येशूको जीवन र सेवकाई
आँसुहरू ठूलो हर्षमा परिणत् भए
रगत बगने रोग हुने स्त्री निको भएको देखेर, येशूको चमत्कार गर्ने शक्तिमा जायरसको विश्वास निकै नै बढ़दछ। जायरसको मरनै लागेकी १२ वर्षे छोरीलाई आएर हेरि दिनुहोस् भनेर, त्यही दिन, केही समय अघि मात्र, जायरसले येशूलाई बिन्ति गरेको थियो। तर कफरनहुम निर जायरसको घर तिर लागेको बेलामा, येशूको खाष्टोको एक छेउ छोएर मात्र एउटी स्त्री निको हुन्छिन्।
तर त्यसै बेला, जायरसलाई जुन कुराको डर थियो, त्यही कुरा हुन्छ। येशू त्यो स्त्री सँग कुरा गर्नुहुँदाहुँदै, केही मानिसहरू आएर, जायरसलाई सुटुक्क एसो भन्छन्: “तपाईंको छोरी मरी। गुरूज्युलाई अब किन दुख: दिने?”
त्यो कस्तो डरलाग्दो खबर थियो! एक छिन सोचनुहोस्: आफ्नो समाजमा ठूलो प्रतिष्ठा साथ बसेको यो मानिस, आफ्नी छोरीको मृत्यको खबर सुन्दा सम्पूर्णतया असहाय छ। तर जायरस सँग ती मानिसहरूले गरेका कुरा कानी येशूले सुन्नुहुन्छ। जायरस तिर फर्कनु भएर उहाँले एसो भन्नुहुँदै प्रोत्साहन दिनुहुन्छ: “न डराउ। विश्वास मात्र गर।”
येशू यो शोकित् मानिस सँग सँगै उसको घर सम्म गई दिनुहुन्छ। त्यहाँ आइपुग्दा, धुम-धाम सँग रूवाबासी भइरहेको देख्नुहुन्छ। मानिसहरूको भीड़ जम्मा भएर आफ्नो छाती पीटी-पीटी रोइरहेका छन्। येशूले घर भित्र कदम राख्नु हुँदै यो प्रश्न गर्नुहुन्छ: “किन रोएर हल्ला मचाउनु भएको? सानी छोरी मरेकी छैन, निधाएकी छ।”
यी शब्दहरू सुनेर, येशूको ठट्टा गर्दै मानिसहरू हाँसन लागे किनभने बालिका वास्तवमा मरीसकेकी कुरा तिनीहरूलाई थाह थियो। तापनि, येशूले बालिका निदाएकीछ भन्नु हुन्छ किनभने जसरी गहीरो निन्द्रा बाट मानिसलाई सजिलै सँग बिउझाँउन सकिन्छ त्यसरीनै उहाँको इश्वरीय शक्ति द्वारा मरेको मानिसहरूलाई पनि बिउँताउन सकिन्छ भन्ने कुरा उहाँ प्रदर्शन गर्न चाहनुहुन्थियो।
येशूले अब पत्रुस, यूहन्ना, याकूब र मरेकी बालिकाकी आमा र बाबु बाहेक सबैलाई बाहिर पठाइदिनुहुन्छ। यस पछि ती पाँच जनालाई लिनुभएर, बालिका सुतीरहेकी ठाउँमा प्रवेश गर्नुहुन्छ। त्यहाँ, बालिकाको हात समात्नु भएर, येशू एसो भन्नुहुन्छ: “बालिका, उठ।” तुरन्तै, ती बालिका उठ्छे र हिड़न थाल्छे! यो देखेर उनको आमा बाबु हर्षले बिह्वल हुन्छन्।
सानी बालिकालाई केही खाने कुरा दिन अह्राउनु भएर, येशूले जायरस र उनकी पत्नीलाई यो घटना बारे कसैलाई न भन्नु भनेर आदेश दिनु हुन्छ। तर येशूले यसो भन्नु भएता पनि, यस घटनाको चर्चा त्यहाँको जम्मै इलाकामा फैलिन्छ। येशूले गराउनु भएको यो दोस्रो पुनरत्थान हो। मत्ती ९:१८-२६; मर्कूस ५:३५-४३; लूका ८:४१-५६
◆ जायरसले के खबर पाउँछ तर उसलाई येशूले कसरी प्रोत्साहन दिनु हुन्छ?
◆ जायरसको घर पुग्दा त्यहाँ के भइ रहेको हुन्छ?
◆ येशूले मरेकी बालिकालाई किन सुतिरहेकीछ भन्नु हुन्छ?
◆ येशू सँग पुनरूत्थान देख्ने पाँच जना को हुन्? (w87 6/15)