेली सङ्‌घका सम्पूर्ण राष्ट्रहरूमा” मानव तस्करी एउटा डरलाग्दो समस्या भएको छ भनी द मस्को टाइम्स पत्रिका बताउँछ। यौन शोषण, मजदुरी र “अवैध रूपमा मानव अङ्‌गको व्यापार” गर्नका लागि मानिसहरूलाई बेच्ने गरिन्छ। तस्करीहरूले प्रायः गरिबी, बेरोजगारी र लैङ्‌गिक असमानताको मारमा परेकाहरूलाई फसाउने गर्छन्‌।

न्यु जील्याण्ड

टिभी हेरिरहेको बालक

बच्चाहरू र किशोरकिशोरीको टिभी हेर्ने बानीबारे अनुसन्धान गर्नेहरूले के पत्ता लगाएका छन्‌ भने लामो समयसम्म टिभी हेर्ने किशोरकिशोरीले “समाजमा अस्वीकार्य बानीबेहोरा देखाउने गर्छन्‌।” ती अनुसन्धानकर्ताहरूका अनुसार बच्चाहरूले “दिनको एक देखि दुई घण्टाभन्दा धेरै समय टिभी हेर्नु हुँदैन। त्यो समयमा पनि शिक्षामूलक कार्यक्रम मात्रै हेर्नुपर्छ।”

अलास्का

आकाशबाट खिचिएको अलास्काको एउटा गाउँ

अलास्काका प्रायः “गाउँहरू” समुद्र वा नदीको किनारमा अवस्थित छन्‌। अनि यीमध्ये झन्डै ८६ प्रतिशत गाउँहरू बाढीपहिरोको सिकार भएका छन्‌। नदी वा समुद्रको किनारमा जम्ने बरफले ती गाउँहरूलाई शरद्‌ ऋतुमा आउने आँधीबेहरीबाट जोगाउँथ्यो। तर अध्ययनले देखाएअनुसार तापक्रममा वृद्धि भएकोले बरफ जम्न सकेको छैन।

विश्‍व

हावाबाट चल्ने मिल

वायु र सौर्य ऊर्जा जस्ता स्वच्छ ऊर्जा प्रविधिमा धेरै लगानी गरिएको छ। तैपनि अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीकी कार्यकारी निर्देशक मारिया भान डे हुभन अनुसार “बीस वर्षअघि ऊर्जा उत्पादन गर्ने क्रममा जत्ति प्रदूषण हुन्थ्यो अहिले पनि ऊर्जा उत्पादन गर्दा लगभग उत्ति नै प्रदूषण हुन्छ।” (g14-E 05)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने