प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ४७
  • आँसु ठूलो हर्षमा परिणत भयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आँसु ठूलो हर्षमा परिणत भयो
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • आँसुहरू ठूलो हर्षमा परिणत्‌ भए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • सानी केटी फेरि जीवित हुन्छे!
    येसु—बाटो, सत्य र जीवन
  • येशू मरेकाहरूलाई बिउँताउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • हामी मृत्युबाट ब्यूँतन सक्छौं!
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ४७

अध्याय ४७

आँसु ठूलो हर्षमा परिणत भयो

रगत बग्ने व्यथा भएकी स्त्री निको भएको देखेर येशूको चमत्कार गर्ने शक्‍तिमा याइरसको विश्‍वास निश्‍चय नै बढ्‌छ। याइरसकी मर्नै लागेकी १२ वर्षीया छोरीलाई आएर हेरिदिनुहोस्‌ भनेर त्यही दिन केही समयअघि मात्र याइरसले येशूलाई बिन्ती गरेका थिए। तर त्यसै बेला याइरसलाई जुन कुराको डर थियो त्यही कुरा हुन्छ। येशू त्यस स्त्रीसँग कुरा गरिरहनुभएकै बेलामा केही मानिसहरू आएर याइरसलाई सुटुक्क भन्छन्‌: “तपाईंकी छोरी मरिसकी! अब गुरुज्यूलाई किन बेकारमा दुःख दिने?”

मनलाई कस्तो भरङ्‌ग पार्ने खबर! यसो सोच्नुहोस्‌: आफ्नो समाजमा ठूलो प्रतिष्ठासाथ बसेका यी मानिस अहिले आफ्नी छोरीको मृत्युको समाचार सुन्दा पूर्णतया असहाय छन्‌। तथापि याइरससँग ती मानिसहरूले गरेको कुरा येशूले सुन्‍नुहुन्छ। यसकारण याइरसतिर फर्केर ढाडस दिंदै उहाँ भन्‍नुहुन्छ: “चिन्ता नगर, विश्‍वास मात्र गर।”

येशू यी शोकाकुल मानिससँग उनको घरसम्म गइदिनुहुन्छ। त्यहाँ आइपुग्दा अलापविलाप र रुवाबासी भइरहेको देख्नुहुन्छ। भीड जम्मा भएर छाती पिट्‌दै रोइरहेका छन्‌। घरभित्र पसेर येशू यो प्रश्‍न गर्नुहुन्छ: “तिमीहरू किन खैलाबैला र रुवाबासी गरिरहेका छौ? सानी नानी मरेकी छैन तर निदाइरहेकी छे।”

यी शब्दहरू सुन्दा येशूको खिल्ली उडाउँदै मानिसहरू हाँस्न थाल्छन्‌ किनभने बालिका वास्तवमा मरिसकेकी छ भनी तिनीहरूलाई थाह छ। तथापि येशूले बालिका निदाएकी मात्र छ भन्‍नुहुन्छ किनभने जसरी गहिरो निद्राबाट मानिसलाई सजिलैसँग ब्यूँझाउन सकिन्छ त्यसरी नै परमेश्‍वरले दिनुभएको शक्‍तिद्वारा मरेका मानिसहरूलाई पनि ब्यूँताउन सकिन्छ। यस कुरालाई उहाँले अब प्रदर्शित गर्नुहुनेछ।

येशूले पत्रुस, यूहन्‍ना, याकूब र मरेकी बालिकाकी आमा र बुबाबाहेक अरू सबैलाई बाहिर पठाइदिनुहुन्छ। यसपछि ती पाँच जनालाई लिएर बालिका सुतिरहेको ठाउँमा प्रवेश गर्नुहुन्छ। त्यहाँ बालिकाको हात समातेर येशू भन्‍नुहुन्छ: “तालिता कूमी,” जसको अर्थ हो, “ए ठिटी, म तिमीलाई भन्छु, उठ!” तुरुन्तै त्यो बालिका उठ्‌छे र हिंड्‌न थाल्छे! यो देखेर आमाबाबु हर्षले बिह्वल हुन्छन्‌।

सानी बालिकालाई केही खानेकुरा दिन अह्राउँदै याइरस र उनकी पत्नीलाई यो घटना कसैलाई नभन्‍नू भनी येशू आदेश दिनुहुन्छ। तर येशूले यसो भने तापनि यस घटनाको चर्चा त्यहाँको जम्मै इलाकाभरि फैलिन्छ। येशूले पुनर्जीवित पार्नुभएको यो दोस्रो घटना हो। मत्ती ९:१८-२६; मर्कूस ५:३५-४३; लूका ८:४१-५६.

▪ याइरसले के खबर पाउँछन्‌ तर उनलाई येशूले कसरी प्रोत्साहन दिनुहुन्छ?

▪ याइरसको घर पुग्दा त्यहाँ के भइरहेको हुन्छ?

▪ मरेकी बालिकालाई येशूले किन सुतिरहेकी छ भन्‍नुहुन्छ?

▪ पुनर्जीवित भएको देख्ने येशूसँग अरू पाँच जना को-को हुन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने