प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. १२८
  • येशू जीवित हुनुहुन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू जीवित हुनुहुन्छ!
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • येसु जीवित हुनुहुन्छ!
    येसु—बाटो, सत्य र जीवन
  • येशू जीवित हुनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • “मैले प्रभुलाई देखेँ!”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • येसु फेरि जीवित हुनुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. १२८

अध्याय १२८

येशू जीवित हुनुहुन्छ!

ती  आइमाईहरूले येशूको चिहान खाली देखेपछि पत्रुस र यूहन्‍नालाई खबर दिन मरियम मग्दलिनी दगुर्दै जान्छिन्‌। तथापि अरू आइमाईहरूचाहिं चिहानमै कुरिरहन्छन्‌ जस्तो छ। त्यत्तिकैमा एक जना स्वर्गदूत देखा पर्छन्‌ र तिनीहरूलाई चिहानभित्र बोलाउँछन्‌।

त्यहाँ भित्र ती आइमाईहरूले एउटा अर्को स्वर्गदूतलाई देख्छन्‌ र एउटा स्वर्गदूतले तिनीहरूलाई भन्छन्‌: “तिमीहरू नडराओ, किनकि तिमीहरू खम्बामा टाँगिनुभएका येशूलाई खोज्दैछौ भनी मलाई थाह छ। उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँ आफैले भन्‍नुभएझैं उहाँ ब्यूँतिसक्नुभयो। आओ, उहाँलाई राखिएको ठाउँमा हेर। अनि तुरुन्तै गएर उहाँका चेलाहरूलाई उहाँ मृत्युबाट ब्यूँतिसक्नुभयो भनेर बताइदेओ।” अतः डराउँदै र असाध्यै खुसी पनि हुँदै ती आइमाईहरू पनि झट्टै चिहानबाट निस्केर जान्छन्‌।

यस बेलासम्ममा मरियमले पत्रुस र यूहन्‍नालाई भेट्टाइसकेकी छिन्‌ र तिनीहरूलाई भन्छिन्‌: “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगेछन्‌! अनि उहाँलाई कहाँ राखेका छन्‌, हामीलाई थाह छैन।” तुरुन्तै ती दुई चेलाहरू दौडन थाल्छन्‌। यूहन्‍ना जरुर पनि अलिक कम उमेरका भएका हुनाले चाँडो दौडन सक्छन्‌ र चिहानमा उनी पहिले पुग्छन्‌। यस बेलासम्म आइमाईहरू त्यहाँबाट गइसकेका हुन्छन्‌ र त्यहाँ कोही पनि छैनन्‌। यूहन्‍नाले निहुरेर चिहानभित्र हेर्दा त्यहाँ पट्टीहरू देख्छन्‌ तर उनी बाहिरै बस्छन्‌।

पत्रुस त्यहाँ आइपुग्दा उनी सरासर चिहानभित्र पस्छन्‌। उनले पट्टीहरू र येशूको शिरमा बाँधिएको कपडा पनि देख्छन्‌। त्यो कपडाचाहिं अलग्गै एक ठाउँमा बेरेर राखेको हुन्छ। अब भने यूहन्‍ना पनि चिहानभित्र पस्छन्‌ र मरियमले सुनाएको खबर पत्याउँछन्‌। येशूले उहाँ पुनर्जीवित हुनुहुनेछ भनी तिनीहरूलाई धेरै पटक भन्‍नुभए तापनि अहिले पत्रुस र यूहन्‍ना दुवैले येशू पुनर्जीवित हुनुभएछ भन्‍ने कुराचाहिं बुझ्दैनन्‌। हैरान भएर दुवै जना घर फर्कन्छन्‌ तर मरियम जो चिहानमा फर्केर आएकी छिन्‌, त्यहीं बसिरहन्छिन्‌।

यसै बीच, स्वर्गदूतले अह्राएबमोजिम येशू पुनर्जीवित हुनुभएको खबर चेलाहरूलाई भन्‍न ती अरू आइमाईहरू दौडिरहेका छन्‌। जतिसक्दो चाँडो दौडिरहेको बेलामा येशूले तिनीहरूलाई भेट्‌नुहुन्छ र भन्‍नुहुन्छ: “तिमीहरूलाई मेरो अभिवादन छ!” उहाँको पाउ परेर तिनीहरू दण्डवत्‌ गर्छन्‌। अनि येशूले भन्‍नुहुन्छ: “नडराओ! जाओ, मेरा भाइहरूलाई खबर गरिदेओ कि तिनीहरू गालील जाऊन्‌ र तिनीहरूले मलाई त्यहीं देख्नेछन्‌।”

केही समयअघि भैंचालो गएर स्वर्गदूतहरू देखा पर्दा पहरादारहरू डरले कामेर मुर्दासरी भएका थिए। होस आएपछि तिनीहरू तुरुन्तै सहरमा गए र त्यहाँ भएका सबै कुरा मुख्य पुजारीहरूलाई भनिदिए। यहूदीहरूका “धर्म-गुरुहरूसित” सर-सल्लाह गरिसकेपछि सिपाहीहरूलाई घूस दिएर त्यस कुरालाई दबाउने निर्णय भएको थियो। तिनीहरूलाई यसप्रकारको निर्देशन दिइएको थियो: “तिमीहरूले यसो भन्‍नू: ‘त्यसका चेलाहरू राती हामी निदाइरहेको बेला आएर त्यसको लास चोरेर लगेछन्‌।’ ”

पहरा बसेको बेलामा रोमी सिपाहीहरू निदाएको खण्डमा मृत्युदण्डको सजायसम्म हुन सक्ने भएकोले पुजारीहरू ती सिपाहीहरूलाई भरोसा दिलाउँदै यसो भन्छन्‌: “अनि यो [तिमीहरू सुतेको] कुरा राज्यपालको कानमा पुगेछ भने चिन्ता नगर हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइ दिऔंला।” घूसको पैसा थुप्रो भएकोले सिपाहीहरूले तिनीहरूलाई सिकाइएबमोजिम गरे। फलस्वरूप येशूको लास चोरी भएको झूटो खबर यहूदीहरूका माझमा चारैतर्फ फैलिन्छ।

चिहानमै कुरेर बसेकी मरियम मग्दलिनी शोकले व्याकुल छिन्‌। येशू कहाँ हुनुहोला? चिहानतिर निहुरेर हेर्दा तिनले सेतो लुगा लगाएका दुई जना स्वर्गदूतलाई देख्छिन्‌! येशूको लास राखिएको ठाउँमा एक जना शिरनेर र अर्को पाउनेर बसिरहेका छन्‌। तिनीहरू सोध्छन्‌: “ए नारी, तिमी किन रूँदैछ्यौ?”

मरियम जवाफ दिन्छिन्‌: “तिनीहरूले मेरा प्रभुलाई लगेछन्‌ अनि तिनीहरूले उहाँलाई कहाँ राखेका छन्‌, मलाई थाह छैन।” यी कुरा भनेर तिनी पछिल्तिर फर्किन्छिन्‌ र फेरि सोही प्रश्‍न गर्ने अर्को एक जना देख्छिन्‌: “ए नारी, तिमी किन रूँदैछ्यौ?” र तिनले यो पनि सोध्छन्‌: “तिमी कसलाई खोज्दैछ्यौ?”

ती मानिस चिहान भएको ठाउँको बगैंचे होला भन्ठानेर तिनी भन्छिन्‌: “हजुर, यदि तपाईंले उहाँलाई लैजानुभएको हो भने लगेर कहाँ राख्नुभएको छ मलाई भन्‍नुहोस्‌ र म उहाँलाई लैजानेछु।”

ती मानिसले “मरियम!” भनेर बोलाउँछन्‌। उहाँ येशू नै हुनुहुन्छ भनी मरियमले तुरुन्तै चिनिहाल्छिन्‌ किनभने उहाँले मरियमसँग सधैं बोल्ने ढङ्‌गमा बोल्नुहुन्छ। मरियम भन्छिन्‌: “रब्बोनी!” (जसको अर्थ हुन्छ, “गुरुज्यू”)। अनि एकदमै आनन्दित हुँदै तिनी उहाँलाई समात्छिन्‌। तर येशू भन्‍नुहुन्छ: “मसित टाँसिन छोड, किनकि म बुबाकहाँ गइसकेको छैन। तर तिमी मेरा भाइहरूकहाँ जाऊ र तिनीहरूलाई भनिदेऊ: ‘मेरो बुबा र तिमीहरूको बुबा अनि मेरो परमेश्‍वर र तिमीहरूको परमेश्‍वरकहाँ म जाँदैछु।’ ”

प्रेषितहरू र चेलाहरू जम्मा भएको ठाउँमा मरियम दगुर्दै जान्छिन्‌ र पुनर्जीवित हुनुभएका येशूबारे अरू आइमाईहरूले भनेको खबरमा यिनले पनि आफ्नो खबर थप्छिन्‌। तैपनि पहिले खबर लिएर आउने आइमाईहरूको कुरा नपत्याएझैं यी मानिसहरूले मरियमको कुरा पनि पत्याउँदैनन्‌। मत्ती २८:३-१५; मर्कूस १६:५-८; लूका २४:४-१२; यूहन्‍ना २०:२-१८.

▪ चिहान खाली देखेपछि मरियम मग्दलिनी के गर्छिन्‌ र अरू आइमाईहरूले पनि के अनुभव गर्छन्‌?

▪ चिहान खाली देखेपछि पत्रुस र यूहन्‍नाको प्रतिक्रिया कस्तो हुन्छ?

▪ येशू पुनर्जीवित भएको बारे चेलाहरूलाई भन्‍न जाँदा बाटोमा अरू आइमाईहरूले कसलाई भेट्‌छन्‌?

▪ पहरा बस्ने सिपाहीहरूलाई के भएको थियो र तिनीहरूको खबर सुनेर पुजारीहरूले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌?

▪ मरियम मग्दलिनी चिहानमा एक्लै हुँदा के हुन्छ र आइमाईहरूले दिएको खबरप्रति चेलाहरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने