प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ९८
  • जैतून डाँडामा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जैतून डाँडामा
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • येसु स्वर्ग फर्कनुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • येशूले पृथ्वीमा बिताउनुभएका अन्तिम दिनहरू फेरि सम्झने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “बेला आइपुगेको छ!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • येशू स्वर्ग फर्कनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ९८
जैतून डाँडामा येशू आफ्ना केही प्रेरितहरूसित कुरा गर्नुहुन्छ

कथा ९८

जैतून डाँडामा

चित्रमा हेर त। येशू जैतून डाँडामा हुनुहुन्छ। उहाँसँगै बसिरहेका चार जना उहाँका प्रेरितहरू हुन्‌। अन्द्रियास र पत्रुस दाजुभाइ हुन्‌ भने बाँकी दुई जना याकूब र यूहन्‍ना पनि दाजुभाइ नै हुन्‌। चित्रमा तिमी यरूशलेमको मन्दिर पनि देख्न सक्छौ।

यरूशलेमको मन्दिर

गधाको बच्चामा चढेर येशू यरूशलेम जानुभएको भर्खर दुई दिन भएको छ। आजको दिनचाहिं मंगलबार हो। केही समयअघि आजकै दिन येशू मन्दिरमा हुनुहुन्थ्यो। त्यहाँ पूजाहारीहरूले येशूलाई समातेर मार्ने कोसिस गरेका थिए। तर मान्छेहरूले येशूलाई मन पराएको देखेर उनीहरू उहाँलाई मार्ने हिम्मत गर्दैनन्‌।

येशूले ती धर्मगुरुहरूलाई ‘सर्प र सर्पका सन्तान’ भन्‍नुहुन्छ! उनीहरूको खराब कामको लागि परमेश्‍वरले सजाय दिनुहुनेछ भनेर पनि येशू भन्‍नुहुन्छ। यसपछि, येशू जैतून डाँडामा उक्लनुहुन्छ। डाँडामा पुगेपछि चार जना प्रेरित उहाँलाई प्रश्‍न सोध्न थाल्छन्‌। उनीहरूले येशूलाई के सोधिरहेका छन्‌, तिमीलाई थाह छ?

प्रेरितहरूले भविष्यमा हुने कुराबारे सोधिरहेका छन्‌। येशूले पृथ्वीमा भएका सबै खराब कुरा हटाउनुहुनेछ भनेर उनीहरूलाई थाह थियो। तर कहिले, त्यो पनि उनीहरू जान्‍न चाहन्छन्‌। येशूले कहिले राज्य गर्नुहुनेछ भनेर उनीहरू थाह पाउन चाहन्छन्‌।

उहाँ राजा हुनुहुँदा चेलाहरूले उहाँलाई देख्न सक्ने छैनन्‌ भनेर येशूलाई थाह छ। किनभने त्यतिखेर उहाँ स्वर्गमा हुनुहुनेछ। त्यसैकारण उनीहरूले उहाँलाई देख्न सक्ने छैनन्‌। उहाँ स्वर्गमा राजा हुनुभएपछि चेलाहरूले थाह पाऊन्‌ भनेर येशूले त्यतिखेर पृथ्वीमा हुने घटनाहरू बताउनुहुन्छ। ती घटनाहरू के-के हुन्‌?

पृथ्वीमा त्यतिखेर ठूलठूला लडाइँहरू हुनेछन्‌, थुप्रै मान्छेहरू बिरामी अनि भोका हुनेछन्‌, जताततै अपराध हुनेछ र ठूलठूला भैंचालोहरू जानेछन्‌। साथै, पृथ्वीभरि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार पनि गरिनेछ। अहिले यी सबै कुरा भइरहेको छ कि छैन, सोच त। हो, यी सबै कुरा अहिले भइरहेको छ। त्यसो भए येशूले अहिले स्वर्गमा राज्य गर्दै हुनुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं। अब उहाँले छिट्टै पृथ्वीबाट सबै खराब कुरा हटाउनुहुनेछ!

मत्ती २१:४६; २३:१-३९; २४:१-१४; मर्कूस १३:३-१०.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने