प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या ३ पृ. ३
  • पूर्वाग्रह—के तपाईँमा विकास भएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूर्वाग्रह—के तपाईँमा विकास भएको छ?
  • ब्यूँझनुहोस्‌!—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • पूर्वाग्रहको के तपाईं शिकार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • पूर्वाग्रहका मूल कारणहरू
    ब्यूँझनुहोस्‌!—२००४
  • पूर्वाग्रहको अन्त
    ब्यूँझनुहोस्‌!—२००४
  • पूर्वाग्रहको विभिन्‍न रूप
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या ३ पृ. ३
दुई पुरुष एकअर्कातर्फ हिँड्‌दै छन्‌। एक जनाले अर्कोको छाया अनिष्ट र डरलाग्दो भएको कल्पना गर्छन्‌।

पूर्वाग्रह के तपाईँमा विकास भएको छ?

पूर्वाग्रह एउटा भाइरसजस्तै हो। यसले आफ्नो सिकारलाई हानि पुऱ्‍याउँछ अनि तिनीहरूलाई आफू सङ्‌क्रमित भएको थाहै नहुन सक्छ।

मानिसहरू अर्कै देश, जाति वा भाषाका मानिसहरूप्रति मात्र नभई बेग्लै धर्म, लिङ्‌ग वा सामाजिक ओहदाका मानिसहरूप्रति पनि पूर्वाग्रही हुन सक्छन्‌। कोही-कोही उमेर, शैक्षिक योग्यता, शारीरिक अशक्‍तता वा रूपरङ्‌गको आधारमा पनि अरूप्रति नकारात्मक मनोवृत्ति राख्छन्‌। त्यसो गरे तापनि तिनीहरूलाई आफू पूर्वाग्रही भएको जस्तो लाग्दैन।

के तपाईँमा पनि पूर्वाग्रही भावना विकास हुन सक्छ? हामीमध्ये धेरैले अरूमा भएको पूर्वाग्रही भावना सजिलै थाह पाउन सक्छौँ। तर आफूमा पूर्वाग्रह विकास भएको भने थाह पाउन गाह्रो हुन सक्छ। तर वास्तवमा हामी सबै केही हदसम्म पूर्वाग्रही हुन्छौँ। आफूले नकारात्मक दृष्टिकोण राखेको समूहको कसैलाई भेट्‌दा मानिसहरू “उक्‍त व्यक्‍तिसित फरक तरिकामा व्यवहार गर्छन्‌ र तिनीहरूलाई आफूले त्यसो गरेको थाहै हुँदैन” भनेर समाजशास्त्रका प्राध्यापक डेभिड विलियम्स बताउँछन्‌।

उदाहरणको लागि, दक्षिणपूर्वी युरोपको एउटा देशमा बस्ने योभेत्सा नाम गरेका भाइ त्यही ठाउँको एउटा अल्पसङ्‌ख्यक जातिबारे यसो भन्छन्‌: “त्यस जातिको कोही पनि असल हुनै सक्दैन जस्तो मलाई लाग्थ्यो। तर आफू पूर्वाग्रही भइरहेको जस्तो चाहिँ लाग्दैनथ्यो। किनभने आफूले सोचिरहेको कुरा ठीकै हो जस्तो मलाई लाग्थ्यो।”

जातीय विभेद र अन्य किसिमको पूर्वाग्रह हटाउन धेरैजसो सरकारहरूले कानुन नै बनाएका छन्‌। तैपनि पूर्वाग्रह हटेको छैन। किन? किनभने ती कानुनहरूले मानिसको सोचाइ र भावनालाई नभई व्यवहार-लाई मात्र नियन्त्रण गर्न सक्छ। अनि पूर्वाग्रह मानिसको दिमाग र हृदयबाटै सुरु हुन्छ। त्यसोभए के पूर्वाग्रह हटाउने कुनै उपाय छ?

यसपछिका लेखहरूमा थुप्रैलाई आफ्नो दिमाग र हृदयबाट पूर्वाग्रह हटाउन मदत गरेका पाँच वटा सिद्धान्त छलफल गरिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने