प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ६
  • असल छोरा र खराब छोरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल छोरा र खराब छोरा
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • भिन्‍नाभिन्‍नै मनोवृत्ति विकास गर्ने दाजुभाइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • रिसले गलत काम गर्न लगाउन सक्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यहोवालाई ग्रहणयोग्य बलिदान चढाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “तिनी मरिसकेको भए तापनि . . . अझै बोल्दैछन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ६
कयिनले परमेश्‍वरलाई उपहार दिन खानेकुरा ल्याउँछन्‌, हाबिलले चाहिँ भेडा ल्याउँछन्‌

कथा ६

असल छोरा र खराब छोरा

चित्रमा कयिन र हाबिललाई हेर त। उनीहरू ठूला भइसकेका छन्‌। कयिन खेतमा काम गर्छ। ऊ अन्‍न, फलफूल र सागपात उमार्छ।

हाबिलचाहिं भेडा चराउँछ। ऊ भेडाका पाठाहरूको स्याहारसुसार गर्न मन पराउँछ। ती पाठाहरू केही समयपछि ठूला हुन्छन्‌ र त्यसपछि हाबिलले पूरै बगालको हेरचाह गर्नुपर्छ।

एकदिन कयिन र हाबिलले परमेश्‍वरका लागि भनेर केही उपहार ल्याउँछन्‌। कयिनले आफ्नो खेतमा फलेको केही खानेकुरा ल्याउँछ। हाबिलले भने आफूसित भएको सबैभन्दा राम्रो भेडा ल्याउँछ। यहोवा हाबिल र उसको उपहारसित खुसी हुनुहुन्छ। तर कयिन र उसको उपहारचाहिं उहाँलाई मन पर्दैन। किन, तिमीलाई थाह छ?

किनभने कयिनको भन्दा हाबिलको उपहार राम्रो छ। तर यति मात्र होइन। हाबिल असल पनि छ। ऊ यहोवालाई अनि आफ्नो दाइलाई माया गर्छ। तर कयिन खराब छ; ऊ आफ्नो भाइलाई माया गर्दैन।

हाबिललाई मारेपछि कयिन भाग्छन्‌

यसकारण परमेश्‍वरले कयिनलाई उसको नराम्रो बानी छोड्‌नुपर्छ भन्‍नुहुन्छ। तर कयिनले सुन्दैन। परमेश्‍वरले हाबिललाई बढी मन पराउनुभयो भनेर कयिनलाई असाध्यै रिस उठ्‌छ। एकदिन उसले हाबिललाई ‘आऊ हामी खेतमा जाउँ’ भन्छ। त्यहाँ उनीहरू एक्लै भएपछि कयिनले आफ्नो भाइलाई कुट्‌छ। उसले भाइलाई बेस्सरी कुटेर मार्छ। कयिनले कस्तो नराम्रो काम गऱ्‍यो, हगि?

हाबिल मरे पनि परमेश्‍वरले उसलाई अझै सम्झिरहनुहुन्छ। हाबिल असल थियो र असल मान्छेलाई यहोवाले कहिल्यै बिर्सनुहुन्‍न। यहोवा परमेश्‍वरले एकदिन हाबिललाई फेरि जिउँदो बनाउनुहुनेछ। त्यसपछि हाबिल फेरि कहिल्यै मर्नेछैन। ऊ सधैंभरि यही पृथ्वीमा बाँचिरहनेछ। हामीले हाबिलजस्तो असल मान्छेलाई साथी बनाउनुपर्छ।

परमेश्‍वरलाई कयिनजस्तो खराब मान्छे मनपर्दैन। यसकारण कयिनले आफ्नो भाइलाई मारिसकेपछि परमेश्‍वरले उसलाई धेरै टाढा धपाएर सजाय दिनुभयो। कयिन टाढा अर्कै ठाउँमा भागेर जाँदा उसले आफ्नी बहिनीलाई पनि लिएर गयो। त्यसपछि कयिनले आफ्नै बहिनीसित बिहे गऱ्‍यो।

केही समयपछि कयिन र उसकी पत्नीले छोराछोरी जन्माउन थाले। आदम र हव्वाका अरू छोराछोरीले बिहे गरे अनि उनीहरूले पनि छोराछोरी जन्माए। त्यसपछि पृथ्वीमा धेरै मान्छे भयो। उनीहरूमध्ये कसै-कसैको कथा अब हामी पढौं है।

उत्पत्ति ४:२-२६; १ यूहन्‍ना ३:११, १२; यूहन्‍ना ११:२५.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने