प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 सङ्‌ख्या १ पृ. १५
  • तपाईँ बुद्धि प्राप्त गर्न सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ बुद्धि प्राप्त गर्न सक्नुहुन्छ
  • ब्यूँझनुहोस्‌!—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उहाँको बुद्धिबाट तपाईँले लाभ उठाएको ईश्‍वर चाहनुहुन्छ
  • तपाईँ ईश्‍वरले दिनुहुने बुद्धि प्राप्त गर्न सक्नुहुन्छ
  • हामी सृष्टिकर्ताको कुरा कसरी सुन्‍न सक्छौँ?
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • ईश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न? यो कत्तिको महत्त्वपूर्ण प्रश्‍न हो?
    ब्यूँझनुहोस्‌!—२०१५
  • सही र गलत: तपाईँले गर्नुपर्ने छनौट
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
  • परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने साँचो शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 सङ्‌ख्या १ पृ. १५

तपाईँ बुद्धि प्राप्त गर्न सक्नुहुन्छ

“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो।” (२ तिमोथि ३:१६) यसको मतलब सर्वशक्‍तिमान्‌ सृष्टिकर्ताले आफ्ना विचारहरू बाइबल लेखकहरूको मनमा राखिदिनुभयो।

बाइबलका विशेषताहरू

  • किताबको विभिन्‍न भाग।

    ६६

    बाइबलमा भएका किताबहरूको सङ्‌ख्या।

  • माथिबाट चहकिलो ज्योति चम्किरहेको छ र एउटा हातले लेख्दै छ।

    ४०

    बाइबल लेख्न ईश्‍वरले प्रयोग गर्नुभएका पुरुषहरूको सङ्‌ख्या।

  • आवरग्लास।

    ईसापूर्व १५१३

    बाइबल लेख्न सुरु गरिएको वर्ष—३५०० वर्षभन्दा अघि!

  • विभिन्‍न भाषाको लिपि।

    ३,०००+

    आंशिक वा पूर्ण बाइबल उपलब्ध भएका भाषाहरूको सङ्‌ख्या।

उहाँको बुद्धिबाट तपाईँले लाभ उठाएको ईश्‍वर चाहनुहुन्छ

“म यहोवा . . . तिमीहरूकै भलाइ होस्‌ भनेर . . . तिमीहरूलाई सिकाउँछु। तिमीहरू हिँड्‌नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्‍याउँछु। तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्‍यौ भने तिमीहरूको शान्ति नदीझैँ हुनेछ र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।”—यसैया ४८:१७, १८.

यसलाई तपाईँ ईश्‍वरले व्यक्‍तिगत रूपमा दिनुभएको निम्तोको रूपमा हेर्न सक्नुहुन्छ। उहाँ तपाईँले मनोशान्ति र चिरकालीन आनन्द पाएको चाहनुहुन्छ। साथै उहाँ तपाईँलाई मदत गर्न तयार हुनुहुन्छ।

तपाईँ ईश्‍वरले दिनुहुने बुद्धि प्राप्त गर्न सक्नुहुन्छ

“सारा जातिहरूलाई पहिला सुसमाचार प्रचार गरिनुपर्छ।”—मर्कुस १३:१०.

यस “सुसमाचार”-मा दुःखकष्टको अन्त गर्ने, पृथ्वीलाई सुन्दर बगैँचा बनाउने र मरिसकेका प्रियजनहरूलाई फेरि जीवित पार्ने यहोवाका प्रतिज्ञाहरू समावेश छन्‌। यहोवाका साक्षीहरूले संसारभरि बाइबलआधारित यो सुसमाचार सुनाउँदै छन्‌।

बाइबल पढेपछि मेरा प्रश्‍नहरूको जवाफ पाएँ

“मैले सानैदेखि सृष्टिकर्ता को हुनुहुन्छ होला भनेर सोच्ने गर्थेँ। मेरो मनमा यस्तो विचार आउँथ्यो: ‘ठाउँअनुसार ईश्‍वर पनि कसरी फरक-फरक हुन सक्छ र?’ बाइबलमा रोमी ३:२९ मा ईश्‍वर ‘मानिसहरूका परमेश्‍वर’ हुनुहुन्छ भनेर लेखिएको छ। यो कुरा मलाई असाध्यै मन पऱ्‍यो। साथै उहाँको व्यक्‍तिगत नाम छ, त्यो हो: यहोवा। अनि हामीले उहाँसित मित्रता गाँसेको उहाँ चाहनुहुन्छ।”—राकेश।

राकेश।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने