प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 जुलाई पृ. १२-१३
  • गिजाको रोग तपाईंलाई पनि छ कि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गिजाको रोग तपाईंलाई पनि छ कि?
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गिजाको रोगसम्बन्धी केही तथ्य
  • गिजाको रोगका कारण तथा असर
  • गिजाको रोग पत्ता लगाउने तरिका र यसको उपचार
  • स्वस्थ दाँत, मीठो मुस्कान
    ब्यूँझनुहोस्‌!—२००५
  • डेन्टिस्टकहाँ किन जानुपर्छ?
    ब्यूँझनुहोस्‌!—२००७
  • श्‍वासको दुर्गन्ध हटाउन तपाईं के गर्न सक्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९५
  • अर्थोडन्टिक्स—यसमा के समावेश छ?
    ब्यूँझनुहोस्‌!—१९९८
ब्यूँझनुहोस्‌!—२०१४
g14 जुलाई पृ. १२-१३

गिजाको रोग तपाईंलाई पनि छ कि?

मुखभित्र हुने स्वास्थ्य समस्याहरूमध्ये सबैभन्दा सामान्य एउटा समस्या गिजाको रोग हो। सुरु-सुरुमा यो रोगको लक्षण स्पष्ट देखिंदैन। यो गिजाको रोगको एउटा विशेषता हो। द इन्टरनेशनल डेन्टल जर्नल-ले गिजाको रोगलाई “गम्भीर जन-स्वास्थ्य समस्याहरूको” सूचीमा राखेको छ। गिजाको रोगको “दुखाइ असह्‍य हुन्छ, यसले गर्दा खाना खान समेत गाह्रो हुन्छ र मानिसको जीवन नै खल्लो हुन्छ” भनी उक्‍त पत्रिका बताउँछ। आउनुहोस्‌, प्रायः मानिसहरूलाई पिरोलेको यो रोगबारे छलफल गरौं। यसले तपाईंलाई गिजाको रोगको खतरा कम गर्न मदत गर्न सक्छ।

गिजाको रोगसम्बन्धी केही तथ्य

गिजाको रोगका विभिन्‍न चरणहरू हुन्छन्‌। गिजा सुन्‍निनु सबैभन्दा पहिलो चरण हो, जसलाई जिन्जीभाइटिस भनिन्छ। यस चरणको एउटा लक्षण गिजाबाट रगत आउनु हो। दाँत माझ्दा, धागोले सफा गर्दा (डेन्टल फ्लस) वा केही नगर्दा पनि गिजाबाट रगत आउन सक्छ। साथै, डाक्टरले गिजाको परीक्षण गर्दा रगत आउँछ भने त्यो पनि जिन्जीभाइटिसको एउटा लक्षण हो।

जिन्जीभाइटिस बढ्‌दै गएपछि पिरियोडन्टाइटिस हुन्छ। यस चरणमा तपाईंको दाँतलाई आड दिने हड्डी र गिजाका तन्तु कमजोर हुन थाल्छ। सुरु-सुरुमा पिरियोडन्टाइटिसका लक्षणहरू खासै देखिंदैन। तर जटिल अवस्थामा पुगिसकेपछि यस्ता लक्षणहरू देखिन सक्छन्‌: गिजा र दाँत अथवा दाँत र हड्डीबीच खाली ठाउँ हुनु (गिजा पकेट), दाँत हल्लिनु, दाँतहरूबीचको अन्तर ठूलो हुनु, सास गन्हाउनु, दाँत लामो देखिनेगरि गिजा खुम्चिनु र गिजाबाट रगत आउनु।

गिजाको रोगका कारण तथा असर

गिजाको रोग थुप्रै कारणले लाग्न सक्छ। एउटा मुख्य कारण प्लाक हो। प्लाक भनेको कीटाणुहरूको पातलो पत्र हो, जुन दाँतमा टाँसिन्छ। यदि प्लाकलाई हटाइएन भने कीटाणुको कारण गिजा सुन्‍निन थाल्छ। यो समस्या बढ्‌दै गएपछि गिजा बिस्तारै खुकुलो हुँदै जान्छ र यसले गर्दा कीटाणु गिजाभित्र पस्छ। त्यसपछि गिजा झन्‌झन्‌ सुन्‍निन थाल्छ र कीटाणुले हड्डी अनि गिजाका तन्तुलाई आक्रमण गर्छ। समय बित्दै जाँदा प्लाक कडा हुँदै जान्छ र कडा भएको त्यस पत्रलाई टार्टर भनिन्छ। टार्टरमा पनि धेरै कीटाणु हुन्छन्‌। अनि यो कडा र दाँतमा बेस्सरी टाँसिने भएकाले यसलाई प्लाकजस्तो सजिलै हटाउन सकिंदैन। त्यसैले कीटाणुहरूले गिजालाई झन्‌ धेरै असर पुऱ्‍याउँछ।

गिजाको रोगका अरू कारणहरू पनि छन्‌। जस्तै, मुखको सरसफाइमा ध्यान नदिनु, मधुमेह रोगलाई नियन्त्रणमा नराख्नु र रोग प्रतिरोधक क्षमतालाई कमजोर बनाउने औषधी सेवन गर्नु। साथै, भाइरस सङ्‌क्रमण, गर्भवती हुँदा हर्मोनमा हुने परिवर्तन, तनाव, अत्यधिक मद्यपान र सुर्तीजन्य पदार्थको सेवनले पनि गिजाको रोग लाग्न सक्छ।

गिजाको रोगले तपाईंलाई विभिन्‍न तरिकामा असर गर्न सक्छ। यो रोगले गर्दा दाँत असाध्यै दुख्छ र दाँत निकालेर फाल्नुपर्ने पनि हुन सक्छ। त्यस्तो अवस्थामा खानेकुरा चपाउन र खानाको आनन्द लिन गाह्रो हुन्छ। अनि प्रस्ट बोली बोल्न गाह्रो हुन्छ र अनुहारको रूप पनि बिग्रन सक्छ। साथै अध्ययनले देखाएअनुसार दाँतको समस्याले पूरै शरीरको स्वास्थ्यलाई असर गर्छ।

गिजाको रोग पत्ता लगाउने तरिका र यसको उपचार

आफूलाई गिजाको रोग लागेको छ कि छैन, कसरी थाह पाउने? सायद यस लेखमा बताइएका केही लक्षणहरू तपाईंमा देखा परेको हुन सक्छ। त्यसो हो भने दन्त चिकित्सकसँग सल्लाह लिनु राम्रो हो।

के गिजाको रोगको उपचार छ? सुरु-सुरुको अवस्थामा गिजाको रोगलाई निको पार्न सकिन्छ। तर पिरियोडन्टाइटिसको अवस्थासम्म पुगिसकेको छ भने रोगलाई पूरै निको पार्न त सकिंदैन तैपनि दाँतको वरपर भएको हड्डी वा गिजाको तन्तुलाई बिग्रनदेखि जोगाउन सकिन्छ। डाक्टरहरूले विशेष किसिमको औजार प्रयोग गरेर दाँतबाट प्लाक र टार्टरलाई हटाउन सक्छन्‌।

यदि तपाईं बस्नुभएको ठाउँ वरपर दन्त स्वास्थ्य सेवा उपलब्ध छैन भने यो डरलाग्दो रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको नियमित रूपमा अनि सही तरिकामा दाँतको सरसफाइ गर्नु हो। (g14-E 06)

दाँतको सरसफाइ

कम्तीमा दिनको दुई पटक दाँत माझ्नुहोस्‌। गिजाको रोगको खतरा कम गर्न कसै-कसैले दिनको दुई पटकभन्दा धेरै दाँत माझ्नुपर्ने हुन सक्छ। जस्तै, हरेक चोटि खाना खाएपछि

नरम खालको ब्रस प्रयोग गर्नुहोस्‌। दाँत माझ्दा ब्रसले बेस्सरी नघोट्‌नुहोस्‌, हल्का माझ्नुहोस्‌

दिनहुँ दाँत सफा गर्ने धागो (फ्लस) प्रयोग गर्नुहोस्‌। आवश्‍यक परेमा दाँतहरू बीचको फोहोर सफा गर्न बनाइने विशेष किसिमको ब्रस वा सिन्को (टुथपिक) प्रयोग गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने