प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या २ पृ. ६-७
  • १. के ईश्‍वरले गर्दा दुःखकष्ट भएको हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १. के ईश्‍वरले गर्दा दुःखकष्ट भएको हो?
  • ब्यूँझनुहोस्‌!—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • यसबारे सोच्नुहोस्‌:
  • बाइबल के भन्छ?
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२०
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • परमेश्‍वरले किन दुःखकष्ट हटाउनुहुन्‍न?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • के ईश्‍वरले हामीलाई दुःखकष्ट दिनुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या २ पृ. ६-७
शोक गरिरहेकाहरूको अगाडि एक पादरी प्रवचन दिँदै छन्‌ र तिनको हातमा बाइबल छ।

१. के ईश्‍वरले गर्दा दुःखकष्ट भएको हो?

यस विषयमा किन चासो राख्नुपर्छ?

धेरैजसो मानिसहरू ईश्‍वरको उपासना गर्न चाहँदैनन्‌ किनभने तिनीहरू दुःखकष्टको दोष उहाँलाई दिन्छन्‌।

यसबारे सोच्नुहोस्‌:

धेरैजसो धर्मगुरुले सीधै होस्‌ या घुमौरो पाराले, दुःखकष्टको दोष ईश्‍वरलाई दिन्छन्‌। उदाहरणको लागि, कसै-कसैले यसो भन्‍ने गर्छन्‌:

  • ईश्‍वरले प्राकृतिक प्रकोप ल्याएर सजाय दिनुहुन्छ।

  • ईश्‍वरलाई स्वर्गमा अझ धेरै स्वर्गदूत चाहिएकोले साना केटाकेटीको मृत्यु हुन्छ।

  • युद्धहरूमा ईश्‍वरले कसै न कसैको पक्ष लिनुहुन्छ।

तर धर्मगुरुहरूले ईश्‍वरबारे सिकाइरहेका कुरा गलत पो हो कि? यदि ईश्‍वरले नै तिनीहरूलाई अस्वीकार गर्नुभएको छ भने के तिनीहरूको कुरा सही होला?

थप जानकारी पाउनुहोस्‌

jw.org/ne मा बाइबल किन पढ्‌नुपर्छ? भिडियो हेर्नुहोस्‌।

बाइबल के भन्छ?

ईश्‍वरले गर्दा दुःखकष्ट भएको होइन।

उहाँले गर्दा दुःखकष्ट भएको हो भने यो कुरा बाइबलमा उल्लेख गरिएको उहाँका असल गुणहरूसित बाझिने थियो। उदाहरणको लागि,

“[ईश्‍वरका] सबै काम न्यायसङ्‌गत छन्‌। . . . उहाँ सत्य र न्यायी हुनुहुन्छ।”—व्यवस्था ३२:४.

“साँचो परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न, सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।”—अय्युब ३४:१०.

“सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कहिल्यै कसैमाथि अन्याय गर्नुहुन्‍न।”—अय्युब ३४:१२.

ईश्‍वर आफूबारे गलत कुरा सिकाउने धर्महरूलाई स्विकार्नुहुन्‍न।

ती धर्महरूमा ईश्‍वरले गर्दा दुःखकष्ट भोग्नुपरेको हो भनी सिकाउने अनि युद्ध र हिंसामा मुछिएका धर्महरू समावेश छन्‌।

“ती भविष्यवक्‍ताहरूले [ईश्‍वरको] नाममा झूटो भविष्यवाणी गरिरहेका छन्‌। मैले उनीहरूलाई पठाएको होइनँ। मैले उनीहरूलाई कुनै आदेश दिएको वा उनीहरूलाई केही बताएको पनि छैनँ। उनीहरू झूटो भविष्यवाणी गर्छन्‌ . . . र आफ्नै छली विचार बताउँछन्‌।”—यर्मिया १४:१४.

येसुले कपटी धर्मगुरुहरूलाई धिक्कार्नुभयो।

“मलाई ‘प्रभु, प्रभु’ भन्‍नेहरूमध्ये सबै जना स्वर्गको राज्यमा पस्नेछैनन्‌ तर स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छाअनुसार चल्नेहरू मात्र त्यहाँ पस्नेछन्‌। त्यस दिन धेरैले मलाई यसो भन्‍नेछन्‌: ‘हे प्रभु, हे प्रभु, के हामीले तपाईँको नाममा भविष्यवाणी गरेनौँ र? तपाईँको नाममा प्रेतहरूलाई धपाएनौँ र? अनि के हामीले तपाईँको नाममा थुप्रै शक्‍तिशाली काम गरेनौँ र?’ त्यतिबेला म तिनीहरूलाई प्रस्टै यसो भन्‍नेछु: ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ! ए कुकर्मी हो, मबाट पर हटिहाल!’”—मत्ति ७:२१-२३.

के ईश्‍वरले गर्दा दुःखकष्ट भएको हो?

मानिलिनुहोस्‌, एक जना बुबाले आफ्नो छोराछोरीको लालनपालन गर्छन्‌ अनि तिनीहरूलाई चाहिने सबै कुरा जुटाउँछन्‌। पछि एक जना छोरा विद्रोही हुन्छ, घर छोडेर जान्छ अनि कुलतमा फस्छ। के छोराको त्यस्तो दुर्गतिको दोष बुबालाई दिन मिल्छ? के छोराले आफूले भोग्नुपरेको दुःखदायी परिणामको दोष बुबालाई दिन मिल्छ? त्यसैगरि हामीले पनि दुःखकष्टको दोष ईश्‍वरलाई दिन मिल्दैन।

तर के त्यसको मतलब दोषी हामी नै हौँ?

प्रश्‍न २ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने