प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 सङ्‌ख्या २ पृ. १०-१२
  • तपाईँको वैवाहिक सम्बन्धलाई प्रविधिले कसरी असर गर्न सक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँको वैवाहिक सम्बन्धलाई प्रविधिले कसरी असर गर्न सक्छ?
  • ब्यूँझनुहोस्‌!—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँले के बुझ्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • प्रविधिको उचित प्रयोग कसरी गर्ने?
    परिवारका लागि
  • अफिसको कामलाई अफिसमै सीमित राख्नुहोस्‌
    परिवारका लागि
  • एकअर्कासित समय बिताउनुहोस्‌
    परिवारका लागि
  • पाको उमेरमा तपाईँ कसरी वैवाहिक सम्बन्धलाई जोगाउन सक्नुहुन्छ?
    परिवारका लागि
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 सङ्‌ख्या २ पृ. १०-१२
एक पुरुष एयरपोर्टबाट घरमा भएकी पत्नीसित भिडियो-कल गर्दै छन्‌।

प्रविधिले कसरी असर गर्न सक्छ? तपाईँको वैवाहिक सम्बन्धलाई

विवाहित दम्पतीहरूको लागि प्रविधि उपयोगी हुन सक्छ। जस्तै, सँगै नभएको बेला प्रविधिले उनीहरूलाई एकअर्कासित सम्पर्कमा रहन मदत गर्न सक्छ।

तर प्रविधि गलत तरिकामा प्रयोग गर्दा कुनै-कुनै दम्पतीले यस्ता समस्याहरू भोग्नुपरेको छ . . .

  • एकअर्कासित बिताउने समय खोसिन सक्छ।

  • घरमै हुँदा पनि अफिसको काम गर्ने झुकाव हुन सक्छ।

  • शङ्‌का गर्ने र अवफादार हुने हदसम्म पुऱ्‍याउन सक्छ।

तपाईँले के बुझ्नुपर्छ?

राती अबेरसम्म पतिपत्नी आफ्नो मोबाइल हेर्दै छन्‌।

सँगै बिताउने समय

माइकल नाम गरेका पति यसो भन्छन्‌, “कहिलेकाहीँ मेरी पत्नी र म एउटै कोठामा हुँदा पनि उनी सँगै नभएको जस्तो लाग्छ। उनी आफ्नै फोनमा भुलिरहेकी हुन्छिन्‌ तैपनि ‘भर्खरै हेर्ने फुर्सद पाएँ’ भनेर भन्छिन्‌।” यस्तो अवस्थामा “दम्पतीहरू सँगै भए तापनि एकअर्काबाट टाढा भएको महसुस गर्छन्‌” भनी जोनाथन नाम गरेका पति भन्छन्‌।

यसबारे सोच्नुहोस्‌: आफ्नो जोडीसँग बिताउनुपर्ने समयमा तपाईँ फोन गर्न अथवा मेसेज गर्न कत्तिको व्यस्त हुनुहुन्छ?—एफिसी ५:३३.

काम

कोही-कोही मानिसहरूको कामको प्रकारले गर्दा तिनीहरू हर समय उपलब्ध भइरहनुपर्ने हुन सक्छ। तर यस्तो प्रकारको काम नहुनेहरूको पनि घरमै हुँदा समेत काम गर्ने झुकाव हुन सक्छ। “आफ्नी पत्नीसित बिताउन छुट्ट्याएको समयमा कामबाट आएको फोन वा मेसेज नहेरी बस्न गाह्रो हुन्छ” भनी लि नाम गरेका पति स्विकार्छन्‌। जोइ नाम गरेकी पत्नी यसो भन्छिन्‌: “म घरबाटै काम गर्छु, त्यसैले काम त सधैँ भइरहन्छ। सन्तुलित हुन प्रयास गर्नै पर्छ।”

यसबारे सोच्नुहोस्‌: तपाईँको जोडीले कुरा गरिरहेको बेला के तपाईँ ध्यान दिएर सुन्‍नुहुन्छ?—लुका ८:१८.

वफादारी

एउटा सर्वेक्षणअनुसार थुप्रै दम्पतीको झगडा हुनुको एउटा कारण आफ्नो जोडीले सामाजिक सञ्जालमा के गरिरहेका छन्‌ भन्‍ने शङ्‌काले गर्दा हो। सर्वेक्षण लिइएकाहरूमध्ये १० प्रतिशतले आफूले अनलाइनमा पोस्ट गरेका कुराहरू आफ्नो जोडीबाट लुकाएको कुरा स्विकारे।

थुप्रै मानिसको विचारमा दम्पतीहरूको लागि सामाजिक सञ्जाल खतरनाक हुन सक्छ र व्यभिचार गर्ने हदसम्म पुऱ्‍याउन सक्छ। सम्बन्धविच्छेदसम्बन्धी वकिलहरूले धेरैजसो विवाहहरू टुट्‌नुको एउटा मुख्य कारण सामाजिक सञ्जाल हो भनी बताउँछन्‌।

यसबारे सोच्नुहोस्‌: के तपाईँ विपरीत लिङ्‌गसित गरेको कुराकानी आफ्नो जोडीबाट लुकाउनुहुन्छ?—हितोपदेश ४:२३.

तपाईँ के गर्न सक्नुहुन्छ?

प्राथमिकताहरू तय गर्नुहोस्‌

खान हेलचेक्य्राइँ गर्ने मानिस स्वस्थ रहँदैन। त्यसैगरि आफ्नो जोडीसित समय बिताउन हेलचेक्य्राइँ गर्ने मानिसलाई आफ्नो वैवाहिक सम्बन्ध बलियो बनाइराख्न गाह्रो हुन सक्छ।—एफिसी ५:२८, २९.

बाइबल सिद्धान्त: ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, पक्का गर।’—फिलिप्पी १:१०.

आफूले लागू गर्न चाहेका सुझावहरूबारे एकअर्कासँग कुरा गर्नुहोस्‌ वा प्रविधिलाई आफ्नो वैवाहिक जीवनमा बाधा पुऱ्‍याउन नदिन आफूले गर्न सक्ने थप कुराहरू लेख्नुहोस्‌।

  • दिनमा कम्तीमा एकपटक सँगै खाना खाने

  • दिनमा कुन-कुन समय इलेक्ट्रोनिक साधन नचलाउने भनेर समय तोक्ने

  • सँगै केही रमाइलो गर्न समय मिलाउने

  • सुत्ने समयमा इलेक्ट्रोनिक साधनहरू नचलाउने

  • इलेक्ट्रोनिक साधन पन्छाएर आफ्नो जोडीसित कुरा गर्न हरेक दिन १५ मिनेट छुट्ट्याउने

  • कुनै तोकिएको समयमा इन्टरनेट बन्द गर्ने

दम्पतीहरूले विचार गर्नुपर्ने कुराहरू

यी प्रश्‍नहरू छुट्टाछुट्टै विचार गर्नुहोस्‌; त्यसपछि आफ्नो जोडीसँगै मिलेर छलफल गर्नुहोस्‌।

  • तपाईँको वैवाहिक बन्धनलाई बलियो बनाउन प्रविधिलाई कस्तो तरिकामा प्रयोग गर्न सक्नुहुन्छ?

  • तपाईँको विचारमा एकअर्कासित बिताउनुपर्ने समय प्रविधिले कत्तिको खाइरहेको छ?

  • प्रविधि प्रयोग गर्ने सन्दर्भमा तपाईँहरू के-कस्ता छाँटकाँटहरू गर्न सक्नुहुन्छ?

  • कामलाई काम गर्ने ठाउँमै छोड्‌न तपाईँलाई कत्तिको सजिलो लाग्छ? के तपाईँको जोडी तपाईँसित सहमत हुनुहुन्छ?

  • आफ्नो जोडीबाट पाउनुपर्ने समयको विषयमा तपाईँ कत्तिको व्यावहारिक हुनुहुन्छ?

    बाइबल सिद्धान्त: “हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।”—१ कोरिन्थी १०:२४.

जेसन र अलेक्जेन्ड्रा।

“म घरबाटै काम गर्छु, त्यसैले आफूले तोकेको समयमा मात्रै काम गर्ने प्रयास गर्छु। कामले नअलमल्याओस्‌ भनेर म आफूले छुट्ट्याएको समयमा मोबाइलको नोटिफिकेसन बन्द गर्छु। यस्तो बेला म समय हेर्नेजस्ता कुराहरूको लागि मात्रै मोबाइल प्रयोग गर्छु।”—जेसन, आफ्नी पत्नी अलेक्जेन्ड्रासित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने