प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. १३२
  • परमेश्‍वरको दाहिने हाततिर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको दाहिने हाततिर
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • ख्रिष्ट परमेश्‍वरको दाहिने हाततिर
    येसु—बाटो, सत्य र जीवन
  • दमीशक जाने बाटो
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • के खराब काम गर्नेहरू परिवर्तन हुन सक्लान्‌?
    महान्‌ शिक्षकबाट सिकौं
  • खेदो गर्ने व्यक्‍तिले तेजिलो ज्योति देख्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. १३२

अध्याय १३२

परमेश्‍वरको दाहिने हाततिर

येशू स्वर्गमा फर्कनुभएको कुरा पेन्तिकोसमा पवित्र शक्‍ति खन्याइएकोबाट प्रमाणित हुन्छ। त्यसको केही समयपछि चेला स्तिफनसले पाएको दर्शनद्वारा पनि येशू स्वर्गमा पुगिसक्नुभएछ भन्‍ने कुरा प्रमाणित हुन्छ। विश्‍वासी हुँदै साक्षी दिएकोले स्तिफनसलाई ढुङ्‌गाले हानेर मार्न लाग्दा उनी यस्तो उद्‌गार गर्छन्‌: “हेर, म स्वर्ग उघ्रिएको अनि मानिसको छोरालाई परमेश्‍वरको दाहिने हाततिर उभिरहेको देख्दैछु।”

परमेश्‍वरको दाहिने हाततिर बस्दा येशू आफ्नो बुबाबाट यस आज्ञाका निम्ति पर्खिरहनुहुन्छ: “तिम्रा शत्रुहरूका बीचमा तिमीले राज्य गर।” तर शत्रुहरूका विरुद्धमा कारबाही नगरून्जेल येशू के गर्नुहुन्छ? उहाँ आफ्ना अभिषिक्‍त चेलाहरूमाथि शासन गर्नुहुन्छ, प्रचारकार्यमा तिनीहरूलाई डोऱ्‍याउनुहुन्छ र पुनर्जीवित भएपछि बुबाको राज्यमा आफूसँग सह-शासक बन्‍न तिनीहरूलाई तयार पार्नुहुन्छ।

उदाहरणका लागि येशूले शावललाई (जो पछि गएर तिनको रोमी नाम पावलबाट प्रचलित हुन्छन्‌) अरू देशहरूमा चेला बनाउने काममा अगुवाइ लिन छान्‍नुहुन्छ। शावल परमेश्‍वरको व्यवस्थाका लागि जोसिला छन्‌ तर उनी यहूदी धर्म-गुरुहरूको बहकाउमा परेका छन्‌। फलस्वरूप शावलले स्तिफनसको हत्याको समर्थन मात्रै गर्दैनन्‌ तर जति जना पुरुष र महिलाहरू येशूका अनुयायीहरू छन्‌, ती सबैलाई पक्रेर यरूशलेम ल्याउने अख्तियार प्रधान पुजारी कैयाफाबाट लिएर दमीशक जान्छन्‌। तथापि शावल बाटैमा छँदा अचानक एउटा ज्योति उनको वरिपरि चम्किन्छ र उनी भुइँमा पछारिन्छन्‌।

अदृश्‍य स्रोतबाट आएको एउटा आवाजले उनलाई सोध्छ: “शावल, ए शावल, तिमी किन मेरो खेदो गर्दैछौ?” शावल यो प्रश्‍न गर्छन्‌: “प्रभु, तपाईं को हुनुहुन्छ?”

“म येशू हुँ, जसको तिमीले खेदो गरिरहेका छौ” भनेर जवाफ आउँछ।

त्यो चमत्कारपूर्ण ज्योतिको कारण अन्धा भएका शावललाई दमीशक जान र त्यहीं बसेर बाँकी निर्देशनका लागि पर्खिन येशूले भन्‍नुहुन्छ। त्यसपछि येशू आफ्नो चेलामध्येका एक जना हननियाकहाँ दर्शनमा देखा पर्नुहुन्छ। शावलबारे येशू हननियालाई भन्‍नुहुन्छ: “यी मानिस जाति-जातिका मानिसहरू, राजाहरू अनि इस्राएलका सन्तानहरूलाई मेरो नाम बताउन मैले रोजेको पात्र हुन्‌।”

हो, येशूको सहायताद्वारा शावल (जो अब पावलको नामले परिचित हुन्छन्‌) र अरू प्रचारकहरूले प्रचार गर्ने र सिकाउने कार्यमा धेरै सफलता प्राप्त गर्छन्‌। दमीशक जाने बाटोमा तिनको सामुन्‍ने येशू देखा पर्नुभएको करिब २५ वर्षपछि “सुसमाचार आकाशमुनि भएका सबै मानिसहरूमाझ प्रचार भयो” भनी पावल लेख्छन्‌।

धेरै वर्ष बितिसकेपछि आफ्नो प्यारो चेला यूहन्‍नालाई येशूले एकपछि अर्को दर्शनहरू देखाउनुहुन्छ। प्रकाशको पुस्तकमा यूहन्‍नाले वर्णन गरेका यिनै दर्शनहरूद्वारा यूहन्‍नाले आफ्नो जीवनकालभित्रै येशू राज्य शक्‍तिमा फर्किनुभएको देख्न पाए। यूहन्‍ना भन्छन्‌ कि “प्रेरणाद्वारा” उनलाई पछि आउने समय अथवा “प्रभुको दिनमा” लगियो। त्यो “दिन” के हो?

बाइबल भविष्यवाणीहरूका साथै अन्तिम दिनबारे स्वयम्‌ येशूले गर्नुभएको भविष्यवाणीलाई राम्ररी अध्ययन गरेर हेर्दा “प्रभुको दिन”-को सुरुवात इतिहासको महत्त्वपूर्ण वर्ष १९१४ मा भएछ भनी स्पष्ट देखिन्छ! अतः १९१४ मा येशू अदृश्‍य रूपमा कुनै आम तमासाविना फर्कनुभयो र आफ्ना विश्‍वासी सेवकहरूलाई मात्र उहाँको यस पुनरागमनबारे थाह भयो। त्यही वर्षमा यहोवाले येशूलाई उहाँका शत्रुहरूको माझमा राज्य गर्ने आदेश दिनुभयो!

आफ्नो बुबाको आज्ञाअनुसार येशूले सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई तल पृथ्वीमा फ्याँकेर स्वर्ग सफा पार्नुभयो। दर्शनमा यो घटना घटेको देखेपछि यूहन्‍नाले स्वर्गमा एउटा चर्को आवाजमा यो घोषणा भएको सुन्छन्‌: “अब हाम्रा परमेश्‍वरले दिनुहुने उद्धार, उहाँको शक्‍ति, उहाँको राज्य अनि उहाँको ख्रीष्टको अख्तियार प्रकट भएको छ।” हो, १९१४ मा ख्रीष्टले राजा भएर शासन गर्न थाल्नुभयो।

स्वर्गमा भएका यहोवाका उपासकहरूका निम्ति यो कस्तो हर्षमय समाचार हो! तिनीहरूलाई आग्रह गरिन्छ: “हे स्वर्ग अनि त्यसमा बास गर्नेहरू हो, रमाओ!” तर पृथ्वीमा बस्नेहरूको चाहिं के गति छ? “पृथ्वी र समुद्रलाई भने धिक्कार छ” भनी स्वर्गबाट आवाज आइरहन्छ “किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी भएकोले त्यो असाध्यै रिसाएको छ।”

अहिले हामी त्यही थोरै समयमा छौं। अहिले मानिसहरूले तिनीहरू परमेश्‍वरको नयाँ संसारमा प्रवेश गर्न योग्य छन्‌ वा विनाश हुन लायक छन्‌ भनेर देखाउँदैछन्‌। भनौं भने ख्रीष्टको अगुवाइमा पृथ्वीभरि प्रचार गरिएको परमेश्‍वरको राज्यको सुसमाचारप्रति तपाईंले देखाउने प्रतिक्रियाकै आधारमा तपाईंको भविष्यको आज फैसला भइरहेको छ।

त्यसपछि येशू ख्रीष्टले परमेश्‍वरको प्रतिनिधिको हैसियतमा पृथ्वीबाट सैतानको संसार र त्यसलाई समर्थन गर्ने सबैलाई हटाउनुहुनेछ। येशूले यी सबै दुष्टतालाई हटाउने काम त्यो युद्धद्वारा गर्नुहुनेछ जसलाई बाइबलमा हार-मागेडोन वा आरमागेडोन भनिएको छ। त्यसपछि ब्रह्‍माण्डमा यहोवा परमेश्‍वरपछिका सबैभन्दा महान्‌ व्यक्‍ति येशूले सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई पक्रेर एक हजार वर्षसम्म बाँधेर “अगाध खाडलमा” अर्थात्‌ मृत्युसमान निष्क्रिय अवस्थामा फालिदिनुहुनेछ। प्रेषित ७:५५-६०; ८:१-३; ९:१-१९; १६:६-१०; भजन ११०:१,२; हिब्रू १०:१२,१३; १पत्रुस ३:२२; लूका २२:२८-३०; कलस्सी १:१३,२३; प्रकाश १:१,१०; १२:७-१२; १६:१४-१६;२०:१-३; मत्ती २४:१४.

▪ येशूको स्वर्गारोहणपछि उहाँ कहाँ बस्नुहुन्छ र उहाँ केको निम्ति पर्खिरहनुहुन्छ?

▪ स्वर्ग फर्केपछि येशूले कसमाथि शासन गर्नुहुन्छ र उहाँको शासन कसरी प्रदर्शित हुन्छ?

▪ “प्रभुको दिन” कहिलेदेखि सुरु हुन्छ र त्यसको सुरुवातमा के घटना घट्‌छ?

▪ अहिले भइरहेको प्रचारकार्यले हामी प्रत्येकलाई कसरी असर गर्छ?

▪ यो प्रचारकार्य पूरा भएपछि कस्ता घटनाहरू घट्‌नेछन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने