प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा १०२
  • येशू जीवित हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू जीवित हुनुहुन्छ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर आफ्नो छोरालाई सम्झनुहुन्छ
    महान्‌ शिक्षकबाट सिकौं
  • येसु जीवित हुनुहुन्छ!
    येसु—बाटो, सत्य र जीवन
  • येशू जीवित हुनुहुन्छ!
    सबैभन्दा महान्‌ पुरुष
  • येसु फेरि जीवित हुनुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा १०२
येशूको चिहानमा भएका दुई स्वर्गदूतले येशूको पुनरुत्थान भइसक्यो भनेर मरियम मग्दलिनीलाई बताउँछन्‌

कथा १०२

येशू जीवित हुनुहुन्छ

के तिमी यो आइमाई र ती दुई जना मान्छेलाई चिन्छौ? यो आइमाई येशूकी मित्र मरियम मग्दलिनी हो। सेतो कपडा लगाएका ती दुई जनाचाहिं स्वर्गदूतहरू हुन्‌। मरियमले भित्र पसेर हेर्न खोजेको सानो कोठालाई चिहान भनिन्छ। येशू मर्नुभएपछि उहाँको लासलाई यही सानो कोठामा राखिएको थियो। तर चिहानभित्र मरियमले येशूको लास भेट्टाउँदिन! त्यसोभए येशूको लास कहाँ गयो त? कसैले पो लगेछ कि?

येशू मर्नुभएपछि पूजाहारीहरूले पिलातसलाई यसो भन्छन्‌: ‘हजुर, हामीलाई याद छ, त्यो येशूले आफू जिउँदो हुँदा तीन दिनपछि फेरि बिउँतनेछु भनेको थियो। यसकारण त्यो चिहानलाई राम्ररी सुरक्षित राख्नलाई हुकुम होस्‌। नत्र त त्यसका चेलाहरूले लास चोरेर त्यो त मरेकोबाट जाग्यो भनेर अरूलाई भन्लान्‌!’ चिहान सुरक्षित राख्नका लागि सिपाहीहरू पठाउन पिलातसले पूजाहारीहरूलाई अह्राउँछ।

तर येशू मर्नुभएको तेस्रो दिन बिहानै यहोवाका एक जना स्वर्गदूत अचानक देखा पर्छन्‌। उनले चिहानभित्र पस्ने ठाउँमा राखेको ढुंगा गुडाइदिन्छन्‌। यो देखेर सिपाहीहरू असाध्यै डराउँछन्‌। डरले गर्दा उनीहरू अचल हुन्छन्‌। पछि उनीहरूले चिहानभित्र हेर्दा लास गायब भइसकेको हुन्छ! त्यसपछि केही सिपाहीहरूले पूजाहारीहरूलाई खबर गर्छन्‌। ती दुष्ट पूजाहारीहरू त्यसपछि के गर्छन्‌, तिमीलाई थाह छ? सिपाहीहरूलाई पैसा दिएर झूट बोल्न लगाउँछन्‌। उनीहरू सिपाहीहरूलाई यसो भन्‍न लगाउँछन्‌: ‘राती हामी निदाएको बेला त्यसका चेलाहरू आएर लास चोरेर लगेछन्‌।’

यस बीच येशूसित राम्रो चिनजान भएका केही आइमाईहरू पनि चिहानमा आइपुग्छन्‌। तर चिहान रित्तो देखेर उनीहरू पनि छक्क पर्छन्‌! अचानक चम्किलो लुगा लगाएका दुई जना स्वर्गदूत देखा पर्छन्‌ र उनीहरूलाई यसो भनेर सोध्छन्‌: ‘तिमीहरू येशूलाई यहाँ किन खोज्छौ? उहाँ बिउँतिसक्नुभयो। अब छिट्टै गएर उहाँका चेलाहरूलाई भन।’ अनि ती आइमाईहरू दगुर्दै जान्छन्‌! तर उनीहरूलाई बाटोमा एक जना मान्छेले रोक्छ। त्यो मान्छे को होला, तिमी भन्‍न सक्छौ? हो, उहाँ येशू हुनुहुन्थ्यो! उहाँले पनि ‘जाऊ, मेरा चेलाहरूलाई भनिदेऊ’ भन्‍नुहुन्छ।

ती आइमाईहरूले येशू जीवित हुनुहुन्छ अनि उहाँलाई देख्यौं भन्दा चेलाहरू पत्याउनै गाह्रो मान्छन्‌। आइमाईहरूले ल्याएको खबर साँचो हो कि होइन भनी पक्का गर्न पत्रुस र यूहन्‍नाचाहिं चिहानतिर दौडँदै जान्छन्‌। उनीहरूले चिहान साँच्चै नै रित्तो भेट्‌छन्‌! पत्रुस र यूहन्‍ना त्यहाँबाट जान्छन्‌। तर मरियम मग्दलिनीचाहिं त्यहीं बसिरहन्छे। यसरी त्यहीं बसिरहेकै बेला उसले चिहानभित्र दुई जना स्वर्गदूतहरू देख्छे।

येशूको लासलाई के भयो, तिमीलाई थाह छ? परमेश्‍वरले त्यसलाई गायब पारिदिनुभयो। पहिले येशूको जुन शरीर थियो, त्यही शरीर दिएर परमेश्‍वरले येशूलाई बिउँताउनुभएन। परमेश्‍वरले उहाँलाई स्वर्गदूतहरूको जस्तै आत्मिक शरीर दिनुभयो। तर आफू जिउँदै छु भनेर चेलाहरूलाई देखाउन येशू अरूले देख्न सक्ने शरीर धारण गर्न सक्नुहुन्थ्यो। यसबारे अब हामी अर्को कथा पढेर हेरौं है त।

मत्ती २७:६२-६६; २८:१-१५; लूका २४:१-१२; यूहन्‍ना २०:१-१२.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने