प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा १००
  • येशू बगैंचामा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू बगैंचामा
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • ख्रिष्टलाई धोका दिइन्छ र पक्राउ गरिन्छ
    येसु—बाटो, सत्य र जीवन
  • धोका र गिरफ्तारी
    सबैभन्दा महान्‌ पुरुष
  • येसु पक्राउ पर्नुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • डरमाथि विजयी हुन मदत
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा १००
गेतसमनीको बगैंचामा यहूदाले येशूलाई म्वाइँ खाएर धोका दिन्छन्‌

कथा १००

येशू बगैंचामा

माथिल्लो तलाको कोठाबाट निस्कनुभएपछि येशू आफ्ना प्रेरितहरूसित गेतसमनीको बगैंचामा जानुहुन्छ। उहाँहरू पहिले पनि यो ठाउँमा आइरहनुहुन्थ्यो। बगैंचामा पुगेपछि येशूले चेलाहरूलाई जागा बस्नू र प्रार्थना गर्नू भन्‍नुहुन्छ। त्यसपछि अलि पर भुइँमा घोप्टो परेर उहाँ प्रार्थना गर्न थाल्नुहुन्छ।

पछि येशू प्रेरितहरू भएको ठाउँमा आउनुहुन्छ। तिम्रो विचारमा उनीहरू के गरिरहेका होलान्‌? उनीहरू त भुसुक्क निदाएछन्‌! येशूले उनीहरूलाई जागा बस्नू भनेर तीन पटक भन्‍नुहुन्छ। तर तीनै पटक उनीहरूलाई निदाइरहेको भेटाउनुहुन्छ। अन्तमा येशू यसो भन्‍नुहुन्छ: ‘यस्तो बेला पनि तिमीहरू कसरी सुत्न सकेको होला? अब मलाई मेरा शत्रुहरूको हातमा सुम्पिने बेला आइसक्यो।’

ठीक त्यही बेला एउटा भीड आउँदै गरेको आवाज सुनिन्छ। हेर त! मान्छेहरू तरबार अनि लठ्ठी बोकेर पो आउँदैछन्‌! उनीहरूको हातमा राँको पनि छ। भीड अलि नजिक आइसकेपछि एक जना मान्छे अघि बढेर येशूको छेउमै आउँछ। उसले के गर्छ, चित्रमा हेर त। हो, उसले येशूलाई म्वाइँ खान्छ। त्यो मान्छे यहूदा इस्करयोती हो! तर उसले किन येशूलाई म्वाइँ खाएको?

येशूले उसलाई सोध्नुहुन्छ: ‘यहूदा, तिमी मलाई म्वाइँ खाएर धोका दिन्छौ?’ हो, त्यो म्वाइँ वास्तवमा संकेत थियो। किनकि यहूदाले म्वाइँ खाएपछि उसित आएको भीडले येशू को हुनुहुन्छ भनेर चिन्‍ने थियो। त्यसपछि उहाँलाई पक्रन उनीहरू अघि बढ्‌छन्‌। तर पत्रुस येशूलाई लैजान दिन मान्दैन। उसले आफूले भिरेको तरबार निकालेर नजिकैको मान्छेलाई आक्रमण गर्छ। झन्डै त्यो मान्छेको टाउको छिनेको! उसको टाउको त बच्छ तर दाहिने कान भने च्वाट्टै काटिन्छ। तर येशूले उसको कान छोएर निको पार्नुहुन्छ।

त्यसपछि येशूले पत्रुसलाई यसो भन्‍नुहुन्छ: ‘तिम्रो तरबार त्यसकै ठाउँमा राख। के म आफ्नो बुबालाई बिन्ती गर्न सक्दिनँ र? के उहाँले मलाई बचाउन हजारौं स्वर्गदूत पठाउन सक्नुहुन्‍न र?’ हो, उहाँले सक्नुहुन्छ! तर येशूले स्वर्गदूतहरू पठाइदिनोस्‌ भनेर परमेश्‍वरलाई बिन्ती गर्नुहुन्‍न। किनकि उहाँका शत्रुहरूले लैजाने बेला भइसक्यो भनेर उहाँलाई थाह छ। उहाँ उनीहरूसँग चुपचाप जानुहुन्छ। अब येशूलाई के हुन्छ, अर्को कथा पढेर हेरौं।

मत्ती २६:३६-५६; लूका २२:३९-५३; यूहन्‍ना १८:१-१२.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने